Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: भारतीय सांसदले नेपाली टोपी लगाएपछि चर्चाको विषय बनेको छ। सुदूरपश्चिम नेपालको छिमेकी भारतीय प्रान्त उत्तराखण्डका एक सांसदले नेपाली टोपी लगाएको विषयले चर्चा पाएको हो। हिजोमात्रै भारतीय जनता पार्टीका पूर्व प्रदेश अध्यक्ष, पूर्व केन्द्रीय राज्यमन्त्री तथा नैनीताल लोकसभा निर्वाचन क्षेत्रका सांसद अजय भट्ट टनकपुरमा आएका थिए। सो क्रममा स्थानीयले उनलाई नेपाली झण्डा अंकित टोपी लगाइदिएका थिए। नेपाल र भारतको सीमा समेत रहेको टनकपुरमा उनलाई पुष्पगुच्छाले स्वागत गरिएको थियो। त्यहाँ उनले नेपाली टोपी लगाएको सवालले नेपालमा पनि चर्चा पाएको छ।

Read More

काठमाडौं: नेपाल प्रहरीका डिआईजी लालमणी आचार्यलाई मालदार प्रदेशको कमाण्ड दिइएपछि विरोध भएको छ। प्रहरीभित्र कमजोर कमाण्ड भएकालाई गृहमन्त्री रमेश लेखकले सेटिङमा मधेस पठाएको भन्दै विरोध सुरु भएको हो। केही समय अगाडि गृहमन्त्री लेखकले आचार्यलाई मधेस प्रदेशको कमाण्ड दिएर पठाएका थिए। जबकी त्यसभन्दा अगाडि उनै आचार्य कर्णाली प्रदेशमा रहँदा कमजोर कार्यसम्पादन भएको भन्दै उनी तानिएका थिए। उनलाई अहिले मधेस प्रदेशको जिम्मेवारी दिएपछि प्रश्न उठेको हो। गत पुसमा कर्णाली पुगेका उनी केही महिनामै फिर्ता भएका थिए। त्यसबेला उनलाई त्यहाँबाट ल्याएर नेपाल प्रहरी शिक्षालय, भरतपुरमा सरुवा गरिएकोमा अहिले मधेस पठाइएको हो। उसो त डिआइजी आचार्यले लगातार तीन कमाण्ड पाएका छन्। जबकी त्यो प्रहरी…

Read More

काठमाडौं: सोमबार सहकारी छानबिनसम्बन्धी संसदीय विशेष समितिले ९९ दिन लगाएर तयार पारेको प्रतिवेदन बुझायो। समितिले अवैध तरिकाले सहकारीमा जम्मा गरेका बचतकर्ताको रकम अपचलन गरिएका तीन दर्जन सहकारीमाथि छानबिन सकेर प्रतिवेदन बुझाएको हो। मूख्यतः नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा ओखलढुंगाका गितेन्द्र राई (जीबी) ले सञ्चालन गरेका पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौैंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला सहकारीको रकम अपचलन प्रकरणमा तल्कालीन गृहमन्त्री रवि लामिछानेसमेत संलग्न रहेको भन्दै संसदीय विशेष छानबिन समितिको माग राखेको थियो। संसदीय छानबिन समितिको माग राख्दै कांग्रेसले त्यतिबेला सदनसमेत अवरोध गर्‍यो। कांग्रेसका मागअनुसार, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले एमाले सांसद सूर्यबहादुर थापा क्षेत्रीको नेतृत्वमा जेठ १५…

Read More

काठमाडौं: नेपाल प्रहरीमा बढुवा समितिको अंकभार आधा घटाइने भएको छ। नयाँ प्रहरी ऐनको मस्यौदामा समितिको अंकभार आधा कटौती गर्ने तयारी गरिएको हो। समितिले दिन पाउने ७.५ अंकबाट घटाएर ३ मा सीमित गर्न लागिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयका उच्च अधिकृतहरुसँग हेडक्वार्टरमा लामो छलफलपछि प्रहरी ऐनको केही प्रावधानहरु टुंगो लगाइएको जनाइएको छ। गृह स्रोतका अनुसार, मस्यौदामा उल्लेख भएअनुसारका प्रावधान लागू भए सबैभन्दा बढी कार्य सम्पादन मूल्यांकन वापत ५२ अंक प्राप्त हुनेछ। ज्येष्ठता वापत २५, शैक्षिक योग्यतावापत ५, तालिम वापत १० र चुनौतिवापत ५ अंक दिइनेछ। मस्यौदामा शैक्षिक योग्यता वापत दिइने अंक घटाइएको छ भने कठिन भौगोलिक क्षेत्रमा काम…

Read More

काठमाडौं: प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि श्रीलंकाका राजदूत पूर्व हवाई सेना प्रमुख सुदर्शन पाथिरानाबीच शिष्टाचार भेटघाट भएको छ। जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डामा उनीहरुबीच बुधबार शिष्टाचार भेटघाट भएको हो। प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो। यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिएको नेपाली सेनाले जनाएको छ।

Read More

काठमाडौं: तीन वर्षअघि उद्घाटित धरहरा भोलिदेखि सर्वसाधारणका लागि खुला हुने भएको छ। सरकारले संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्न लागेको जनाएको छ। पुनर्निर्माण सम्पन्न नहुँदै ०७८ बैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराको उद्घाटन गरेका थिए। तर, अहिले पनि पूर्णतः निर्माण सम्पन्न भइसकेको छैन। अझै पाँच प्रतिशत काम बाँकी रहेको धरहरा खुलाउने निर्णय प्रधानमन्त्री ओलीले भदौ २७ गतेको क्याबिनेट बैठकबाट गराएका हुन्।  पुननिर्माण प्राधिकरणले निर्माण शुरु गरेको यस आयोजनालाई अहिले शहरी विकास मन्त्रालयअन्तर्गत भवन निर्माण विभागले हेरिरहेको छ। विभागका अनुसार भोलिदेखि दैनिक पाँच सय नागरिकले धरहराको अवलोकन गर्न सक्नेछन्।  केही समय प्रवेश निःशुल्क गरिने र बिस्तारै डिजिटल…

Read More

काठमाडौं: गृह मन्त्रालयले १२ जिल्लामा नयाँ सिडिओ खटाएको छ। मन्त्रालयले ३६ जना उपसचिवको सरुवा तथा पदस्थापन गर्दा १२ जिल्लामा सिडिओ हेरफेर भएका हुन्। रसुवाका सिडिओलाई ६ महिना पनि नपुग्दै हटाएर अर्जुन पौडेललाई पठाइएको छ। त्यस्तै जुम्लामा रामबहादुर शाही, रामेछापमा राजु प्रसाद पौडेल, रोल्पामा रोमबहादुर महतले अवसर पाएका छन्। मुगुमा कमलप्रसाद पाण्डे, बझाङमा ओम प्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मातृका आचार्य, पूर्वी रुकुममा रुद्र प्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णु प्रसाद भुसाल सिडिओ बनेका छन्।

Read More

काठमाडौं: व्यवसायी दुर्गा प्रसाईंविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्र खनालको इजलाशले प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। जसमा प्रसाईंसँगै जीवन पाण्डे र दुर्गा खनाल पनि रहेका छन्। उनीहरूविरूद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

Read More

धनगढीः कैलालीको गेटामा स्कारपियो र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा परेर घाइते भएका एक जनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ का मोटरसाइकल चालक सुनिल डगौराको मृत्यु भएको प्रहरीले जनाएको छ। आज (बुधवार) गेटामा सुदूरपश्चिम प्रदेश ०१००१ च ४०४६ नम्बरको स्कारपियो र सुदूरपश्चिम प्रदेश०१०१२ प ५६३४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा दुर्घटना भएको थियो। डंगौराको उपचारका क्रममा मृत्यु भएको हो। डगौरासँगै मोटरसाइकल पछाडि सवार रहेका महेन्द्र चौधरीको माया मेट्रो अस्पतालमा उपचार भइरहेकोे छ। स्कारपियो चालक गोदावरी–६ का ३४ वर्षीय भोजलाल चौधरीलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडाैं: नेपाल प्रहरीका डिआईजीले उपद्रो मच्चाएको पाइएको छ। कर्णाली प्रदेशका प्रमुखसमेत रहेका डिआईजी अर्जुन चन्द ठकुरीले उपद्रो मच्चाएको पाइएको हो। विवादित छवि तथा प्रहरी वृत्तमा कमजोर कमाण्ड भएका प्रहरीका रूपमा परिचित ठकुरीले मदिरा सेवन गरेर उपद्रो मच्चाएका हुन्। स्रोतका अनुसार उनले हिजो (मंगलबार) राति कार्यालय बाहिरबाट मदिरा पिएर आएपछि होहल्ला गरेका थिए। त्यसपछि उनी कार्यालयबाटै भागेको स्रोतले जानकारी दिएको छ। कार्यालयबाट निस्केपछि मदिराकै नसामा उनी काठमाडौं जान्छु सुर्खेत देउती प्रालिको क.प्र. ५७२९ नम्बरको रात्रीबसमा चढेका थिए। त्यो खबर पाएपछि कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले उनलाई सुब्बाकुना चोकबाट फर्काएको स्रोतले बताएको छ। मदिराले मात्तिएका उनले कार्यालय फर्केपछि पनि ‘दानवी…

Read More