Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- सुनको मूल्य आज शुक्रबार प्रतितोलामा ३०० रुपैयाँले घटेको छ । बिहिबार प्रतितोला ९७ हजार ५०० मा कारोबार भएको सुनको भाउ आज ३०० रुपैयाँले घटेर भएर ९७ हजार २०० रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको भाउ पनि ९६ हजार ७०० रुपैयाँमा नेपाली बजारमा कारोबार भइरहेको महासंघले जनाएको छ । आज शुक्रबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ । पछिल्लो दिन यता चाँदीको मूल्य घट्दो क्रममा छ ।

Read More

काठमाडौं – अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा नेपाल ओलम्पिक कमिटीले बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीकी गौरिकालाई उत्कृष्ट महिला तथा प्रिन्सलाई उत्कृष्ट पुरुष खेलाडीको रूपमा सम्मान गरेको हो। वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा ओलम्पिक कमिटिले गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको हो। यसैगरी तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा पुरुषतर्फ दीपक मगरले उत्कृष्ट प्रशिक्षकको सम्मान प्राप्त गरे। नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो। बिबिसीका वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी अवार्डअन्तर्गत…

Read More

सप्तरी – सप्तरीको कञ्चनरुप नगरपालिका–२ बरमझिया चोकमा हिजो बिहिबार बेलुका भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रदेश १-०२-४४ प ६१० नम्बरको मोटरसाइकल हिजो बेलुकी साढे ७ बजे सडकमा बसिरहेको चौपायासँग ठोक्किएर अनियन्त्रित भइ विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २५२२ नम्बरको टिपरमा ठोकिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक मोरङको विराटनगरका अन्दजी ५० वर्षीय युवराज खतीवडाको उपचारका क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकलमा पछाडी सवार मोरङकै विराटनगर उपमहानगरपालिका–१५ का ४७ वर्षीय गौतम महतोको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर…

Read More

कैलाली – नेकपा एमाले कैलालीका अध्यक्ष रतन थापालाई स्थानीय तहको निर्वाचनमा एमाले उम्मेदवारविरुद्ध नै लागेको भनेर पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको छ । बिहीवार बसेको जिल्ला सचिवालय बैठकले अध्यक्ष थापालाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारबाही गर्न प्रदेश कमिटीलाई सिफारिस गरेको हो । यसअघि थापालाई कैलाली इञ्चार्ज नारदमुनि रानाले २३ बुँदे आरोप लगाउँदै ७२ घण्टे स्पष्टीकरण सोध्नुभएको थियो । थापालाई पार्टी केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीलाई अपुतो भनेको, महासचिव शंकर पोख्रेल, सचिव लेखराज भट्टसहितका नेताहरु कर्ण थापा, नारदमुनि राना, गौरीशङ्कर चौधरी, कमला ओली, सन्तोष शर्मालाई राजीनामा दिन लगाउने धम्की दिएको, एमालेले एक सिट पनि…

Read More

महेन्द्रनगर – सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा लुम्बिनी प्रदेशको दाङका योजना समावेश गरेको पाइएको छ। प्रदेशको आर्थिक मामिला मन्त्रालयले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रममा लुम्बिनी प्रदेशको दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ९ को सिरङगी खोलामा र सोही वडाको कालीखोलामा तटबन्ध निमार्णका लागि बजेट छुट्याइएको पाइएको हो। प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव जितेन्द्र बस्नेतले भने त्यसमा आफ्नो त्रुटि नरहेको बताएका छन् । संघीय सरकारले सशर्त अनुदानमार्फत पठाएका कार्यक्रमलाई हुवहु प्रदेश सरकारले प्रकाशन गरेको बताए। ‘सशर्त अनुदानमार्फत संघीय सरकारले ७ अर्ब बढीका योजना प्रदेश सरकारलाई पठाएको छ,’ बस्नेतले भने, ‘ती कार्यक्रम परिवर्तन गर्ने अधिकार…

Read More

काठमाडौं – रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आज पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी प्रवक्ता मुकुन्द ढकालका अनुसार आज दिउँसो ४ बजे रिपोटर्स क्बलमा स्वतन्त्र पार्टीको पहिलो पत्रकार सम्मेलन तय भएको हो । लामिछानेले ७ असारमा नयाँ दलको घोषणा गरेका थिए ।

Read More

काठमाडौं – साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने अन्तिम टोलीलाई आज गृहमन्त्री बालकृष्ण खाँणले बिदाई गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री खाँणले शुक्रबार बिहान ११३ हजयात्रीलाई बिदाई गरेका हुन् । यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटा मध्ये शुक्रबार बिहान अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ गएको हो । हजयात्रीलाई बिदाइ गर्न नेपाली काँग्रेसका सह-महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ लगायत पनि विमानस्थल पुगेका थिए । असार ६ गतेदेखि एयर अरेबियाको हवाईजहाजबाट दैनिक एक टोली हज गर्न गएको थियो । नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेद्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ । महावाणिज्यदूतावासबाट १० जनाको…

Read More

काठमाडौं – नेकपा एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक आज शुक्रबार बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ । केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्यूरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।

Read More

काठमाडौं – पूर्वी अफगानिस्तानको कुनार प्रान्तमा हिमपात र चिसो मौसमका कारण १२ बालबालिकाको मृत्यु भएको छ। गाउँलेहरूले केही दिनअघि घुमन्ते परिवारले आफ्नो गाईबस्तु चराउन पहाडमा लैजाँदा विपत्ति भएको बताएका छन्। पीडित सबै घुमन्ते परिवारका हुन्। युद्धग्रस्त अफगानिस्तानका केही भागहरू भर्खरै भारी वर्षाका कारण थप चिन्तित बनेका छन्। अधिकारीहरूका अनुसार देशभर अचानक आएको बाढीमा परी ज्यान गुमाउँनेको सङ्ख्या बढ्दो छ। मुसलबारे पानी र बाढीका साथै पूर्वी पक्तिका र खोस्त प्रान्तमा बुधबार बिहानै गएको भूकम्पमा एक हजारभन्दा बढी मानिसको मृत्यु भएको पुष्टि भएको छ।

Read More

झापा  – नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शंकास्पद वस्तु फेला परेको छ ।  आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो ।

Read More