Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- सुनको मूल्य बिहीबार प्रतितोलामा २०० रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९७ हजार ३०० मा कारोबार भएको सुनको भाउ बिहीबार २०० रुपैयाँले वृद्धि भएर ९७ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि ९७ हजारमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घट्दो क्रममा छ ।

Read More

बारा – ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा जितपुरसिमरा उपमहानगरपालिका-२२ चकरी बस्ने १८ वर्षीय किशोरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । किशोरले ती बालिकालई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

काठमाडौँ – संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ । दुवै सदनको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७७-०७८) पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्रीले नै राष्ट्रिय सभामा उत्पत्ति भएको नीति अनुष्ठान प्रतिष्ठान विधेयक, २०७६, लोकसेवा आयोग विधेयक र २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यसैगरी, वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले ‘ग्लोवल ग्रिन ग्रोथ इस्टिच्युटको सहभागितामूलक सदस्यका रूपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता पेस गर्ने कार्यसूची छ । त्यस्तै दिउँसो १ बजे नै बस्ने राष्ट्रिय सभाको…

Read More

काठमाडौं – कानुन व्यवसायमा एकपछि अर्को बेथिति र अनियमितताको पाटो खुल्दै गएको अवस्थामा फेरि अर्को ‘काण्ड’ बाहिरिएिको छ । एउटाको जग्गा अर्कोलाई बिक्री गर्ने व्यवस्था मिलाइदिएबापत एकजना बरिष्ठ अधिवक्ता र अर्का अधिवक्ताले ८ करोड कमिशन लिएको रहस्य खुलेको छ । मंगलबारमात्र एक सञ्चारमाध्यममा न्यायाधीश र कानुन व्यावसायीबीच एक आरोपीलाई छुटाउनका लागि आर्थिक लेनदेनको बारेमा छलफल गरिरहेको अडियो सार्वजनिक भएलगत्तै यसपटक अर्का कानुन व्यवसायीले व्यवसायीकै संरक्षणमा ३२ करोड रूपैयाँ हुण्डीमार्फत् विदेश पठाइएको भन्दै अख्तियारमा उजुरी दिएको बताएका छन् । अधिवक्ता प्रेम सिंह धामीले २०७४ पुस १८ गते भएको जग्गा कारोबारबाट जग्गा किन्ने र जग्गाधनी दुवैका तर्फबाट ८ करोड रुपैयाँ कमिशन लिएको…

Read More

काठमाडौँ – मूल्यवृद्धि, मल अभाव लगायतका विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको राप्रपाले असार १३ गतेदेखि ३१ गतेसम्म आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गर्दै धर्ना, कोणसभा, राँके जुलुस लगायतका कार्यक्रम तय गरेको हो । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको छ । यसैगरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा…

Read More

काठमाडौं – मन्त्रीमण्डल हेरफेर गर्ने स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन गराउन सहयोगी भूमिका खेल्न नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले गरेको निर्देशनलाई दुई जना मन्त्रीले असहमति जनाएका छन । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रीमण्डल हेरफेर गर्न दबाब दिएर शुक्रवार साँझ कोटेश्वरस्थित निवास फर्किएका नेपालले पार्टीका मन्त्रीहरुलाई सहज तरिकाले फिर्ता हुन गरेको निर्देशनप्रति मुख्यतः पर्यटनमन्त्री प्रेम आले र सहरी विकासमन्त्री रामकुमारी झाक्रीले असहमति प्रकट गरेका हुन् । कोटेश्वरस्थित नेपाल निवासमा पुगेका सबै मन्त्रीलाई ‘पार्टीले मन्त्री फेर्ने निर्णय लिईसकेको छ, तपाईहरुले सहयोग गर्नुहोस’ भन्ने प्रस्ताव गरे लगत्तै सहरी विकासमन्त्री झाक्रीले आपत्ति जनाएकी थिइन् । ‘हामीलाई किन हटाउनु प¥यो, हामीले राम्रै काम गरिरहेका छौँ, फोहोर…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियसभा बैठक समापन नभएसम्म मन्त्रीमण्डल हेरफेर नगर्ने भएका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्रीमण्डल हेरफेर गर्न निरन्तर दबाब दिए पनि बजेट अधिवेशन समापन भएपछि मात्रै मन्त्रीमण्डल हेरफेर गर्ने भएका हुन् । ‘अहिले मलाई मन्त्रीमण्डल हेरफेर गर्दा समस्या आउँछ । प्रधानमन्त्रीले सबैलाई मन्त्री बनाउनु पर्छ भन्नेमा दबाब बढ्छ भन्नु भएको छ’, नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘उहाँको आन्तरिक समस्या देखाएर मन्त्रीमण्डल हेरफेर गर्न आनाकानी गर्नु हुन्न भनेर हामीले भनेका छौँ । तर मन्त्रीमण्डल हेरफेर गर्नै परेमा राष्ट्रियसभा बैठक समापन भएपछि मात्रै गर्ने मुडमा प्रधानमन्त्री देखिनु भएको छ ।’ उनका अनुसार नेकपा एसको बिहीबार बसेको सचिवालय बैठकले मन्त्रीमण्डल…

Read More

काठमाडौं – नेपाल प्रहरीका १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डिआइजी) पदमा बढुवा सिफारिस भएका छन्। बुधबार बसेको बढुवा सिफारिस समितिले लामो समयदेखि रिक्त रहेको डिआइजी पदको लागि बढुवा सिफारिस गर्ने निर्णय गरेको हो। बढुवाको पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख बसन्तबहादुर कुँवर परेका छन् । दोस्रो नम्बरमा मानवबेचबिखन अनुसन्धान ब्युरो प्रमुख टेकप्रसाद राई, तेस्रोमा कार्यविभाका अशोक सिंह, चौथोमा मानवस्रोत विकास विभाग, वृत्ति विकास महाशाखाका दिपक थापा र पाँचौंमा विपद व्यवस्थापन कार्यालय सामाखुसीका श्यामलाल ज्ञवालीको बढुवा सिफारिस भएको हो। त्यस्तै, किरण बज्राचार्य, सन्दिप भण्डारी , सुदीप गिरी, मिरा चौधरी, टेक प्रसाद तामाङ, उमेशराज जोशी, भिम…

Read More

दार्चुला – दार्चुलाको दोस्रो ठूलो अस्पताल गोकुलेश्वर अस्पतालमा शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको छ । विगत २ वर्षदेखि बन्द भएको सेवा बुधबार देखि सुरु भएको हो । जनशक्ति अभावमा रोकिएको शल्यक्रियाबाट प्रसुती सेवा सुचारु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नविन कुमार मल्लले जानकारी दिनु भएको छ ।अस्पतालमा २ वर्षयता रोकिएको जटिल प्रकारका गर्भवतीको शल्यक्रियाको उपचार प्रसुती सेवा सुचारु भएको उनले बताए । सेवा सुरु भएसँगै बुधबार एक जना गर्भवतीको सफल शल्यक्रिया समेत गरिएको छ ।बुधबार शैल्यखिर नगरपालिका वडा नं ५ कि दिपा रावलकोे शल्यक्रियाबाट बच्चा जन्माइएको डा. मल्ले जानकारी दिए । अस्पतालमा अहिले डाक्टर नविन मल्ल ,डाक्टर पुजा बम, र मियाज…

Read More

सुर्खेत – बुधबार दिउँसो वीरेन्द्रनगरको कपासेमा जीप दुर्घटनामा मृतक र घाइतेहरूको पहिचान खुलेको छ । मृत्यु हुनेमा रुकुम पश्चिम चौरजहारी नगरपालिका-२ का २८ वर्षीय धर्मराज बुढाथोकी रहेका छन् । उनको घटना स्थलमै मृत्यु भएको थियो । साथै घाइते हुनेमा अछामको तर्माखाद-२ का २७ वर्षीय तुल्सी रावल बिसी टाउकोमा चोट लागेको छ उनलाई उपचारका लागी प्रदेश अस्पताल कालागाउँ लगिएको छ । यस्तै भैरवस्थान तुर्माखाद गाउँपालिका-२ अछामका ३ वर्षीया दिदिसा बुढा, कोहलपुर नगरपालिका-२ बाकेका ३१ वर्षीय भोज बहादुर घले, टिकापुर नगरपालिका-२ कैलालीकी सरस्वती विष्ट रहेका छन् । वीरेन्द्रनगर नगरपालिका-१४ रातानाङ्गलामा रहेको मौसमी राडरको मर्मतमा सकेर वीरेन्द्रनगरतर्फ फर्किँदै गरेको जल तथा मौसम विज्ञान…

Read More