Author: महेन्द्रनगर पोष्ट

धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा एमालेसमेतको मिलेमतोमा पूर्वअर्थमन्त्री जनार्दन शर्माको कमजोरी ढाकछोप गरिएको आरोप लगाएका छन् । शनिबार धनगढीमा आयोजित पार्टीको कार्यक्रममा लामिछानेले पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको आरोप लगाए। ‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने । पूर्वअर्थमन्त्री शर्मामाथिको छानबिनमा यही कारण एमाले मौन रहेको लामिछानेले आरोप लगाए । विश्वले सूचना प्रविधिमा फड्को मारिरहेका बेला सरकारले सीसीटीभी फुटेज रिकभर हुँदैन भनेर नागरिकमाथि भद्दा मजाक गरिरहेको टिप्पणी गर्दै लामिछानेले भने ‘म चुनौतीका साथ भन्छु…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका छन् । शनिबार आयोजित पार्टीको युवा संगठन राष्ट्रिय युवा संघको कार्यक्रममा ओलीले बन्जी जम्प गर्ने चाहना व्यक्त गरेका हुन् । उनले बन्जी जान मन भए पनि उमेरका कारण डाक्टरलाई सोध्नुपर्ने बताउँदै भने–‘मलाई पनि बन्जी जम्प जाउँजाउँ जस्तो लाग्छ । तर अलिक उमेर बढी भएको हुनाले बन्जी जम्पले के गर्ला भनेर समस्या हुन सक्छ । डाक्टरलाई सोधेर जानुपर्छ’ । ओलीले साहसिक खेल, पर्वतारोहणजस्ता क्रियाकलापमा युवाको सहभागी हुनुपर्ने भनाइ छ ।

Read More

दार्चुला – दार्चुलामा एक जना पुरुष बेपत्ता भएका छन । जिल्लाको अपि हिमाल गाउँपालिका वडा नं ३ रातोभिटा घर भएका अन्दाजी ५० वर्षीय करविर कार्की वेपत्ता भएका हुन् । बिहिबार साँझ आफनै पसल कोलीगाडबाट घर जाने बेला बाटोबाटै बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगत मगरले जानकारी दिनु भएको छ । बेपत्ता भएका कार्कीको खोजी कार्य भइरहेको उहाँले बताउनु भयो । बेपत्ता कार्कीको अहिलेसम्म एउटा मोबाइल फोन बाहेक अन्य केही नपाएको प्रहरीले जनाएको छ । बेपत्ता कार्कीलाई खोज्न खण्डेश्वरी प्रहरी चौकी तथा लटिनाथबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।…

Read More

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशबारे जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई मान्न नसकिने बताएका छन् । शनिबार राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा उनले बहुमत र अल्पमतको आधारमा प्रतिवेदन ल्याइएकाले संसदीय समितिको प्रतिवेदन मान्न नसकिने बताएका हुन् । ११ सदस्यीय संसदीय टोलीमा एमालेका ४ जना र बाँकी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसदहरु थिए । ओलीले सत्तारुढ गठबन्धनको बहुमत हुने गरी संसदीय समिति बनाइएको आरोप लगाए । ‘एघार जनाको समिति बनाउने, सात जना आफ्ना राख्ने, हुन्छ हुन्न भनेर रिपोर्ट ल्याउने…

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा ४३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ६९९ परीक्षणमा ४३८ जनामा संक्रमण पुष्टि भएको हो । एक हजार ७७९ पीसीआर परीक्षणमा २९२ जना र एक हजार ९२० एन्टिजेन परीक्षणमा १४६ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २७७ जना संक्रमण मुक्त भएका छन् । यस्तै दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३६९ रहेको छ ।

Read More

दाङ – प्यूठानको स्वर्गद्वारी नगरपालिका–४ भ्यागुतेमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु साथै १४ जना घाइते भएका छन् । शनिबार मध्यान्ह जीप दुर्घटना हुँदा रुपन्देहीको मायादेवी गाउँपालिका–३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका डीएसपी सत्यनारायण थापाले जानकारी दिए । घाइतेहरुलाई प्राथमिक उपचारपछि बुटवल रिफर गरिएको छ । स्वर्गद्वारीबाट भिङ्ग्री तर्फ जाँदै गरेको लु३च ३५३ नम्वरको जीप दुर्घटना घाइते भएका १४ जनामध्ये ९ जनाको अवस्था गम्भीर छ । प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थ नगरपालिका र मायादेवी गाउँपालिकाका स्थानीय वासिन्दा जीप रिजर्ब गरेर शुक्रबार तीर्थयात्राका लागि स्वर्गद्वारी आएका थिए । जीपमा १७ जना सवार थिए ।

Read More

दार्चुला – दार्चुलाबाट एक जना सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । सुत्केरी व्यथा लागेर थलिएकी एक महिलाको शनिबार हेलिकप्टरबाट उद्दार गरेर थप उपचारका लागि सुर्खेत लगिएको हो । दार्चुला जिल्ला लेकम गाउँपालिका–२ गराडी बस्ने ३० वर्षीया काली सार्की सुत्केरी व्यथा लागेर थलिएपछि थप उपचारका लागि सुर्खेत लगिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिनु भएको छ । सार्कीको शारीरिक अवस्था कमजोर रहेको र उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार गर्दा पनि अवस्था कमजोर रहेकाले थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको प्रजिअ उपाध्यायले बताउनु भयो । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत ति महिलाको उद्दार गरिएको प्रशासनले जनाएको छ…

Read More

बैतडी – बैतडीमा चितुवाको आक्रमणबाट आज एक वृद्ध घाइते भएका छन् । घाइते हुनेमा मेलौली नगरपालिका–२ कोटका ७० वर्षीय गणेशबहादुर चन्द छन् । चन्दलाई घर नजिकैको बारीमा चितुवाले आक्रमण गरेको मेलौली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण चन्दले जानकारी दिए । बिहान चन्दको खोरबाट खसी लगेको चितुवा नजिकैको बारीमा दुम्सीका लागि थापेको पासो फसेको थियो । खसी खोज्ने क्रममा नजिकैको बारीमा चन्दलाई चितुवाले आक्रमण गरेको थियो । चितुवाको आक्रमणबाट चन्दको घाँटी र हातमा घाउ भएको छ । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । तल्लोसोराड क्षेत्रमा चितुवा बेलाबेलामा मानवबस्तीमा पस्दै आएको छ । बासस्थान र आहारको कमीका कारण चितुवा मानव…

Read More

दार्चुला – नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्यसमिति दार्चुलाले सहिदहरुको सम्झनामा अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेकोे छ । संगठनको जिल्ला कार्यसमिति दार्चुलाको आयोजनामा सहिद झपेन्द«, मनोज र सुरेन्द्रको स्मृति दिवसको सन्दर्भमा शनिबार जिल्ला अस्पताल दार्चुलामा रहेका विरामीहरुलाई फलफुल विरतण गरिएको हो । कर्मचारीहरुको हक हित र राष्ट्रिय हितको आन्दोलन गर्ने क्रममा राज्यपक्षबाट नै सहादत प्राप्त गरेका झपेन्द्र कार्की र मनोज जोशी सुरन्द्र विकको सम्झनामा फलफुल बितरण गरीएको कर्मचारी संगठनले जनाएको छ । संगठनले जिल्ला अस्पताल दार्चुलामा करिब २५ जना बिरामीहरुलाइ फलफुल र जुस बितरण गरेको छ। नेपाल निजामति कर्मचारी संगठन सुदुरपश्चिम प्रदेश समिति उपाध्यक्ष श्याम सिह धामीले साउन १५ का…

Read More

दार्चुला – भारतको पिथौरागढ स्थित धारर्चुलामा पहिलो जाँदा केहीघरहरुमा क्षति पुगेको छ । शुक्रबार साझ धारर्चुलाको मल्ली बजार क्षेत्रस्थित फुलबस्तीको एल्धारा डाडाबाट पहिरो खस्दा केही घरहरुमा क्षति पुगेको भारतीय संञ्चार माध्यमहरुले जानकारी दिएका छन् । पहिरोसंगै खसेको ढुंगाले मल्ली बजारस्थित ओपी वर्माको दुईतले घर पुर्ण रुपमा ध्वस्त भएको भारतीय संञ्चार माध्यमहरुले समाचार लखेका छन् । घरमा मान्छे कोही नभएकाले मानविय क्षति हुन रोएिको बताइएको छ । पहिरो खसेपछि उक्त स्थानका बासिन्दाहरुलाई सरकारी गल्स इन्टर कलेज र ब्वाइज इन्टर कलेज धारर्चुलामा पठाइएको भारतीय नागरीकहरुले बताएका छन । विधायक हरिस धामीले मुख्यमन्त्री पुष्कर सिह धामी र पिथौराढका डिएम आशिष चौहानसंग तत्काल राहात…

Read More