धनगढी : धनगढीमा नगद रकमसहित ४ जना जुवाडे समातिएका छन्। आज (आइतवार) जिल्ला प्रहरी धनगढी उप-महानगरपालिका-३ बोराडाडीस्थित विरेन्द्र चन्दले संचालन गरेको चन्द फास्टफुड होटलको पछाडी कोठाबाट उनीहरु समातिएका हुन्।
प्रहरीका अनुसार जुवातास खेलिरहेको अवस्थामा एक लाख चार हजार नगद र एक गड्डी ताससहित उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बझाङ जयपृथ्वी नगरपालिका ११ बस्ने ३६ वर्षीय शेरबहादुर थापा, धनगढी १ बस्ने ४० वर्षीय धन बहादुर खड्का, दोगडाकेदार गाउँपालिका ५ का (होटल संचालक) ३० वर्षीय विरेन्द्र चन्द र सोही ठाउँका २९ वर्षीय खडग बहादुर महरा रहेका छन्। उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box