Author: महेन्द्रनगर पोष्ट

दार्चुला – दार्चुला जिल्लाको महाकाली नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि प्रस्ताव पेस गर्नआग्रह गरेको छ । चालु आर्थिक वर्ष २०७९÷२०८० का लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालयको भौतिक सुविधा विस्तार लगायत कार्यक्रममा सहभागिताका लागि प्रस्ताव पेस गर्न आह्वान गरेको हो । नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै तोकिएका प्राथमिकताका क्षेत्र र सर्तभित्र रहेर विद्यालयले यही साउन २९ गतेभित्र पालिकामा प्रस्ताव पेस गर्न आह्वान गरेको हो । विगतमा राष्ट्रपति शैक्षिक कार्यक्रम कार्यान्वयन फितलो भएपछि यसवर्ष छिट्टै कार्यान्वयनको प्रक्रिया सुरु गरेको नगरपालिकाले जनाएको छ ।राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम विगत चार वर्षदेखि जारी छ । विद्यालय भवन निर्माण तथा प्रयोगशालालाई मुख्य…

Read More

पोखरा – पोखरा महानगर वडा नम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । आइतबार साँझदेखि निरन्तर भइरहेको भारी वर्षाका कारण १०० भन्दा बढी घर डुबानमा परेको छ । डुबानमा मानवीय क्षति केह िनभएपनि स्थानीयका घरहरु भने डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए । उनले आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको बताए । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो । पानी तर्काउने काम भइरहे पनि निरन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ ।

Read More

काठमाडाैं – नेकपा एमालेले आज काठमाडौँ उपत्यकामा प्रदर्शन गर्ने भएको छ। सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै एमालेले दिउँसो २ बजे काठमाडौँको वसन्तपुरमा प्रदर्शन गर्न लागेको हो। यसअघि पार्टीका महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले महंगीविरूद्ध जनप्रदर्शन गर्ने निर्णय गरेको थियो। प्रदर्शनमा पार्टीका उपत्यकाका तीनै जिल्ला कमिटी, जनसंगठन परिचालन हुने भएका छन्। गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको एमालेको आरोप छ।

Read More

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो। उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ। अदालतले मुद्दा हात…

Read More

काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने एक मन्त्रीले जानकारी दिए । आजको बैठकबाट आमनिर्वाचनको मिति तोकिन सक्ने आङ्कलन गरिएको छ । निर्वाचन आयोगले यसअघि नै सरकारलाई निर्वाचनको मिति प्रस्ताव गरिसकेको छ। निर्वाचन आयोगले आउँदो मंसिर २ गते गर्ने गरी प्रदेश र प्रतिनिधिसभाको मिति प्रस्ताव गरेको छ । त्यसमा अध्ययन गरी सरकारले निर्णय गर्नेछ ।

Read More

काठमाडौं – अमेरिकी राज्य साझेदारी कार्यक्रम स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) बारे संसदीय समितिमा छलफल हुने भएको छ। राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिमा एसपीपीबारे छलफल हुन लागेको हो। बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बोलाइएको हो। एसपीपी सम्झौतामाथि विवाद भएपछि नेपाल सरकारले अमेरिकालाई पत्र पठाउने निर्णय गरिसकेको छ। आज बस्ने समितिको बैठकमा त्यसबारे छलफल हुने सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन्। गत १३ साउनमा बसेको प्रतिनिधिसभा बैठकमा परराष्ट्रमन्त्री डा. नारायण खड्काले एसपीपीमा सहभागी नहुने पत्र अमेरिकालाई लेखिसकेको दाबी गरेका थिए। त्यसअघि अमेरिकालाई पत्राचार नगरेको चन्दै चर्को आलोचना भएको थियो।

Read More

दार्चुला – जिल्लामा पुनः कोरोना सङ्क्रमणदर वृद्धि हुन थालेको छ । केहीसमय यता जिल्लामा कोरोना संक्रमणदर बढन थालेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । भारतमा कोरोना संक्रमणदर दिनानुदिन बढिरहेकाले सीमा जोडिएको दार्चुला जिल्लामा समेत संक्रमणदर बढ्दै गएको स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले जानकारी दिनु भयो । कोरोना संक्रमणदर बढ्दै गएपछि सीमा क्षेत्रमा कडाइ गर्न थालिएको छ । जिल्लामा भारतसंग सीमा जोडिएका नाकामा कोरोना परीक्षणदरमा बृद्धि गरिएको पुलघाटका स्वास्थ्यकर्मी रविन्द्र सिह ठगुन्नाले बताउनु भयो ।भारतबाट नेपाल फर्कने नागरिकको कोरोना परीक्षण भइरहेको उनले बताए । साउन पहिलो साता सम्म कोरोनाका संक्रमित शून्य रहेको दार्चुलामा अहिले २ जनामा संक्रमण पुष्टि भइसकेको…

Read More

काठमाडौं – नवनियुक्त अर्थमन्त्री जर्नादन शर्माद्धारा पदभार ग्रहण गरेका छन् ।आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थमन्त्री शर्मालाई शपथ गराएकी हुन् । बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए । तर संसदीय समितिले उनीमाथि लागेको आरोप पुष्टि गर्न सकेन भने प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर‍याएका हुन् ।

Read More

सुर्खेत – कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेको निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो । बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।

Read More

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान खोटाङमा गएको भूकम्पबारे सम्बन्धित जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायका प्रमुखसँग जानकारी लिनुभएको छ । गृहमन्त्री खाँणले आज बिहान गएको ६ रेक्टर स्केलको भूकम्पबारे खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रदेश १ का प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुदीप गिरी र सशस्त्र प्रहरी बलका प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कमल गिरीलाई टेलिफोन गरी भूकम्पको क्षति र गर्नुपर्ने उद्धारबारे जानकारी लिनुभएको हो । उहाँले प्रभावित भएका भए उचित व्यवस्थापन गर्न तथा जिल्ला र प्रदेशको स्रोतसाधनले नपुगेमा केन्द्रमा जानकारी गराउन निर्देशन दिनुभएको छ । खोटाङका प्रमुख जिल्ला अधिकारी सेढाईंका…

Read More