डडेल्धुरा : बुधबारदेखि डडेल्धुरा–धनगढी रुटमा बिजुली बस सेवा सञ्चालनमा आउने भएको छ । डडेल्धुरा–धनगढी–डडेल्धुरा रुटमा भोलि बुधबारदेखि नियमित रुपमा बिजुली बस सेवा सञ्चालन हुने भएको हो । बिजुली बस सेवा प्रालिका अध्यक्ष विजय भट्टका अनुसार भोलिदेखि विहान ८ बजे डडेल्धुराबाट धनगढीसम्म र दिउसो साढे २ बजे अत्तरियाबाट डडेल्धुरा सम्म नियमित रूपमा विद्युतिय माइक्रो बस सञ्चालन हुनेछ । बिजुली बस सेवा प्रालिबाट धनगढी–महेन्द्रनगर, धनगढी–टीकापुर र नेपालगञ्जसम्म सेवा प्रदान गर्ने उदेश्य रहेको भट्टले बताएका छन् । त्यस्तै डडेलधुरा-धनगढीसम्मको भाडा ५५० कायम गरिएको छ। विद्युतीय बसका लागि चार्जिङको समस्या हुने देखिन्छ। चार्जका लागि चार्ज स्टेसन निर्माण गर्नुपर्ने सञ्चालकले माग गरेका छन्।
Author: महेन्द्रनगर पोष्ट
सुर्खेत : प्रेम विवाह गरेको एक वर्षमै सुर्खेतको एक युवतीको रहस्यमय मृत्यु भएको छ । सिम्ता गाउँपालिका-६ राकमकी २१ वर्षीय सन्तोषी लम्सालको भेरीगंगा नगरपालिका-१० छिन्चु बजारको आफ्नै डेरामा पंखामा झुण्डिएको अवस्थामा शव भेटिएको हो । गएको आइतबार बिहान करिब नौ बजे ‘रहस्यमय’ मृत्यु भएको प्रहरीले जनाएको छ । सन्तोषीले २०७९ जेठमा सिम्ता गाउँपालिका-६ राकमकै बालकृष्ण चित्रकारसँग प्रेम विवाह गरेकी थिइन् । सन्तोषीका परिवारले यो आत्महत्या नभई श्रीमान् बालकृष्णले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका छन् । प्रेम विवाह गरे पनि केटाले घर नलिई छिन्चु बजारमै भाडामै राखेको र केटा र घर पक्षले मानसिक तनाव दिइ केटाले हत्या गरेर झुण्ड्याएको आरोप लगाएका…
काठमाडौं : ललिता निवास जग्गा प्रकरणमा आज (मंगलबार) पक्राउ परेका सात जनामध्ये तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको छ । पूर्व सहसचिव कलाधर देउजा, पूर्व उपसचिव हुपेन्द्रमणि केसी र सुरेन्द्र कपालीलाई पक्राउ गरिएको केही घण्टापछि कागज गरेर रिहा गरिएको हो । गत साउन १९ गते सर्वोच्च अदालतले उनीहरू तीनै जनालाई पक्राउ नगरी हिरासत बाहिरै राखेर अनुसन्धान गर्न अन्तरिम आदेश दिएको थियो । सर्वोच्चको अन्तरिम आदेशको उक्त प्रमाण पेस गरेपछि आरोपित तीन जनालाई प्रहरीले कागज गराएर रिहा गरेको हो । उनीहरूलाई हिरासतबाहिरै राखेर अनुसन्धान गरिने प्रहरीले जनाएको छ । जग्गा हिनामिना प्रकरणमा प्रहरीले मंगलबार सात जनालाई पक्राउ गरेको थियो ।…
काठमाडौँ : दाङको घोराही उप-महानगरपालिका-८ का वडा अध्यक्ष जितेन्द्र शाहले पदबाट राजीनामा दिएका छन् । आफ्नो वडामा बजेट नहालेको भन्दै शाहले मेयरसँग असन्तुष्टि व्यक्त गर्दै मंगलबार पदबाट राजीनामा दिएका हुन् । शाह एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । उपमहानगरपालिकाको १३ औँ नगरसभामा राजीनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभाबाट बाहिरिएको जनाइएको छ ।
काठमाडौं : ठगी आरोपमा प्रहरीले एक जना धर्म गुरूलाई पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले दोलखा घर भई भक्तपुरको मध्यपुर थिमी नगरपालिका(४ गठ्ठाघर बस्दै आएका शिवसुत गौरी भक्त भन्ने धर्म गुरूलाई पक्राउ गरेको प्रवक्ता एसपी नवराज अधिकारीले बताए । उनले आफूलाई शिवसुत गौरी भक्त भनेर चिनाउँने गरेका थिए । उनले काठमाडौंमा ुहाम्रो अभियान नेपाल र ओम आश्रम नेपालु नामको संस्था खोलेका थिए। उनले ‘परिवारको भविष्य आमाको हातमा हाम्रो अभियान तपाईंको साथमा’ भन्ने नारा बनाएका थिए। ‘उनले नारी शक्तिको जागरण गराउने भनेर पैसा लिने गरेको पायौं। कतिपयलाई शोषण समेत गरेको पाएका छौं’, एसपी अधिकारीले भने। पीडितहरूलाई स्वदेशी तथा विदेशी कम्पनीमा लगानी…
काठमाडौं : नेपाली कांग्रेसले अनलाइनबाटै पार्टीको साधारण सदस्यता लिन सकिने व्यवस्था सुरू गरेको छ। महामन्त्री गगन थापाको संयोजकत्वमा मंगलबार केन्द्रीय कार्यालय सानेपामा बसेको सदस्यता व्यवस्थापन समिति बैठकले २० रुपैयाँ बुझाएर अनलाइनबाटै सदस्यता प्रदान गर्ने व्यवस्थाको सुरूवात गरेको हो। सदस्यता लिन चाहनेले वेबसाइटमा गएर आवेदन दिन र अनलाइनबाटै सदस्यता शुल्क बुझाउन सक्ने व्यवस्था गरिएको कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले बताए। सदस्यता फारम भरेपछि सोको जानकारी मोबाइलमा म्यासेजमार्फत आउने पनि उनले बताए । आवेदन पार्टी केन्द्रीय कार्यालयबाट आवश्यक प्रक्रिया पूरा गरी अनलाइनबाटै फोटोसहितको सदस्यता कार्ड आवेदन दिने व्यक्तिलाई प्राप्त हुनेछ। क्रियाशील सदस्यता नवीकरण अब जिल्ला कार्यालयले नै गर्ने निर्णय भएको छ। कांग्रेसले क्रियाशील…
काठमाडौं : सर्वोच्च अदालतले काठमाडौँ महानगरका मेयर बालेन्द्र (बालेन) शाहसँग अदालतको अवहेलना मुद्दामा लिखित जवाफ मागेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज उक्त मुद्दामा मेयर बालेनसँग लिखित जवाफ दिन आदेश दिएको हो । विवादास्पद संवाद रहेको भारतीय चलचित्र ‘आदिपुरुष’ को प्रदर्शन रोक्ने आफ्नो निर्णयविरुद्ध उच्च अदालत पाटनले दिएको अन्तरिम आदेश अवज्ञा गर्ने बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको जिकिर गर्दै अधिवक्ता वर्षाकुमारी झाले गत शुक्रबार रिट हालेकी थिइन् ।
धनगढी : नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाका मित नरबहादुर बलायरको देहावसान भएको छ। धनगढीको निसर्ग अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा बलायरको निधन भएको हो। उनी कैलालीको गोदावरी नगरपालिका वार्ड नम्बर १० मा बस्दै आएका थिए। उनी कैलाली क्षेत्र नं-४ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य बलायर, पूर्व मन्त्री तथा नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश समितिका सभापति वीरबहादुर बलायरका जेठा दाजु हुन्।
काठमाडौं : चिनियाँ अर्बपति ज्याक मा काठमाडौं आइपुगेका छन् । अध्यागमन विभागका अनुसार उनी मंगलबार दिउँसो २:३० बजे बंगलादेशको भीपीसीएमए विमान चर्टर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । पर्यटक भिषामा उनी नेपाल आएका हुन् ।
महोत्तरी : युवा संघका केन्द्रीय सदस्य तथा नेकपा एमालेका नेता हरि महतो जनकपुर एयरपोर्टबाट पक्राउ परेका छन् । गौशाला नगरपालिकाकी उपमेयर रेणु कुमारी महतोलाई अभद्र व्यवहार गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपमेयर महतोको उजुरीको आधारमा उन्लाई जनकपुर एयरपोर्टबाट पक्राउ गरेर महोत्तरी ल्याइएको प्रहरी नायव उपरीक्षक दीलिपकुमार गिरीले जानकारी दिए । महतोमाथि उपमेयरले दिएको उजुरीउपर छानबिन गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । यसअघि उपमेयरको कार्यकक्षमा नै प्रवेश गरी हातपात समेत गर्न खोजेको पनि आरोपित भनिएका् महातोमाथि आरोप छ ।