Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले स्पेन, रुसी महासंघ र डेनमार्कका लागि राजदूत नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले मंगलबार स्पेनका लागि शर्मिला पराजुली ढकाल, रुसी महासंघका लागि मिलनराज तुलाधर र डेनमार्कका लागि प्रा. डा. रामस्वार्थ रायलाई राजदूत नियुक्त गरेकी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले उनीहरुलाई राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालय जनाएको छ । ‘राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शर्मिला पराजुली (ढकाल)लाई स्पेनका लागि नेपालको आवासीय राजदूत पदमा, मिलनराज तुलाधारलाई रूसी महासंघका लागि नेपालको आवासीय राजदूत पदमा र प्रा.डा. राम स्वार्थ रायलाई डेनमार्कका लागि…

Read More

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले कोरोना सङ्क्रमितको संख्या बढेको भन्दै सांसदहरूलाई मास्क लगाउन निर्देशन दिएका छन् । आज (मंगलबार)को बैठकमा सभामुख सापकोटाले बैठकमा उपस्थित हुँदा आवश्यक स्वास्थ्य सतर्कतासमेत अपनाउन पनि निर्देशन दिएका छन् । ‘कोभिड १९ को संक्रमण दर निरन्तर रूपमा बढ्दै गएको माननीय सदस्यहरुलाई विदितै छ र संसद् बैठकमा उपस्थित हुँदा आवश्यक सतर्कता अपनाउनु र मास्क प्रयोग गर्न हुन आग्रह गर्दछु,’ सापकोटाले भने । पछिल्लो समयमा दैनिक रूपमा कोरोना सङ्क्रमितको संख्या बढ्दै गएको छ । सोमबार मात्रै ५ सय ६८ जना कोरोना सङ्क्रमित भेटिएका छन् भने एक जनाको मृत्यु भएको थियो । पछिल्लो समय काठमाडौँ उपत्यकामा संक्रमण बढ्दै गइरहेको…

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् । प्रचण्डका प्रेस संयोजक सूर्य किरणका अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन । प्रचण्ड प्रचण्ड साउन २५ मा नेपाल फर्कने छन् ।

Read More

काठमाडौं – बलात्कारको आरोपमा बैतडीको मेलौली नगरपालिका १ का वडा अध्यक्ष शरदसिंह नेगीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश तिलकबहादुर कार्कीको एकल इजलासले नेगीलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। २८ वर्षीया महिलालाई गत २०७८ चैत्र १५ गते बलात्कार गरेको आरोपमा वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई असार १४ गते पक्राउ गरिएको थियो। वडाअध्यक्ष नेगीसंगै सोही ठाउँका केशवसिंह नेगीलाई पनि पुर्पक्षका लागि कारागार चलान गरिएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए। पीडित महिलाले दिएको उजुरीको आधारमा उनीहरु दुवैजनालाई पक्राउ गरेको हो। उनीहरुविरुद्ध जवरजस्तीकरणी मुद्दामा अदालतबाट म्याद थपेर प्रहरीले अनुसन्धान गरि अदालतमा पेश…

Read More

काठमाडौँ – १९ वर्षीया एक नर्सिङ छात्रालाई बलात्कार गरेको आरोपमा विराटनगरमा नाम कहलिएका कराँते प्रशिक्षक र उनका साथी पक्राउ परेका छन् । छात्राको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेका कराँते प्रशिक्षकलाई जिल्ला अदालत मोरङको आदेशमा थुनामा राख्न म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख (एसपी) शान्तिराज कोइरालाका अनुसार पक्राउ पर्नेमा कराँते प्रशिक्षक विनोद राउत र उनका साथी सुरज सुवेदी छन् । विराटनगर महानगरपालिका–३ निवासी ५० वर्षीय राउत र सुवेदीले नर्सिङ पढ्दै गरेकी एक छात्रालाई होटेलमा लगेर पटक–पटक बलात्कार गरेको जाहेरी आएको मोरङ प्रहरीले जनाएको छ । एसपी कोइरालाले थुनामा राखेर थप अनुसन्धान गरिरहेको बताएका छन् । सुवेदीको साथ…

Read More

काठमाडौं – निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित विशेष संसदीय समितिको बैठक स्थगित भएको छ । आज बिहान सिंहदरवारमा बसेको बैठक बेलुकी ४ बजे बस्ने गरी स्थगित भएको छ । प्राविधिक विषयमा फरेन्सिक ल्याब विज्ञहरूबाट जानकारी लिनु पर्ने भएको जनाउँदै बैठक स्थगित भएको हो । नेपाल प्रहरीको फरेन्सिक ल्याबबाट प्रतिवेदनसहित समितिले पठाएको उपकरण, हार्डडिस्क हिजो फिर्ता भई सकेको छ भने सोही प्रतिवेदनबारे छलफल गर्न आज बिहान समितिको बैठक राखिएको थियो । बेलुकी बस्ने बैठकमा प्राविधिक कुराहरू स्पष्ट पार्न नेपाल प्रहरीको फरेन्सिक ल्याबका विज्ञहरुलाईसमेत बोलाइएको छ ।

Read More

काठमाडाैं – सशस्त्र प्रहरी बल, नेपालले आफ्ना देशभर रहेका १६ प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरूवा गरेको छ । सशस्त्र प्रहरीको गण हेड क्वार्टर मातहत रहेका यी आश्रित गुल्महरूमा काज सरूवा भएको हो । बलले सोमबार सरूवा गरेका २३८ डीएसपीमध्येबाट उनीहरूको काज सरूवा भएको हो । सूची : @

Read More

दार्चुला – आइतबार राती देखि दार्चुला जिल्लाभरिको विद्युत सेवा बन्द भएको छ । विद्युत सेवा बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन् । जिल्लाभरि सबै ठाउँमा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । विद्युत प्रसारण लाइनमा समस्या आएका कारण विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका सुपरभाइजर पदम बहादुर बमले जानकारी दिए । जिल्लाको शैल्यशिखर नगरपालिका ५ वरमुडे क्षेत्रमा विद्युतको पोल ढलेका कारण विद्युत सेवा अबरुद्ध भएको उहाँले बताउनु भयो । आज बेलुकी सम्म अबरुद्ध विद्युत सेवा संञ्चालन आउने बताइएको छ । अवरुद्ध विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोली हिजो देखि खटिएको…

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार सुन र चाँदीको भाउमा गिरावट देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा सुनको भाउ प्रतितोला दुई सय रुपैयाँले घटेको हो। यससँगै छापावाल सुनको भाउ प्रतितोला ९४ हजार २ सय रुपैयाँमा आइपुगेको छ भने तेजावी सुनको भाउ प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा झरेको छ। मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला ११५० रुपैयाँमा कारोबार भइरहेको छ।

Read More

दार्चुला – सनराइज बैंक लिमिटेड दार्चुला शाखाले मेहेन्दी उत्सव कार्यक्रमको आयोजना गरेको छ । बैंकले नारीहरुका लागि सोमवार मेहेन्दी उत्सव कार्यक्रमको आयोजना गरेको हो । साउन महिनामा महिलाका लागि हरियो चुरा, मेहेन्दीको छुट्टै महत्व रहेकोले मेहेन्दी उत्सवको आयोजना गरेको सनराइज बैंक दार्चुला शाखाका प्रबन्धक राकेश सिंह बुढाथोकीले बताए । मेहेन्दी कार्यक्रमको महाकाली नगरपालिकाका उपप्रमुख दुर्गाकुमारी खत्री विष्टले उद्घाटन गरेका हुन् । महिलाहरुले हातमा मेहेन्दी लगाई दिनुका साथै एक आपसमा मिष्ठान्न बाडेर उत्सव मनाएका थिए । बैंकले हरेक वर्ष साउनको महिना नारीहरुका लागि मेहेन्दी उत्सव मनाउँदै आएको छ । साउन महिनालाई हिन्दू महिलाहरूले विशेष पर्वको रूपमा मनाउने गर्दछन् । महिलाहरूले आफ्ना…

Read More