Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २९७ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ । जसमध्ये ४ हजार ४२४ जना होम आइसोलेसनमा रहेका छन् भने १४३ जना संस्थागत आइसोलेसन र ३३ जना आईसीयूमा छन् ।यस्तै पाँच जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का नेता जनार्दन शर्मा पुनः अर्थमन्त्रीमा नियुक्त भएका छन् । आज (आइतबार) राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्री पुनः नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरेको उल्लेख छ । उनले आजै साढे ५ बजे पद तथा गोपनियताको सपथ लिनेछन् ।

Read More

काठमाडौं – नेपाल प्रेस युनियनले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ । हालै हेटौँडामा सम्पन्न नवौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको शनिबार बसेको बैठकले पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको आइतबार महासचिव दिलीप पौडेलले विज्ञप्ति जारी गरेर जानकारी दिएका छन् । उनका अनुसार पत्रकारको तोकिएको न्यूनतम पारिश्रमिक समयमा प्रदान गर्न सञ्चार प्रतिष्ठानलाई बैठकले आग्रह गरेको छ । पत्रकारको ट्रेड युनियन अधिकार सुनिश्चित गर्ने, विभिन्न बहानामा सञ्चार माध्यमबाट निष्कासनमा परेका पत्रकारको पुनर्बहाली गर्न सम्बन्धित सञ्चार गृहको ध्यानाकर्षण गर्ने निर्णय बैठकले गरेको महासचिव पौडेलले जानकारी दिए । प्रेस विज्ञप्तिमिति २०७९–४–१५ नेपाल प्रेस युनियन वि.स.२०४८…

Read More

काठमाडौं – ब्राजिलको राजदूतमा निर्मलराज काफ्ले नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा काफ्लेलाई ब्राजिलको राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिए ।

Read More

डडेल्धुरा – डडेल्धुरामा हालै काज सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले एक्सन लिन थालेका छन्। गत बिहीबारदेखि जिल्लाको कामण्ड सम्हालेका भट्टले लागूऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेका छन्। प्रहरीले कञ्चनपुको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २।५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए। अमरगढी नगरपालिका–५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागूऔषध खैरोहिरोइनको कारोबार…

Read More

काठमाडौं – साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ५४.५८ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २१९५ अङ्कमा पुगेको छ । कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो । फाइनान्स उपसमूह ३२ अङ्क घट्यो भने अरु सबै बढे । बैङ्किङ ४०, विकास बैङ्क ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र व्यापार उपसमूह ७५ अङ्क बढे । कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो । १० कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ । एनएलजी इन्स्योरेन्स, नेपाल…

Read More

काठमाडौं – राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए । सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै…

Read More

काठमाडौं – संक्रमणकालिन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण रहेको भन्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् । उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्यायहुने गरि कानुन बनाउनुपर्ने उनीहरुको माग छ । काठमाडौंको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर , दण्डहिनतालाई प्रस्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नयाँ कानुनले आफूहरु थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज आइतबार बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको छ । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

Read More

काठमाडौं – शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खिर खानु आवश्यक देखिन्छ । साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ । खिरमा मिसाइने मरिच, किसमिस, सुकेको नरिवल, दालचिनी आदि मसलाले यो मौसममा मिठो हुनुका साथै यसको सेवनले हाम्रो शरीरको तापमानलाई सन्तुलनमा ल्याएर नकै फाइदा पु¥याउने गर्छ । हाम्रो शरीरमा चामलले कर्बोहाइट्रेट, घिउले फ्याट, दूधले क्याल्सियम, प्रोटिन तथा भिटामिन, ड्राइ फ्रुट्सहरुले विभिन्न खनिज तत्वहरु प्रदान गर्छ । खिरको सेवनले हाम्रो दाँत, हड्डी तथा मांसपेशीलाई बलियो बनाएर विकाशमा समेत सहयोग पुर्याउने गर्छ । खिर नरम हुने भएकाले यसलाई सजिलै…

Read More