Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – सत्ता गठबन्धनका नेताहरुले बाराको निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको स्थलगत निरीक्षण गर्ने भएका छन् । काठमाडौँबाट शनिबार बिहान ९ बजे प्रधानमन्त्री शेरबहादुर देउवासहितको शीर्ष नेताहरुको टोली निजगढ भ्रमणमा जाने तयारी छ । प्रधानमन्त्री देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताहरू विमानस्थल निर्माणक्षेत्रको अवलोकनमा जाने भएका हुन् । वातावरण र पूर्वाधार विकासबिच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिने सर्वोच्च अदालतको फैसला आएपछि शीर्ष नेताहरुले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा जान लागेका हुन् ।

Read More

दार्चुला – अपिनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले यार्सागुम्बा निकासीबाट ३० लाख बढि रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले हालसम्म ७ सय किलोग्राम यार्सागुम्बा निकासी बाफत ३० लाख ५ हजार रुपैयाँ राजस्व संकलन गरेको हो ।अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका संरक्षक अधिकृत नुरेन्द्र अर्यालका अनुसार कार्यालयले प्रतिकिलोग्राम ३० हजार रुपैयाँका दरले राजस्व संकलन गर्ने गरेको बताएका छन । जिल्लाबाट यसवर्ष ५ सय किलोग्राम यार्सागुम्बा निकासी गर्ने कार्य योजना रहेको उहाँले बताउनु भयो । कार्यालयले भदौ मसान्त भित्र जिल्लाबाट यार्सागुम्बा निकासा गरि सक्ने गरी कार्यदेश दिएको छ । पछिल्ला हरेक वर्ष जलवायु परिर्वतनसँगै हिमाली क्षेत्रमा पाइने यार्सागुम्बा उत्पादनमा कमी हुँदै…

Read More

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्ने प्रयास नगर्न सांसदहरुलाई आग्रह गरेका छन् । शुक्रबार प्रतिनिधि सभा अन्तगतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा मन्त्री बन्दीले तत्कालको घटनाबाट प्रभावित भएर कानुन संशोधन गर्नु नेपालको सबैभन्दा ठूलो कमजोरी भएको बताए । कानुन निर्माणमा गलत खालको प्रभाव पर्न नदिन लिगल थिंक टयांक नै बनाएको भन्दै उनले त्यसकै आधारमा अघि बढ्ने बताए । ‘नेपालको कानुन निर्माणको सबभन्दा कमजोर पक्ष भनेको हामी तत्काल घटेको घटनाबाट प्रभावित हुन्छौं,’ उनले भने, ‘लिगल थिंक टयांक बनाएको छ, त्यसैको आधारमा सरकार अगाडि बढ्छ । नत्र भने त सबै…

Read More

काठमाडौं – विलप्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जनक शिक्षा सामाग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झालाई कालोमोसो दलेको छ। शुक्रबार उनकै कार्यकक्षमा पुगेर विद्यार्थीहरुले कालोमोसो दलेका हुन्। झाले देशभर विद्यार्थी किताबको अभाव गराएको भन्दै क्रान्तिकारीले कारबाही गरेको जनाएको छ। जनक शिक्षालाई भ्रष्टाचारको अखडासमेत बनाएको क्रान्तिकारीको आरोप छ।

Read More

बर्दिया – बर्दियासँग जोडिएको भारतीय सिमाना मुर्तीहाको घना जंगलमा निहुरो टिप्न गएका एक नेपाली माथि गोली प्रहार भएको छ । बिहीबार बेलुकी निहुरो टिप्न गएका गुलरिया नगरपालिका-३ का ५४ वर्षीय हेमराज गोडियामाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ । गोली लागेर भाग्दै घर नजिक पुगेका घाइते गोडिया केहीबेर पछि बेहोस भएका थिए । उनी होसमा आएपछि घरमा फोन गरी आफन्तीलाई बोलाएका थिए । राति नै उनलाई एम्बुलेन्समा उपचारका लागि गुलरिया अस्पताल ल्याइएको थियो । अत्याधिक रगत बगेका कारण उनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए । उनलाई कसले गोली हानेको हो अनुसन्धान भइरहेको शाहीले जनाए ।उनको शव गुलरिया…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले मुलुक दुई तहको सङ्घीय संरचनामा जानुपर्नेमा जोड दिनुभएको छ । राप्रपा नेपाल कर्णाली प्रदेश कार्यसमितिद्वारा आज सुर्खेतमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले प्रदेशबाहेक सङ्घ र स्थानीय तहको संरचना मुलुकका लागि हितकर हुने बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, “विसं २०६३ देखि १६ वर्षसम्म राजतन्त्रकै मुद्दा लिएर कठिन सङ्घर्ष गरियो, तर राजतन्त्रको पुनःस्थापना हुने देखिएन र हामीले त्यो मुद्दा त्याग्यौँ, अब सुशासनको माध्यमबाट हिन्दू राज्यको स्थापना गर्न लोकतन्त्र र हिन्दूराज्यको एजेण्डा अगाडि सारेका छौँ ।” उहाँले दुई तहको सङ्घीयता स्वीकार गरिएको बताउनुभयो । सोही क्रममा अध्यक्ष थापाले धर्म परिवर्तनको महामारीले मुलुक खतराको…

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले राष्ट्रिय गौरवको आयोजना निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले उच्च प्राथमिकतामा राखेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार निजगढ सार्वजनिक सरोकार समिति र निजगढ स्वतन्त्र युवा विद्यार्थीहरुको रिले अनसनलाई भर्चुअल सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । बुधबार सर्वोच्च अदालतले निजगढ विमानस्थलबारे पूर्णपाठ सार्वजनिक गरेसँगै २४ दिनदेखि जारी अनशन भने तोडिएको छ । १२ जेठमा सरकारले हालसम्म गरेको सबै निर्णय बदर गर्न सर्वोच्च अदालतले आदेश सुनाएको थियो । सो आदेश सुनाएको एक महिनापछि बुधबार पूर्णपाठ सार्वजनिक भएसँगै निजगढमा पनि विमानस्थल बनाउन विकल्प खुला भएको छ ।

Read More

काठमाडौँ – पछिल्लो २४ घण्टामा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३४७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना संक्रमणमुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन । हाल देशभर २९७ जना सक्रिय संक्रमित रहेका छन् ।

Read More

काठमाडौं – रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निवेदन दिएको १० दिनमै निर्वाचन आयोगले दल दर्ता गरेको छ। लामिछानेले असार ७ गते ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गर्दै त्यसै दिन आयोगमा औपचारिक रुपमा दर्ताका लागि निवेदन दिएका थिए। सञ्चारकर्मीबाट राजनीतिमा प्रवेश गरेका लामिछाने अध्यक्ष रहेको दललाई आवश्यक कागजात बुझेर दलको मान्यता दिएको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिए। उनका अनुसार दाबी गरे झैँ चुनाव चिन्ह गोलाकार भित्रको घण्ट दिइएको छ। लामिछानेले दाबी गरेको स्वतन्त्र पार्टीले व्यक्तिगत रुपमा राजनीतिमा लाग्नेलाई असर गर्ने भन्दै त्यसलाई मान्यता नदिन आयोगलाई आग्रह गरिएको थियो। तर आयोगले ४५ दिनको समय अवधिमा दल दर्ताको प्रमाणपत्र दिनुपर्ने भए…

Read More

कैलाली – कैलारी गाउँपालिका–६ स्थित गौकन्द्री खोलामा केही दिनअघि साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका एक बालकको शव आज फेला परेको छ । धनगढी उपमहानगरपालिका–१९ जे गाउँका दीपक विकका ११ वर्षीय छोरा निखिलको शव घटनास्थलबाट ८०० मिटर दक्षिण गौकन्द्री खोलाको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए । बालकको शव परीक्षणका लागि अहिले सेती प्रादेशिक अस्पताल धनगढी पठाई थप अनुसन्धान कार्य भइरहेको बताइएको छ । मृतक बालक यही असार १५ गते कैलारी–६ स्थित आफ्नो मामाघर गएको अवस्थामा गौकन्द्री खोलामा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबी बेपत्ता भएका थिए ।

Read More