धनगढी: भन्सार छलेर भारतबाट भित्र्याइएका बिभिन्न सरसमानसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।
सोमबार दिउसो १२ बजेतिर जिल्ला प्रहरी कार्यालय कंचनपुरबाट खटिएको गस्ती टोलीले भीमदत्त नगरपालिका–५ स्थित सुकासालबाट भन्सार छली गरी लुकाइछिपाई ल्याइएको दाल, मिश्री र चिनीलगायत सामान बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीका अनुसार २ लाख ७९ हजार हजार ३ सय ५० रुपैयाँ बराबरका सामान र मोटरसाइकल तथा स्कुटरसहित ५ जना ब्यक्ति पक्राउ परेका हुन। बरामद सामानहरु आवश्यक कारवाहीका लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको छ।
Facebook Comments Box