Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- संघीय संसद प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा बस्नेछ । ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, ‘स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त “तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Read More

काठमाडौं – साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ। भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ । बंगलादेशविरुद्धको खेल नेपालका लागि निकै महत्त्वपूर्ण रहेको छ । नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ । साथै नेपालले भारत र माल्दिभ्सबीचको खेलको नतिजा समेत कुर्नु पर्नेछ । तर, अङ्क तालिकाको शीर्ष स्थानमा रहेको बंगलादेशविरुद्ध जित निकाल्न नेपाललाई सहज हुने छैन । किनकि बङ्गलादेश जारी प्रतियोगितामा अपराजित रहने एक्लो टोली हो । बङ्गलादेशसँग बराबरी भएको खण्डमा भने नेपालले भारत माल्दिभ्सबीचको खेल कुर्नु पर्नेछ । यदि भारतले मालदिभ्ससँग हारेमा नेपाल…

Read More

काठमाडौं – नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबार गरिएको परिक्षणबाट कोरोना पोजेटिभ देखिएपछि नेता पोखरेल धापासीस्थित निवासमै आराम गरिरहेको आफन्त स्रोतले जनाएको छ । उनलाई निमोनियाको लक्षण पनि देखिएको बताइएको छ ।

Read More

महेन्द्रनगर – भीमदत्त नगरपालिका–३ सुभ प्रभात टोलका सन्तोष पाण्डेयको घरका पाँच जनालाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाइ बेहोस बनाएर लुटपाट गर्ने कार्यमा संलग्न दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहकाअनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन्। विसं २०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए। केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए। ‘लुटपाटपछि दुवै फरार रहेका थिए’,…

Read More

दार्चुला – दार्चुलाको त्रिदेशीय सिमा क्षेत्रमा पर्ने व्यासँ गाउँपालिकाले स्वास्थ्य क्षेत्रका विभिन्न पदमा कर्मचारी माग गरेको छ । सोमबार गाउँपालिकाले एक सुचना प्रकाशित गदै स्वास्थ्य क्षेत्रका विभिन्न पदमा दरखास्त आह्वान गरेको हो । गाउँपालिकाले गाउँकार्यपालिकाको निति तथा कार्यक्रम अन्तरर्गत व्यासँ गाउँपालिकामा थप आधारभुत स्वास्थ्य सेवाको पहुच बढाउने निति अनुसार गाउँपालिकाले विभिन्न पदमा स्वास्थ्य क्षेत्रका मात्रै २७ जना कर्मचारीहरुको माग गरेको छ । गाउँपालिकाले जारी गरेको सुचना मा अहेब साहयक चौथोतहका १२ कर्मचारीहको माग गरेको जनाएको छ । यस्तै अ,न,मि साहयक चौथौ अन्तरर्गत पनि १२ जना कर्मचारी माग गरेको गाउँपालिका अध्यक्ष मंगल सिह धामीले जानकारी दिनु भयो । गाउँपालिकाले ल्याब असिस्टेन्टमा…

Read More

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीले सरकारले आफ्ना नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर देशलाई पुनः द्धन्द्धमा लैजान खोजेको आरोप लगाएको छ । ललितपुर जिल्ला अदालतले हातहतियार तथा खरखजाना समेतको मुद्दामा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलगायत नेता तथा कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेको हो । पुर्जी जारी भएसँगै पार्टी प्रवक्ता प्रकाण्डले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘सरकारसँग वार्ता जारी रहेको अवस्थामै अदालतबाट यस्तो सूचना जारी हुनु सरकारको शान्ति प्रक्रिया भाँड्ने, देशलाई पुनः द्धन्द्धमा धकेल्ने कदम हो । सरकारसँग वार्तापछि भएका सहमति कार्यान्वयनको चरणमै छ । सहमति अनुसार सरकारले काम गरिरहेको छैन ।’…

Read More

काठमाडौं – काठमाडौंको काभ्रेस्थलीमा एकै परिवारका चार जनाको बीभत्स घटनामा अनुसन्धान गरिरहेको प्रहरीले घरमुली दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका –६ अश्राङ घर भई तारकेश्वर नगरपालिका –२ पदमसालमा बस्दै आएका दिनेश पाण्डेको परिवारका चार जना मृत भेटिएका हुन् । प्रहरीले घटनास्थलबाट चक्कु र चार पन्नाको सुसाइड नोट बरामद गरेको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन । हत्या हुनेमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका प्रहरीले जनाएको छ । मृतकमध्ये केशव पाण्डे झुन्डिएको अवस्थामा र अन्य तीन जनाको धारिलो हतियारको प्रहारबाट मृत्यु भएको प्रारम्भिक घटनाक्रम देखिएकोले उक्त…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ८९५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ५९०९ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टि भएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा देशभर २६४ जना संक्रमणमुक्त भएका छन् भने १ जना संक्रमितको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार ९३४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उपचारका लागि देशभर १७ अस्पताल तोकिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सातवटै प्रदेशका १७ वटा अस्पतालमा कोरोना संक्रमितको उपचारको व्यवस्था मिलाएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरसको मध्यम र गम्भीर अवस्थाका बिरामीलाई उपचारका लागिे व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश नं १ को कोसी अस्पताल विराटनगर र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेस प्रदेशको जनकपुर प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगञ्ज रहेका छन् । यस्तै बागमती प्रदेशको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, भरतपुर अस्पताल चितवन, वीर अस्पताल काठमाडौँ, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो । एमालेको भातृ संगठनले काठमाडौंका विभिन्न स्थानबाट प्रदर्शन गर्दै वसन्तपुरमा पुगेको छ । सरकारका कारण महंगी, भ्रष्टाचार र बेथिति बढेको भन्दै एमालेले खबरदारीका लागि प्रदर्शन गरेको जनाएको छ । प्रदर्शनमा एमालेका नेता कार्यकर्तासहित अनेरास्ववियू, प्रदेश सम्पर्क कमिटी, खेलकुद महासंघ, किसान महासंघ, रिटर्नी फेडेरेशन, इन्जिनियरिङ एसोसियसन, अपाङ्ग संघ, ट्रेड युनियन महासंघलगायतका भातृ र शुभेच्छुक संघसंगठनका प्रतिनिधि सहभागी भएका छन् ।

Read More