Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा आगलागी भएको छ। आज करीव ८: १५ मा धनगढी उप-महानगरपालिका ३ शिबपुरीधाम बोराडाडीको शिबपुरी सामुदायिक वनमा आगलागी भएको हो। उक्त वनमा लागेको आगाे केहीबेरमा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी कुलदिप चन्दले बताए।

Read More

धनगढी : डोटीको केदारेश्वर उच्च माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णबहादुर बोहरा भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।  विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा शालिग्राम कोइरालाको इजलासले बोहरालाई दोषी ठहर गर्दै जरिवाना हुने सजाय सुनाएको हो। विशेषका प्रवक्ता दीपेन्द्रनाथ योगीका अनुसार बोहरालाई चार लाख एक हजार रुपैयाँ रुपैयाँ बिगोबमोजिम जरिवाना हुने फैसला भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोहरामाथि ५ फागुन ०७६ मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। उनले विद्यालयको रकम हिनामिना गरेको अभियोग लागेकोमा उक्त दाबी पुष्टि भएको हो। बोहराले जिल्ला शिक्षा कार्यालय डोटीबाट निकासा भएको ४१ लाख ५४ हजार रुपैयाँमध्ये सात लाख २९ हजार रुपैयाँ हिनामिना गरेको…

Read More

धनगढी : धनगढीमा नगद रकमसहित ४ जना जुवाडे समातिएका छन्। आज (आइतवार) जिल्ला प्रहरी धनगढी उप-महानगरपालिका-३ बोराडाडीस्थित विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलको पछाडी कोठाबाट उनीहरु समातिएका हुन्। प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र एक गड्डी ताससहित उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका ११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी १ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका ५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कपिलवस्तुदेखि कञ्चनपुरसम्मका पश्चिम तराईका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन्। आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन्। नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिवार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको छ। सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पु¥याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ। फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो। संस्थाका कोर्ष…

Read More

धनगढी: बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि शुक्रवार कार्यकक्षमै हातपात भयो। पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले मदिरा सेवन गरेर कार्यकक्षमै प्रवेश गरेर भट्टमाथि दुर्ववहार गरेका हुन्। अहिले ती चन्दलाई प्रहरीले पक्राउ समेत गरिसकेको छ। आफूमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले नियन्त्रणमा लिएको जानकारी दिए। यस्तै उनले घटनाबारे थप अनुसन्धान भैरहेको र कारवाही प्रक्रिया अघि बढाउने बताए। ती चन्दले पालिकामा विद्युत विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुव्र्यवहार गरेकाले अभद्र व्यवहार शिर्षकमा…

Read More

धनगढीः नेपाल खेलकुद महासंघको केन्द्रीय सचिवमा नेकपा एमालेका नेता विष्णु चन्द चयन भएका छन्। फागुनमा विराटनगरमा सम्पन्न दोस्रो महाधिवेशनबाट खेलकुद महासंघको केन्द्रीय सचिवमा चयन भएका चन्दले शुक्रबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। खेलकुद महासंघका संस्थापक सदस्य समेत रहेका चन्द एमाले कैलालीका जिल्ला सचिवालय सदस्य हुन्। उनी खेलकुद महासंघमा यसअघि स्थायी कमिटि सदस्य थिए। महासंघ नेकपा एमालेको जनवर्गीय संगठन हो।

Read More

धनगढीः बैतडीको पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। पञ्चेश्वर गाउँपालिका–३ का दीपकबहादुर चन्दले मदिरा सेवन गरेर शुक्रबार कार्यकक्षमै प्रवेश गरेर आफूमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले चन्दलाई शनिबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लागि नियन्त्रणमा लिएको जानकारी दिए। ‘उपाध्यक्ष ज्यूले मदिरा सेवन गरेर चन्द आफ्नो कार्यकक्षमा प्रवेश गर्दै आफूमाथि हातपात र दुव्र्यवहार गरेको भन्दै निवेदन दिएपछि उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको छ,’ जोशीले भने, ‘घटनाबारे थप अनुसन्धान गरेर कारवाही प्रक्रिया अघि बढाउछौँ।’…

Read More

धनगढीः महिला पुनःस्थापना केन्द्र (ओरेक नेपाल) कैलाली शाखाको अफिसमा तोडफोड भएको छ। ओरेक नेपाल कैलालीले विगत लामो समयदेखि हिंसाबाट प्रभावितहरुलाई सुरक्षित अवासको सेवा उपलब्ध गराउँदै आईरहेको छ। गोदाबरी नगरपालिका ५ गेटाका २५ वर्षीय टीकाराम भण्डारीको श्रीमति घरेलु हिंसाबाट प्रभावित भएर ओरेक नेपालको सुरक्षित अवासगृहमा बस्दै आएकी थिईन्। भण्डारीले शुक्रबार अफिसमै गएर आफ्नो श्रीमतिलाई लिन आएको भन्दै अभद्र व्यवहार गर्न थालेपछि संयोजक विणु रानाले सम्झाई बुझाई अफिस भन्दा बाहिर पठाएको रानाले जानकारी दिईन्। उनका अनुसार भण्डारीलाई बाहिर पठाएर आफू कर्मचारीलाई लिएर अफिस भित्र ढोका लगाएर बसेको र बाहिरबाट भण्डारी ढुंगा हानेर तोडफोड गरेको हो। अफिसको झ्यालमा लगाइएको सिसा तोडफोड भएको रानाले…

Read More

धनगढीः काठमाडौंमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएर भारतीय सदगुरु बैंगलोर प्रस्थान गरेका छन्। सद्गुरु जगदिश वासुदेवसहित सात जनाको टोली यति एअरलाइन्सको चार्टर उडानमा दिउँसो पौने ४ बजे काठमाडौंबाट बैंगलोर गएको छ। आजै विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय निर्देशक नयाँ दिल्लीबाट काठमाडौं आइपुगेकी छन्। डा पुनम खेत्रापाल सिंह भिस्तारा एअरलाइन्सको नियमित उडानमा आएकी हुन्। डा पुनमसँगै कपिल सवरवाल,उनकी श्रीमती र छोरी पनि सोही उडानबाट काठमाडौं आएका छन्।

Read More

धनगढीः नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आसन्न स्ववियु चुनावका लागि कैलाली बहुमुखी क्याम्पसमा संगठन दर्ता गरेको छ। अनेरास्ववियुका कैलाली बहुमुखी क्याम्पस इकाइ अध्यक्ष यमराज जोशीले शुक्रबार बिहान स्ववियु निर्वाचन समितिको कार्यालयमा संगठन दर्ता गराएको जानकारी दिए। प्रत्यक्ष र समानुपातिक दुबैतर्फको निर्वाचनमा सहभागी हुने प्रयोजनका लागि संगठन दर्ता गरिएको उनले बताए। चैत ८ गते हुने स्ववियु निर्वाचनका लागि सुदूरपश्चिम विश्वविद्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ। विश्वविद्यालयको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार फागुन २६ मा संघ संगठन दर्ता, २८ गते मतदाता सूची प्रकाशन र दाबी विरोधको मिति तोकेको छ।…

Read More