Author: महेन्द्रनगर पोष्ट

झापा  – नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।  आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो ।

Read More

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमासहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन्। बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ।

Read More

काठमाडौं – सांसदहरूले भूमिहीन सुकुम्बासीलाई पुर्जा वितरण चाँडो गरिसक्नुपर्नेमा जोड दिएका छन् । राष्ट्रियसभाको बिहीबारको बैठकमा विनियोजन विधेयक, २०७९ माथि छलफल गर्दै सांसदहरूले गत वर्षहरूबाट नै तयारी अघि बढिसकेकाले त्यसलाई प्रक्रिया लम्ब्याउन नहुने बताए । सांसद गोपाल भट्टराईले भूमिहीनहरूको अन्तिम नक्शाङ्कन भइसकेकाले अब लालपुर्जा वितरण गर्न ढिला गर्न नहुने बताए । भूमि बैंक कार्यान्यवनमा ल्याइएको भए पनि उत्पादन र रोजगारी वृद्धि हुनसक्ने हुँदा अहिले कार्यान्वयन नभएको उनको भनाइ छ । सांसद् सिङ्गबहादुर विश्वकर्माले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको जग्गाको नापजाँच गरी भूमिहीनलाई जग्गा उपलब्ध गराउनुपर्ने बताए । भूमिकर तिरेका बस्तीले पनि पुर्जा पाउन नसकेको उनले बताए । सांसद…

Read More

काठमाडौं – राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिकामा ठाउँठाउँमा पहिरो खसेपछि कालीगण्डकी करिडोर तीन दिनदेखि ठप्प भएको छ । जैमिनी नगरपालिकाको विनामारे, अर्जेवा लगायतका ठाउँमा पहिरो गएर करिडोर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेराबाट वडाहरुमा जान समस्या भएको छ भने बागलुङबाट बुटवल जाने यात्रीहरुलाई समेत समस्या परेको छ । अवरुद्ध सडक खुलाउन सडक विभागले कुनै चासो नदिएको स्थानीयवासीको भनाइ छ । पहिरो पन्छाउँदै सडक सञ्चालन गरे पनि पुनः पहिरो जाने गरेकाले समस्या भइरहेको स्थानीयवासीको…

Read More

काठमाडौं – एसीसी महिला टी-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनल खेलमा नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) भोलि (शुक्रबार) भिड्ने भएको छ । मलेसियाको राजधानी कोलालम्पुरस्थित किनरारा ओभरमा हुने खेल स्थानीय समयअनुसार बिहान साढे १० बजे सुरु हुनेछ। नेपाल युएईलाई पराजित गर्दै फाइनल पुग्ने लक्ष्यमा हुनेछ। रुविना क्षेत्रीको कप्तानीमा रहेको नेपालले त्यसका लागि ब्याटिङ, बलिङ र फिल्डिङ मजबुद बनाउन ध्यान दिनुपर्नेछ। नेपाल समूह बी मा चार खेलबाट ६ अंक जोड्दै उपविजेताको रूपमा सेमिफाइनलमा स्थान बनाएको थियो। यता, युएई प्रतियोगिताको अपराजित यात्रा कायम राख्दै फाइलन पुग्ने लक्ष्यमा छ। जारी प्रतियोगितामा युएई लयमा देखिएको छ। समूह ए मा युएईले चार खेलबाट ७ अंक बनाउँदै…

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले हालै सार्वजनिक भएको न्यायाधीश र अधिवक्ता घुस डिल प्रकरणमा दोषीलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै न्याय परिषदमा निवेदन दर्ता गरेको छ । पार्टीको सुशासन विभागका प्रमुख तथा राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही नेतृत्वको टोलीले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्र पोखरेललाई पक्राउ गरी थप अनुसन्धान गर्न निवेदन दर्ता गराएको हो । शाहीले तत्काल उनीहरूलाई पक्राउ नगरे थप आन्दोलन गर्ने र सर्वोच्चमा रिट दायर गरिने चेतावनी दिए।

Read More

जनकपुर – भारतको रामायाण सर्किट रेल बिहीबार अपरान्ह जनकपुरधाम आइपुगेको छ । जनकपुरस्थित रेल्वे प्लेटफर्ममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय पर्यटकलाई स्वागत गरेका छन् । करिब ५ सय धार्मिक पर्यटक बोकेर भारतबाट सिधै जनकपुर आइपुगेको यो नै पहिलो रेल हो । रामायण सर्किटमा सञ्चालन हुने ‘भारत गौरव टुरिस्ट रेल’ अयोध्या, बनारस, प्रयागराज, सीतामढी हुँदै नेपाल–भारत सिमाना जयनगरबाट जनकपुर आइपुगेको हो । जयनगरबाट रेल नेपाल प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा फूलमालाले स्वागत गरिएको छ । त्रेतायुगमा राम र सीताको विवाह भएको थियो । भारत अयोध्याका राजा दशरथका छोरा राम र जनकपुरका राजा जनककी छोरी सीतासित विवाह भएको थियो । रामायण अध्यायमा उल्लेख…

Read More

जनकपुरधाम – पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ मा बस पल्टिँदा एक महिलाको मृत्यु भएको छ । ११ यात्रु घाइते भएका छन् । विराटनगरबाट कटारी जाँदै गरेको ना. ५ ख १८९८ नम्बरको बस कोसी ब्यारेज र कंकालिनी मन्दिरको बीचमा पल्टेको हो । मृत्यु भएकी अन्दाजी ५०/६० वर्षीया महिलाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । बस दुर्घटना भए लगत्तै नेपाल र सशस्त्र प्रहरी पुगेर घाइतेहरूको उद्धार गरेका छन् । ६ जनाको भारदह अस्पताल र अन्य ५ जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । अनियन्त्रित भई सडकबाट उत्तर २० फिट तल झरेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमसीसी र एसपीपीका विषयमा आफ्नो पार्टीले निर्णायक भूमिका खेलेको दाबी गरेका छन् । १२ बुँदे व्याख्यात्मक घोषणासहित एमसीसी पारित गरेर ठुलो दुर्घटना टारिएको उनले बताए । आज (बिहीबार) ललितपुरमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिलाई सम्बोधन गर्दै प्रचण्डले एमसीसी र एसपीपीमा नेकपा एमालेले राष्ट्रघात गरेको आरोप पनि लगाए । उनले भने, ‘एमसीसीलाई संसदबाट पारित गर्नुपर्ने प्रावधान थिएन, तर एमालेको केपी ओली नेतृत्वको सरकारले यस्तो प्रावधान थपेर राष्ट्रघात गर्‍यौँ । धन्न हामीले १२ बुँदे व्याख्यात्मक घोषणालाई सम्झौताको अङ्ग बनाएर ठुलो दुर्घटना टार्‍यौँ ।’ एमसीसीसँगै पारित गरिएको १२ बुँदे घोषणालाई अमेरिकाले समेत मान्यता दिइसकेको प्रचण्डको…

Read More

काठमाडौं – नेकपा एमालेकी सांसद बिन्दा पाण्डेले महिलाबाट पुरुषमाथि पनि हिंसा हुने घटना देखिएकाले यसबारेमा सोच्नुपर्ने बताएकी छन् । प्रतिनिधिसभाअन्तर्गतको कानुन मानवअधिकार समितिको बैठकमा धारणा राख्दै सांसद पाण्डेले यौन हिंसाबारेमा पटक पटक हदम्याद बढाउने कानुन बनाएको स्मरण गराउँदै पुरुष हिंसाका बारेमा पनि सोच्नु पर्ने बेला आएको बताएकी हुन् । ‘हदम्यादलाई ३५ दिनबाट छ महिनासम्म पु¥यायौं, ६ महिनाबाट एक वर्ष पु¥यायौं, यसले पनि भएन, अब जहिले सुकै र जसले पनि उजुरी दिन पाउने गरि न्यायको ढोका सधँैका लागि खुला गरौँ, पुरुषमाथि भएका हिंसाका बारेमा पनि व्यवस्था गरौं,’ उनले भनिन् । उनका अनुसार उजुरी परेपछि छानबिन गर्दा भएको के हो रु पत्ता…

Read More