Author: महेन्द्रनगर पोष्ट

धनगढी: अछाममा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ कालिगाडी बस्ने ललितबहादुर कुँवर भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। कुँवरलाई एक थान भरुवा बन्दुकसहित बिहीवार दिउँसो पक्राउ गरिएको प्रहरी जनाएको छ। प्रहरी चौकी सिउडीबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।

Read More

धनगढी: बाजुरामा एक बालिका मृत अवस्थामा फेला परेकी छन्। बाजुराको बुढीगंगा नगरपालिका–६ तल्लो साइलकी अन्दाजी१४ वर्षीया सदिक्षा भारती झुण्डीएको अवस्थामा मृत फेला परेकी हुन्। जिल्ला प्रहरी कार्यालय बाजुराले बिहीवार साँझ ७ बजे घरबाट हराएकी उनको खोजी गर्दा मृत फेला परेपछि आफन्तले प्रहरी कार्यालयमा खबर भएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।

Read More

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको छ। सर्वोच्च अदाललको फैसलापछि शक्रवार बसेको रास्वपा केन्द्रीय समितिको आकस्मिक बैठकलले अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको प्रवक्ता मुकुल ढकालले बताए। बैठकले अर्याललाई नै दलको नेता बनाउने निर्णय पनि गरेको छ। उनकै अध्यक्षतामा आज आकस्मिक बैठक बसेको थियो। उनी रास्वपाको तर्फबाट सरकारमा श्रम, रोजगार तथा श्रममन्त्रीको जिम्मेवारीमा छन्। बैठकमा रवि लामिछाने उपस्थित भएनन्। बैठकले आजको सर्वोच्चको फैसलालाई सम्मान गर्ने र कार्यन्वयन गर्ने निर्णय गरेको छ। नागरिकता विवाद मुद्दामा रवि लामिछाने दोषि देखिएपछि उनको पद गएको थियो। लामिछाने नागरिकता मुद्दामा दोषि देखिएपछि उपप्रधान तथा गृहमन्त्री, सांसद र पार्टी सभापति पदबाट स्वतः अलग…

Read More

धनगढीः बाराको कलैया उपमहानगरपालिका ३ का वडाध्यक्ष मोहन साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चुरोट चोरेको आरोपमा उनलाई प्रहरीले समातेको हो। गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो। चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो। पक्राउ परेका व्यक्तिले चुरोट वडाध्यक्षले खरिद गरेको बयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

Read More

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरी अनुसन्धान गर्ने बाटो खुला भएको छ। नागरिकता विवाद प्रकरणमा रवि लामिछानेको नागरिकता अमान्य घोषित भएसँगै लामिछानेलाई पक्राउ गर्ने बाटो खुला भएको हो। शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछानेले प्रयोगमा ल्याएको नागरिकता खारेज भइसकेको नागरिकता रहेको ठहर गर्दै उक्त नागरिकतालाई अमान्य घोषित गरिदिएको थियो। उक्त नागरिकता अमान्य घोषित भएसँगै अब लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद, सांसद र मन्त्री पदसमेत जाने भएको छ। लामिछानेले आफूखुसी अमेरिकाको नागरिकता लिइ नेपाली नागरिकता त्याग गरिसकेपछि एकै समयमा पुरानै नेपाली नागरिकता प्रयोग गरी पासपोर्टसमेत लिएको पाइएपछि सो सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ। गृह मन्त्रालयकै निर्देशनमा…

Read More

धनगढीः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिमबाट राष्ट्रिय गौरवका आयोजनाको अवलोकन तथा निरीक्षण गर्ने तयारी गरेका छन्। आगामी फागुन १ गते प्रधानमन्त्री दाहाल विकासे योजनाको अनुगमनका लागि कञ्चनपुर आउने निश्चित भएको छ। सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले केही दिन अगाडि प्रधानमन्त्री दाहाललाई भेटेर बधाई साटासाट गर्दै सुदूरपश्चिमका विकासका सम्भावना बारेमा छलफल गरेका थिए। मुख्यमन्त्री रावलसंगको छलफलमा प्रधानमन्त्री दाहालले आफ्नो कार्यकालको विकासे योजनाको अनुगमन÷निरीक्षक सुदूरपश्चिमबाट सुरुवात गर्ने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री दाहाल सुदूरपश्चिममा निर्माणाधीन राष्ट्रिय गौरवका आयोजनाको निरीक्षणमा आउने निश्चित भएपछि मुख्यमन्त्री रावलले प्रदेशका सचिव, उपसचिवलाई त्यसको तयारीमा जुट्न निर्देशन समेत दिएका छन्। कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुख्खा बन्दरगाह, निर्माणाधीन महाकाली…

Read More

काठमाडौंः सर्वोच्च अदालतले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कानूनबमोजिम नेपालको नागरिकता पुनः प्राप्त नगरेको ठहर सुनाएको छ। अमेरिकी नागरिकता त्यागेपछि नेपालको नागरिकता पुनः प्राप्ति नगरी खारेज भइसकेको नागरिकता प्रयोग गरेको भन्दै अदालतले रविले नेपाली नागरिकका रुपमा गरेका सबै कार्य अवैध हुने भनेको छ। संवैधानिक इजलासको यो फैसलासँगै रवि लामिछानेको मन्त्री तथा सांसद पद खारेज भएको छ। त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन्। लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए। लामिछाने प्रतिनिधिसभाको उम्मेदवार हुन अयोग्य रहेको भनेर निर्वाचन आयोगमा समेत उजुरी परेकोमा आयोगले कुनै निर्णय नगरेपछि उनी दोब्बर मतान्तरमा चुनाव जितेका थिए।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सभाकै बैठक कहिले बस्ने भन्ने अझै टुङ्गो लाग्न सकेको छैन्। यसअघि ११ गते बस्ने भनिएको बैठक अर्को सूचना जारी नहुँदा सम्मको लागि स्थगित गरिएको थियो। बैठक स्थगित गरिएको २ दिन सम्म पनि अर्को बैठक बस्ने बारे टुङ्गो लाग्न नसकेको हो। सुदूरपश्चिम प्रदेश सभाको अबको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत दिने छन्। उक्त बिषयमा छलफल भइरहेको हुँदा बैठक बस्नेबारे टुङ्गो लाग्न नसकेको हो। अब केही दिनभित्रै प्रदेश सभाको बैठक आह्वान गरिने प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। अघिल्लो महिना २७ गते सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा रावल नियुक्त भएका थिए। यहि २७ गते भित्र रावलले विश्वासको…

Read More

धनगढीः धनगढी उपमहानगरपालिका– २ सन्तोशी टोल बस्ने भीमबहादुर कुँवरलाई लागुऔषधसहित पक्राउ गरिएको छ। अस्थायी प्रहरी पोष्ट बसपार्कका प्रमुख प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले कुँवरलाई बिहीबार राति बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीकाअनुसार कुँवरको साथबाट एक ग्राम पाँच सय मिलिग्राम लागुऔषध बरामद गरिएको छ। यस्तै अस्थायी प्रहरी पोष्ट बसपार्ककै टोलीका प्रहरी सहायक निरीक्षक चन्द नेतृत्वकै टोलीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ। फरार प्रतिवादी धनगढी उपमहानगरपालिका–२ बस्ने ३८ वर्षीय सुशिल कुँवरलाई पनि पक्राउ गरिएको हो। उनलाई जिल्ला अदालत कैलालीले १२ माघ २०७७ मा लागुऔषध खैरो हिरोइनको मुद्दामा ६ दिन जेल र पाँच हजार रुपैयाँ जरिवाना सुनाएको थियो।…

Read More

धनगढीः कञ्चनपुरको शुक्लाफाँटामा अवैध काठ बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको गस्ती टोलीले शुक्लाफाँटा नगरपालिका–१२ तिल्केका लालदाश रानाको घर पछाडी लुकाएको अवस्थामा अवैध काठ बरामद गरिएको प्रहरीले जनाएको छ । रानाले आलु बारीमा खाडल खनेर लुकाएको अवस्थामा ७ फिट लम्बाइको सालको गोलिया, ८ फिट लामो सिल्ली गरेर ३४ दशमलव ९५ क्यूफिट काठ बरामद गरिएको छ । बरामद गरिएको काठ आवश्यक कारवाहीका लागि सव डिभिजन वन कार्यालय वाणीमा बुझाइएको छ ।

Read More