Author: महेन्द्रनगर पोष्ट

डडेल्धुरा – डडेल्धुरामा हालै काज सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले एक्सन लिन थालेका छन्। गत बिहीबारदेखि जिल्लाको कामण्ड सम्हालेका भट्टले लागूऔषध खैरो हिरोइनसहित ३ जनालाई पक्राउ गरेका छन्। प्रहरीले कञ्चनपुको शुक्लाफाँटा नगरपालिका–९ का २८ वर्षीय दिपेश ऐर, झलारी सिसैयाका २६ वर्षीय शैलेन्द्र सिंह र डडेल्धुराको अमरगढी नगरपालिका–६ का २६ वर्षीय अनिल ताम्राकारलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने खैरो रङको पदार्थ २।५० ग्राम, नगद ४३ हजार ३ सय ५० रुयैयाँ र ३ थान मोबाइल बरामद गरिएको डीएसपी भट्टले जानकारी दिए। अमरगढी नगरपालिका–५ बागबजारस्थित तेज बोहराले सञ्चालन गरेको ग्रिन लजको तेस्रो तलामा लागूऔषध खैरोहिरोइनको कारोबार…

Read More

काठमाडौं – साताको पहिलो दिन आज (आइतबार) सेयर बजारको परिसूचक नेप्से ५४.५८ अङ्क बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से २१९५ अङ्कमा पुगेको छ । कुल ४ अर्ब ६० करोड रुपैयाँको कारोबार भयो । फाइनान्स उपसमूह ३२ अङ्क घट्यो भने अरु सबै बढे । बैङ्किङ ४०, विकास बैङ्क ३१, होटल तथा पर्यटन ८०, जलविद्युत् २०, जीवन बीमा ४१२, उत्पादन ९८, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३७४, अन्य ५२ र व्यापार उपसमूह ७५ अङ्क बढे । कुल १२६ कम्पनीको मूल्य बढ्दा ५१ को घट्यो भने ३ को स्थिर रह्यो । १० कम्पनीको मूल्य १० प्रतिशत हाराहारी बढेको छ । एनएलजी इन्स्योरेन्स, नेपाल…

Read More

काठमाडौं – राष्ट्रपति जो बाइडेनलाई पुनः कोरोना सङ्क्रमण भएको छ । पहिलोपटक सङ्क्रमण पुष्टि भएको नौ दिनपछि पुनः परीक्षण गर्दा उनी कोभिड–१९ सङ्क्रमणबाट मुक्त नभएको उनका चिकित्सकले पुष्टि गरेका छन् । तीनदिनअघि एकान्तबासबाट बाहिर निस्किएका उनी फेरि सङ्क्रमित भएका राष्ट्रपति कार्यालयका चिकित्सक डा केभिन ओ कनरले बताएका छन् । उनासी वर्षीय सङ्क्रमित राष्ट्रपति पुनः एकान्तबासमा फर्केका छन् । उनले कोभिड–१९ विरुद्ध पूर्ण खोप र दुईपटक वुष्टर डोज लिएका थिए । सङ्क्रमणमुक्त नभएसम्म उनी एकान्तबासमा नै रहने चिकित्सका कनरले बताएका छन् । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम निर्देशिकाअनुसार उनले कम्तीमा पाँच दिन एक्लै बस्नुपर्नेछ । राष्ट्रपति भवनको एउटा कोठामा उनी एक्लै…

Read More

काठमाडौं – संक्रमणकालिन न्यायसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमा त्रुटिपूर्ण रहेको भन्दै द्वन्द्व पीडित समुदायले प्रदर्शन गरेका छन् । उक्त विधेयकमा पीडकलाई उन्मुक्ति दिने प्रावधान रहेको भन्दै पीडितलाई न्यायहुने गरि कानुन बनाउनुपर्ने उनीहरुको माग छ । काठमाडौंको माइतीघरमा नेपाल माओवादी पीडित संघ, द्वन्द्व पीडित समुदाय र नागरिक समाजले गरेको प्रदर्शनमा सहभागीहरुले ऐन संशोधन प्रक्रियामा पीडितहरुसँग सार्थक परामर्श गर , दण्डहिनतालाई प्रस्रय दिने विधेयक स्वीकार्य छैन, विधेयकका त्रुटिपूर्ण प्रावधानहरु खारेज गरलगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए । नयाँ कानुनले आफूहरु थप पीडामा पर्ने भएकाले विरोध गर्नुपरेको उनीहरुको भनाइ छ ।

Read More

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज आइतबार बस्ने भनिएको स्थायी कमिटीको बैठक स्थगित भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो ३ बजे बस्ने भनिएको बैठक स्थगित भएको हो । पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुसार आज स्थगित बैठक साउन २५ गते बस्ने तय गरिएको छ । पदाधिकारी चयन र पोलिट ब्युरोबारे छलफल गर्ने गरी स्थायी समितिको बैठक बोलाइएको थियो । यसअघि शुक्रबार बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएपछि प्रदेश बैठकका सेड्यूल हेरफेर गरेको थियो ।

Read More

काठमाडौं – शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि खिर खानु आवश्यक देखिन्छ । साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ । यसको साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि ठूलो छ । खिरमा मिसाइने मरिच, किसमिस, सुकेको नरिवल, दालचिनी आदि मसलाले यो मौसममा मिठो हुनुका साथै यसको सेवनले हाम्रो शरीरको तापमानलाई सन्तुलनमा ल्याएर नकै फाइदा पु¥याउने गर्छ । हाम्रो शरीरमा चामलले कर्बोहाइट्रेट, घिउले फ्याट, दूधले क्याल्सियम, प्रोटिन तथा भिटामिन, ड्राइ फ्रुट्सहरुले विभिन्न खनिज तत्वहरु प्रदान गर्छ । खिरको सेवनले हाम्रो दाँत, हड्डी तथा मांसपेशीलाई बलियो बनाएर विकाशमा समेत सहयोग पुर्याउने गर्छ । खिर नरम हुने भएकाले यसलाई सजिलै…

Read More

कैलाली – भन्सार कार्यालय कैलालीले आर्थिक वर्ष २०७८–७९ मा रु नौ अर्ब ५८ करोड २६ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कका अनुसार सो अवधिमा रु ११ अर्ब ८२ करोड ३९ लाख राजस्व सङ्कलनको लक्ष्य राखेको थियो । सङ्कलित राजस्व लक्ष्यको झण्डै ८१ प्रतिशत हो । कार्यालयका अनुसार भन्सार महशुलतर्फ रु तीन अर्ब ५६ करोड ५५ लाख, मुल्य अभिवृद्धि करतर्फ रु तीन अर्ब ८६ करोड ४० लाख, अन्तः शुःल्कतर्फ रु २३ करोड ९९ लाख र अन्य शीर्षकतर्फ रु एक अर्ब ९१ लाख ३१ लाख राजस्व असुली भएको छ । सो अवधिमा कार्यालयले मूल्य अभिवृद्धि करतर्फ रु तीन…

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय विभागको बैठक सुरु भएको छ । च्यासलस्थित पार्टी मुख्यालयमा विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको बैठक सुरु भएको हो । बैठकमा पार्टीका विभिन्न विभागका प्रमुख, उपप्रमुख र सचिवहरूको सहभागी रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका विभिन्न ३३ वटा विभागीय प्रमुखसहितको सहभागी छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली सहभागी बैठकमा विभागीय कामको रिपोर्टिङ र विभागका वार्षिक कार्य योजना प्रस्तुति भइरहेको रिजालले जानकारी दिए ।

Read More

डोटी – मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ । पछिल्लो समय यो झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ । माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरेको छ । जिल्लाभित्रका मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन् । छहरालगायतका क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो । छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निर्वतमान…

Read More

काठमाडौं – धौलागिरी लघुवित्तले सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले तीन करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ यही २४ साउनदेखि जारी गर्न लागेको हो । कम्पनीले प्रतिकित्ता एक सय अंकित मूल्यका दरले तीन लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । योमध्ये १६ हजार ५५० कित्ता सामूहिक लगानी कोष र पाँच हजार १५५ कित्ता सेयर कर्मचारीहरूका लागि छुट्याइएको छ । बाँकी तीन लाख नौ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो…

Read More