Author: महेन्द्रनगर पोष्ट

बैतडी – बैतडीमा बञ्चरो प्रहार गरी आज बिहान छोराले बुवाको हत्या गरेका छन् । डिलाशैनी गाउँपालिका–५ शेराका ६८ वर्षीय अन्तराम जोशीको हत्या भएको हो । जोशीका छोरा २२ वर्षीय लोकराजले बिहान ६ बजे बञ्चरो प्रहार गरी हत्या गरेका हुन् । बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका–५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए। उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।” बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न इलाका…

Read More

काठमाडौं – पन्ध्रौँ विश्व सोतोकान कराते च्याम्पियनसिपमा सहभागी हुन जापान जाने दुई खेलाडीसहित चार सदस्यीय नेपाली टोलीलाई आज बिदाइ गरियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टङ्कलाल घिसिङले नेपाली टोलीलाई सफलताको शुभकामना दिँदै आज यहाँ आयोजित एक कार्यक्रममा बिदाइ गर्नुभयो । यही साउन १६ देखि २२ गतेसम्म हुने उक्त प्रतियोगिताको पुरुष ७० केजीमुनि फणिन्द्रप्रसाद जङ्गम र महिला ५५ केजीमुनि अद्रिना थापाले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । टोली प्रमुखमा नेपाल सोतोकान कराते सङ्घका प्रमुख प्रशिक्षक एवं अध्यक्ष हेमकुमार श्रेष्ठ तथा व्यवस्थापकमा लीलाराज डाँगी रहेका छन् । नेपाली टोली शनिबार जापान प्रस्थान गर्नेछन् ।

Read More

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले गठन गरेको नेपाल समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ। निर्वाचन आयोगका अनुसार समावेशी लोकतान्त्रिक पार्टीको नाम परिवर्तन गरी नेपाल समाजवादी पार्टी बनाइएको हो। समावेशी लोकतान्त्रिक पार्टी बाबुरामनिकट पूर्वविद्यार्थी नेता दीपक लामिछानेको नाममा दर्ता थियो। ‘समावेशी लोकतान्त्रिक पार्टीको विधान पुनर्लेखन गरी अद्यावधिक गरिएको छ,’ आयोग स्रोतले भन्यो, ‘पार्टी झन्डा र छाप पनि फेरिएको छ।’ चुनाव चिन्ह भने खुलेको एक आँखालाई नै निरन्तरता दिइएको छ। यो चुनाव चिन्ह पहिले नयाँ शक्तिको थियो। खुलेको एक आँखा चुनाव चिन्ह राखेर लामिछानेले समावेशी लोकतान्त्रिक पार्टी आयोगमा केही समय पहिले दर्ता गरेका थिए। जसपा संघीय परिषदबाट हटेपछि बाबुराम नयाँ पार्टी…

Read More

काठमाडौँ – दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने नेपाल भ्रमणको सिलसिलामा काठमाडौँ आइपुगेका छन् । काठमाडौँस्थित अमेरिकी दूतावासले केही समयअघि मात्र उनी काठमाडौँ आइपुगेको जनाएको हो । नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका लूले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्र मन्त्री नारायण खड्कासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । ‘यो पटकको भ्रमणका अवसरमा वहाँले विभिन्न व्यवसायिक, नागरिक, तथा सरकारी नेतृत्वकर्ताहरूसँग नेपाल–अमेरिका बीचको ७५ वर्ष लामो मित्रताका विविध आयाम लगायत दुई देशको आर्थिक विकासप्रतिको प्रतिवद्धता, लोकतन्त्र तथा मानव अधिकार, लगायत विषयमा कुराकानी गर्नुहुनेछ,’ अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुक मार्फत भनेको छ । दक्षिण एसियाली मामिलाका सबैभन्दा उच्च…

Read More

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विसं २०६४ को संसदीय निर्वाचनमा आफूलाई हराएपछि पछुताउनु परेको कार्यकर्तालाई स्मरण गराउनुभएको छ । उहाँले आज दमकमा भएको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा सो प्रवृत्ति दोहो¥याउनु बेठीक हुने उहाँले बताउनुभयो । उहाँले सङ्घीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै कार्यकर्तालाई दोहो¥याएर गल्ती गर्ने छुट अब नभएको बताउनुभयो । उहाँले ठट्टा गर्दै भन्नुभयो, “२०६४ सालको निर्वाचनमा पार्टीका कतिपय साथीले भोट अन्तै हालेर मलाई हराउनुभयो, तर उहाँले जिताएर पठाएको मान्छे आज कहाँ छ ?” तत्कालीन समयमा आफूलाई हराएको एक वर्ष नबित्दै क्षेत्र नं ७ का बासिन्दाले पछुतो मान्नु परेको स्मरण गराउँदै उहाँले गल्तीलाई…

Read More

काठमाडौँ – राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले एसईईको नतिजा छानबिन गर्नुपर्ने बताएका छन् । आज (बिहीबार) राष्ट्रिय सभा बैठकको शून्य समयमा पन्थले विद्यालयले मूल्याङ्कन गर्दा ४ जिपिए ल्याउने ९ हजार जनाभन्दा बढी र परीक्षा बोर्डले मूल्याङ्कन गर्दा ४२ जना मात्रै हुनुले पनि नतिजा विश्वसनीय नभएको बताएका हुन् । बोर्डको नतिजा ठिक कि विद्यालयको नतिजा ठिक भन्ने प्रश्न उठेको उनले बताए । उनले परीक्षामा कमजोर ग्रेड ल्याउनेहरूलाई सरकारले अध्ययनबाहेक के अवसर दिन्छ भनेर प्रश्न गरे । ‘विद्यालयले मूल्याङ्कन गर्न जिपिए ४ ल्याउने ९ हजार बढी थिए । बोर्डले परीक्षा लिँदा ४२ जना मात्रै भए । किन यस्तो भयो ? कहाँ, किन…

Read More

जनकपुरधाम – महिलाको रकम लुटेर फरार रहेका दुई युवालाई धनुषा प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–७ निवासी २० वर्षीय जितेन्द्रप्रसाद साह र २१ वर्षीय दीपेन्द्र मण्डल रहेको प्रहरीले जनाएको छ । सबैला नगरपालिका–४ घर भई जनकपुरधाम उपमहानगरपालिका–१ निवासी शर्मिलादेवीले गत सोमबार बिदेशबाट श्रीमान्ले पठाएको दुई लाख जनकपुरधामको मिल्स एरियास्थित एभरेष्ट बैंकबाट झिकेर प्लाष्टिकको झोलामा रकम र मोबाइल बोकी आउँदै गर्दा लुटेर उनीहरु फरार भएका थिए । घटनाको सूचना पाएलगत्तै खटिएको प्रहरी टोलीले अनुसन्धानको क्रममा लुटिएको रकमसहित दुवैलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिए । पक्राउ परेका जितेन्द्रको साथबाट…

Read More

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारी अस्पतालमा आएका बिरामीलाई उपचार नगरी फिर्ता गर्न नहुने बताएका छन् । वीर अस्पतालको १३३औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले सरकारी अस्पतालमा आएका बिरामीको उपचार गरेर मात्र फिर्ता गर्नुपर्ने बताए । ‘सरकारी अस्पतालमा आएका बिरामी उपचार नपाएर फिर्ता भयो भने उसको मन कस्तो होला ?’, उनले भने, ‘वीर अस्पतालमा उपचार गर्न आएका बिरामी फिर्ता भएर जाने अर्को ठाउँ छैन, शय्या नभए पनि वैकल्पिक व्यवस्था गरेर उपचार गर्नुपर्दछ ।’ उनले सरकारी अस्पतालप्रति जनताको ठूलो भरोसा रहेकाले गुणस्तरीय उपचार गर्नुपर्ने भनाइ राखे । उनले अस्पतालले कोभिड–१९ मा खेलेको भूमिकाको सराहना गर्दै अझै…

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरूलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन्।बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरूको जवाफ दिँदै मन्त्री खाँणले यस्तो बताएका हुन्। उनले अधिकांश कारागारहरू सहरको मध्यभागमा रहेको भन्दै ती कारागारहरूलाई ठूलो भू-भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताए। गृहमन्त्री खाँणले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ। त्यसका लागि हामी प्रयत्नशील छौँ। अधिकांश बन्दी गृहहरू, कारागारहरू सहरबजारको मध्यभागमा नै छन्। मध्य भागका जेलहरूलाई बाह्य भूभागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरूको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको…

Read More

काठमाडौं – राष्ट्रियसभाको बैठकले दुई विधेयक संशोधनसहित सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाको आज बसेको बैठकले ‘नेपाल इञ्जीनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६’ र ‘ज्येष्ठ नागरिक सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५’ पारित गरेको हो । उक्त दुवै विधेयक प्रतिनिधिसभाबाट भएको संशोधन स्वीकारसहित पुनः पारित गरियोस् भनी प्रस्तुत भएको थियो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले नेपाल इञ्जीनियररिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ सदनसमक्ष प्रस्तुत गरेकी थिइन् ।

Read More