Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीबाट काठमाडौंका लागि उडेको जहाज फिर्ता भएको छ। आज (मंगलवार) काठमाडौंका लागि उडान भरेको वुद्द एअरको जहाज बाँकेस्थित बर्दियाको आकाशबाट फिर्ता भएको हो। ७:३५ को फ्लाइट भएपनी केही समय ढिलोगरी उडेको वुद्दको २५६ नम्बरको जहाजले ८:४५ मा धनगढीबाट उडान भरेको थियो। तर, खराब माैसमका कारण धनगढीबाट काठमाडौंका लागि उडेकाे बुद्ध एअरकाे विमान पुन: बाँकेकाे आकाशबाट धनगढी नै फर्किएर आकस्मिक अवतरण भएकाे विमानस्थल स्रोतले जनाएको छ। मौसम खराबीले त्यहाँबाट अगाडि छिर्न नसकेपछि फिर्ता आएर धनगढी विमानस्थलमै अवतरण गरिएको बताइएको छ। सो जहाज अब भोलि बिहान सवा ६ बजे उड्ने छ।

Read More

धनगढी: नेकपा एमालेको मिसन ग्रासरुट देशैभर जारी छ। सोही क्रममा सोमवार कैलालीको कैलारी गाउँपालिका ६ मा आज टोल भेला सम्पन्न भएको छ। उक्त टोल भेलाले खोजराम चौधरीको अध्यक्षतामा ११ सदस्यीय टोल कमिटी गठन गरिएको बताइएको छ।

Read More

धनगढी: नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियान अन्तरगत धनगढीमा पहिलो चरणको कार्यक्रम सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिकाका १९ वटै वडामा पहिलो चरणको अभिमुखीकरण कार्यक्रम सोमबार सकिएको नगर अध्यक्ष रामचन्द्र जोशीले जानकारी दिए । जोशीकाअनुसार सोमबार धनगढीको वडा नम्बर १५,१८ र १९ मा अभिमुुखीकरण सकिएसँगै पहिलो चरणको अभियान सकिएको हो । अब मंगलबार (भोलि) पहिलो चरणको कार्यक्रमको समिक्षासहित नगरस्तरीय जनसंगठनको अभिमुखिकरण कार्यक्रम राखिएको छ भने दोस्रो चरणको अभियान अन्तरगत वडा, टोल कमिटि र सेल कमिटीसहित घरदैलो कार्यक्रम सञ्चालन गरिनेछ । नेकपा एमालेले संगठन सुदृढिकरण तथा विस्तार कार्यक्रम अन्तरगत फागुन ५ गतेदेखि मिसन ग्रासरुट अभियान सञ्चालन गरेको छ ।सुदूरपश्चिमको राजधानी…

Read More

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अनेरास्ववियुका विद्यार्थीले जेब्रा क्रसिङ बनाउने अभियान थालेका छन्। धनगढीको मोहनापुल अत्तरिया ६ लेन सडकखण्डमा राखिएका पैदल मार्गमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियु कैलाली र धनगढी नगर कमिटिले सोमबारदेखि जेब्रा क्रसिङ बनाउन थालेको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीसँगको समन्वयमा सोमबार धनगढीको नेपाल पुलिस स्कुल अगाडि जेब्रा क्रसिङ बनाउने काम सुरु भएको अनेरास्ववियुका नगर अध्यक्ष नितिश जोशीले बताए। उनकाअनुसार ६ लेन सडक खण्डमा पैदल यात्रीहरुले जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेका कारण पैदल मार्गमा जेब्रा क्रसिङ बनाउन अनेरास्ववियुले काम थालेको हो। विद्यार्थी संगठनले ढुंगामुढा वा आन्दोलनका कार्यक्रम मात्र नभएर रचनात्मक काम समेत गर्छन् भन्ने सन्देश दिन पनि…

Read More

धनगढी : भारतको खटिमामा भर्खरै दुर्घटना भएको छ। खटिमाको न्योरियामा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। भारतीय प्रहरीका अनुसार मोटरसाइकलमा सवार ५ जनाको घटनास्थलमै मृत्यु भएको छ। ५ मध्ये २ जना खटीमा इस्लामनगरका बासिन्दा हुन्। उनीहरुको मृत्युपछि गाउँमा शोकमा डुबेको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाकी छ।

Read More

अमर खत्री, दार्चुलाः दार्चुलामा युवतीमाथि बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्। हिजो जिल्लाको दुहुँ गाउँपालिका ४ चिनचिरीका ३६ वर्षीय इन्द्रबहादुर बम पक्राउ परेका हुन्। उनले गत शुक्रबार राती १९ वर्षीया युवतीमाथि घरमै गएर बलात्कार गरेको आरोपमा समातिएको दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी जगतगाहा मगरले बताए। उनका अनुसार बमलाई शनिबार पक्राउ गरिएको हो। उनीमाथि फागुन २६ गते राती घरमै गएर युवतीलाई बलात्कार गरेको आरोप लागेको छ। पक्राउ परेका बममाथि अहिले जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप गरी अनसन्धान भइहरेको प्रहरी निरीक्षक मगरले बताए। घरमा कोही नभएको मौकाछोपी बमले रातिको समयमा घरमै आएर जबरजस्ती करणी गरेको आरोप छ।…

Read More

जनक विष्ट, धनगढीः जोरायल गाउँपालिका–६ का गंगाराम जोशी अहिले ६० वर्षका भए। सशस्त्र युद्धको नेतृत्व गरेका पुष्पकमल दाहाल प्रचण्ड ७ दिनसम्म आफ्नै घरमा बास बसेको जोशीलाई हिजोजस्तै लाग्छ। ‘सुरुमा हामीलाई खाना चाख्न लगाइयो त्यसपछि त्यही खाना उहाँलाई दिएपछि मिठो मानेर खानुभयो’, १६ वर्षअघि प्रचण्डले आफ्नो घरमा खाना खाएको गंगारामले सम्झिए। ०६३ साल असारतिरको कुरा हो, जनआन्दोलन सफल भएपछि खुला राजनीतिमा आउने तयारीमा रहेको माओवादीले डोटीको बिपीनगरमा प्रशिक्षण राखेको थियो। कुनै बेला माओवादीको आधार इलाका रहेको बिपीनगरमा माओवादीका केन्द्रीय स्तरका नेताहरु आउने कुरा थियो। पार्टी अध्यक्ष प्रचण्डसहितका नेताहरु आउने भनेपछि माओवादीहरु बिपीनगरमा केन्द्रित भएका थिए। माओवादी कार्यकर्ता मात्र नभएर प्रचण्डलाई हेर्न…

Read More

धनगढीः पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन। कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन्। अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ। भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको रोजाइमा यहाँका पर्यटकीयस्थल भने पर्न सकेका छैनन्। सुदूरपश्चिम भएर काठमाडौँ, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत अन्य ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको हो। तेस्रो मुलुकबाट आउने पर्यटकको सङ्ख्यामा कमी आए पनि भारतीय पर्यटक भने महिनामा करिब तीन सयरचार सयको हाराहारीमा आउने गरेको अध्यागमन कार्यालयले जनाएको…

Read More

धनगढीः कैलालीको भजनी–५ लालबोझी कर्मदेवका जोगी चौधरी सदरमुकाम आउजाउका लागि कान्द्रा नदीमा काठेपुलबाट वारिपारि गर्छन्। स्थानीय सरकारलाई दिनको कम्तीमा ५० रुपैयाँ तिर्नुपर्छ। भजनी नगरपालिकाबाट बर्खामा डुंगा र हिउँदमा काठेपुल सञ्चालनको ठेक्का स्थानीय भीम विकले पाएका छन्। काठेपुलमा वारिपारि गर्नेलाई उनी प्रतिव्यक्ति १० रुपैयाँ र साइकल, मोटरसाइलसहितको ३० रुपैयाँ लिन्छन्। भजनी नगरपालिका क्षेत्र नागबेली जस्तै बगेको कान्द्रा नतरेर लालबोझीका बासिन्दा भजनी बजार आउजाउ गर्न सक्दैनन्। लालबोझीका बासिन्दाका लागि नगरपालिकाको केन्द्र भजनी दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार पनि हो। लालबोझीका माध्यमिक तह र क्याम्पस पढ्ने विद्यार्थीले पनि बर्खामा डुंगा र हिउँदमा काठेपुलको प्रयोग गर्नुपर्छ। लालबोझीका बासिन्दाले महिनामा कम्तीमा १ हजारदेखि १५…

Read More

कञ्चनपुरः परशुराम नगरपालिका–४ कटालस्थित भागेश्वर माध्यमिक विद्यालयको आयोजनामा भइरहेको अध्यक्ष कप खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगितामा शुक्लाफाँटा नगरपालिकाले विजयी सुरुवात गरेको छ। आइतबार भएको महिलातर्फको भलिबल प्रतियोगितामा शुक्लाफाँटाले बैतडी र आयोजक भागेश्वरलाई हराउँदै विजयी सुरुवात गरेको हो। लीग चरणको खेलमा शुक्लाफाँटाले बैतडीलाई २–१ र आयोजक भागेश्वरलाई पनि २–१ को सेटमा हराएको थियो। शुक्लाफाँटाको टीमले आज प्रहार अत्मरक्षा र त्रिबेणी बहुमुखी क्याम्पसको टोलीसँग खेल्नेछ। भलिबल प्रतियोगितामा महिलातर्फ ९ टीमको सहभागिता छ। महिला भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार १ सय ११, द्धितियले २५ हजार १ सय ११ र तृतिय हुने टीमले १३ हजार १ सय ११ रुपैयाँसहित ट्रफि, मेडल…

Read More