काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर सन्दीप लामिछानेको लाइपोमाको शल्यक्रिया गरिएको छ।
लामिछानेको शरीरमा रहेका ६ वटा लाइपोमाहरुको सोमबार शल्यक्रिया गरी निकालिएको क्यानका चिकित्सक डा अभिषेकराज सिंहले जानकारी दिए। लामिछाने भोलि नै डिस्चार्ज हुने र २ हप्तापछि नियमित खेलहरुमा फर्किने डा सिंहले बताए।
सन्दीपलाई करिब दुई वर्षदेखि शारीरिक समस्या देखिएको थियो। उनले पेनकिलर खाएर दुखाईको सामना गर्ने गरेका थिए।
Facebook Comments Box
1 Comment
Geet well soon sandip dada