Author: महेन्द्रनगर पोष्ट

बैतडी: बैतडीमा चरेशसहित एक जना पक्राउ परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका ७ खोचलेकस्थित दोगडा भूमिराज किराना पसलका सञ्चालक ५० वर्षीय बिरसिंह कार्कीलाई एकसय ग्राम चरेशसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताएका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई आइतबार पक्राउ गरेको जनाएको छ। उनीमाथि लागु औषध मुद्दामा अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर एक आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका कञ्चनपुरकै बेदकोट नगरपालिका ९ दैजीका २७ वर्षीय सुकराम रानाको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। चानदेउबाट बेलौरीतर्फ जाँदै गरेको से ७ प ५३८४ नम्बरको मोटरसाइकल र नम्बर नखुलेको ट्याक्टर आइतवार बेलुकी साढे ७ बजे आपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटना पछि फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले बताएको छ।

Read More

बैतडीः बैतडीमा जीप दुर्घटना भएको छ। दशरथचन्द नगरपालिका–५ को कार्यालय पल्लाचौंडाली नजिकै कच्ची सडकमा से १ ज ३३१ नम्बरको जीप सोमबार बिहान ११ बजे दुर्घटनामा भएको दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजबहादुर बिष्टले बताए। गोठलापानीबाट पल्लाचौंडालीमा यात्रु पु¥याएर गोठलापानी फर्कदै गरेको जीप दुर्घटनामा भएको हो। जीप सडकबाट २० मिटर तल खसेको भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। जीपमा चालकमात्रै रहेको बताइएको छ।

Read More

बैतडीः दशरथचन्द नगरपालिकामा सोमबार सार्वजनिक बिदा दिइएको छ। शहीद दशरथ चन्दको शहादतको दिन माघ १६ गते जन्मनगरमा सार्वजनिक बिदा दिइएको हो। शहीद दिवसको अवसरमा आज नगर क्षेत्रभित्रका सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायत बन्द रहने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विक्रम चन्दले जानकारी दिए। दशरथ चन्दको जन्मभूमि बैतडीमा विविध कार्यक्रम गरी साथ शहीद दिवस मनाइँदैछ। शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानले प्रभातफेरी आयोजना गरेको छ। साथै शहीद चन्दको जन्मघर बस्कोटमा कार्यक्रम गरेर स्मृति दिवस मनाइने प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले जानकारी दिए। नगरपालिकाले नगरस्तरीय महिला क्रिकेट प्रतियोगिता पनि आयोजना गरेको छ।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न सकेमा शहीदप्रती सच्चा श्रद्धाञ्जली हुने बताएका छन्। शहीद दिवसको अवसरमा सोमबार सन्देश जारी गर्दै मुख्यमन्त्री रावलले राष्ट्र निर्माणका क्रममा ज्यानको आहुती दिने ज्ञात अज्ञात शहीदप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका सपना पूरा गर्न एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गरेका छन्। ‘महान् शहीदहरुको त्यागद्धारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्धारा समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रतिको सच्चा श्रद्धाञ्जली हुने विश्वास लिएको छु,’ रावलले जारी गरेको सन्देशमा भनिएको छ। उनले शहीदहरुको बलिदानीलाई उच्च मूल्याङ्कन गर्दै सामाजिक न्यायसहितको समतामूलक र सभ्य…

Read More

धनगढीः बाजुरा लगायत कर्णाली प्रदेशका हिमाली जिल्लाका नागरिकहरू ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि रातभर जाग्राम बसेका छन्। हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि नागरिकहरू रातभर सडकमै आगो बालेर बसेका हुन्। हुम्ला, जुम्ला, मुगु, बाजुरा लगायतका जिल्लाहरुमा भूकम्प आउने त्रास फैलिएपछि नागरिकहरू रातभर सडकमै बसेका हुन्। हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ। पछिल्लो समय कर्णाली र सुदूरपश्चिका जिल्लामा लगातार भूकम्पले धक्का दिइरहेको छ। अघिल्लो साता बाजुरामा गएको भूकम्पका कारण ४२ घरपरिवार विस्थापित भएका थिए भने ४ सय घरमा क्षति पुगेको थियो। गत मंगलबार दिउँसो बाजुरा बिछ्या केन्द्रबिन्दु बनाएर ५।९ रेक्टर स्केलको भूकम्प गएको थियो।

Read More

धनगढीः महेन्द्रनगरको भीमदत्त नगरपालिका–६ स्थित एक कवाड संकलन केन्द्रमा भएको बिस्फोटमा घाइते भएका भारतीय नागरिकलाई बरेली रिफर गरिएको छ। हिजो साँझ सिलिण्डर जस्तो देखिने बस्तु विष्फोट हुँदा दुई जना घाइते भएका थिए। घाइतेमध्ये बरेलीका दन्ते अन्सारीलाई रिफर गरिएको प्रहरीले जनाएको छ।अन्सारीसँगै सामान्य घाइते भएका पिलिभितका नितेश कुमार उपचारपश्चात घर फर्किएका छन्। गम्भीर घाइते अन्सारीको अनुहारमा चोट लागेको छ। आगो तापि रहेका बेला पड्किएको सिलिण्डर जस्तो देखिने वस्तुका टुक्राले उनको अनुहारमा चोट लागेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको आर्थिक समृद्धिसँग जोडिएको धनगढीको मोहना पुल (अत्तरिया ६ लेन सडकखण्ड निर्माण नसकिंदै भासिन थालेपछि दुर्घटनाको जोखिम बढेको छ । कुल १४ किलोमिटर १९७ मिटर लम्बाइ रहेको मोहना पुल–अत्तरिया ६ लेन सडक ठाउँ–ठाउँमा भासिएका कारण दुर्घटनाको जोखिम बढेको हो तर सडक मर्मत सम्भारमा भने कुनै निकायले चासो लिएको देखिंदैन । खासगरी ६ लेन सडक कालोपत्रेको काम सम्पन्न भएपनि अन्य संरचनाको निर्माण नसकिएका बेला योजना कार्यालय भंग भएपछि मर्मत सम्भारको काममा अन्योलता थपिएको थियो तर सरकारले अहिले महाकाली पुल योजना कार्यालयले हेर्नेगरी जिम्मा दिएको छ । महाकाली पुल योजना, फिल्ड कार्यालय धनगढीका इन्जिनियर सन्तोष चन्दले दोस्रो प्याकेज अन्तर्गत लुम्बिनी–राजेन्द्र…

Read More

धनगढीः कैलालीमा एक जना मृत फेला परेका छन्। आइतवार दिउँसो बर्दगोरिया गाउँपालिका–२ स्थित साहारा घरमा बस्दै आएका पुरुष मृत भेटिएका हुन्। नाम, थर र ठेगाना खुल्न नसकेका अन्दाजी ३० वर्षीय पुरुष मृत फेला परेको सहारा घरका सञ्चालक बर्गगोरिया गाउँपालिका–२ का बलबहादुर विष्टले प्रहरीलाई खबर गरेका थिए। जानकारी प्राप्त लगत्तै प्रहरी निरिक्षक बिक्रम शाहीको नेतृत्वमा चार जना प्रहरी टोली सो स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ।

Read More

धनगढीः भीमदत्त नगरपालिकास्थित महाकाली नदीमा बनेको चार लेनको पक्की पुलले सुदूरपश्चिम विकासको ढोका खुल्ने आशा जगाएको छ। पुलसँगै दोधारा चाँदनीमा प्रस्तावित सुख्खा बन्दरगाह र महाकाली नदीको किनारै किनार निर्माणाधीन रहेको दार्चुलाको तिंकर भञ्जाङ जोडने महाकाली करिडोर निर्माण सम्पन्न भए सुदूरपश्चिमको विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ। यो नाका सञ्चालनमा आएपछि भारतका औद्योगिक सहरसम्म सहज पहुँच हुनेछ। सरकारले नेपालकै भूमिमा पर्ने गरी महाकालीमा चार लेनको पुल निर्माण सम्पन्न गरिसकेको छ। तीन अर्बको लगानीमा बनेको यो पुलसँगैको पहुँच मार्ग र पर्यटकका लागि चार वटा मानव निर्मित ताल निर्माणाधीन अवस्थामा छन्। कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर–१२ ओदाली र पारि दोधाराचाँदनी नगरपालिकामा चार…

Read More