Author: महेन्द्रनगर पोष्ट

धनगढी : नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्ष तथा वरिष्ठ पत्रकार कर्णदेव भट्टको निधन भएको छ । महेन्द्रनगर कञ्चनपुर निवासी भट्टको सोमबार निधन भएको हो । सुदूरपश्चिमको पत्रकारिताको विकासमा कर्णदेव भट्टको योगदान अविस्मरणीय रहेको छ। उनी सुप प्रदेशकै जेठो पत्रिका “फारवेष्ट टाईम्स” का प्रकाशक तथा सम्पादक थिए। भट्टको नेतृत्वमा फारवेष्ट टाईम्सले क्षेत्रीय पत्रकारितामा महत्वपूर्ण भूमिका खेलेको थियो। नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय उपाध्यक्षको रूपमा भट्टले देशभरका पत्रकारहरूको हक हितको लागि उल्लेखनीय काम गरेका थिए। उनले आफ्नो जीवन पत्रकारिता तथा समाजसेवामा समर्पित गरेका थिए। उनको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको छ। यस दुःखद घडीमा शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै…

Read More

काठमाडौं : नेपाल प्रहरी अधिकारीले अनुचित लेनदेन (मिटरब्याज) सँग सम्बन्धित सबै उजुरी लिन नसकिएको स्पष्ट पारेका छन् । गृह मन्त्रालयका अधिकारी, मिटरब्याज सम्बन्धी छानबिन आयोगका पदाधिकारी र उच्च प्रहरी अधिकृतबीच आज भएको छलफलमा उनीहरूले हदम्यादको अन्योल र अदालतबाट जारी निषेधाज्ञाका कारण मिटरब्याजसँग सम्बन्धित सबै उजुरी लिन नसकिएको स्पष्ट पारेका हुन् । आयोग बनेपछि पनि अनुचित लेनदेन सम्बन्धी सुनुवाइ तीब्र नभएको गुनासो बढेपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसहितको छलफलमा प्रहरीसम्म पुगेका निवेदनको किसिम, त्यस उपर कारवाहीका लागि भएको कानुनी अड्चन र सम्बोधनका उपायबारे परामर्श भएको थियो । आयोगका पदाधिकारीले प्रहरी प्रशासनले निवेदन लिन नमानेको गुनासो आइरहेकाप्रति गृह मन्त्रालयको ध्यानाकर्षण गराएका थिए…

Read More

धनगढी : बैतडीमा शिक्षकले नाबालिकामाथि जबरजस्तीकरणी गरेको घटनामा पीडितका परिवारले १५ लाखमा मिलापत्र गराएको तर पैँसा नपाएपछि प्रहरीमा किटानी जाहेरी दिएको घटना सार्वजनिक भएको छ । पाटन नगरपालिकाको एक विद्यालयकी १३ वर्षीया नाबालिकामाथि सोही विद्यालयका शिक्षक २८ वर्षीय शिक्षक लक्ष्मीकान्त पनेरुले गत १२ चैतको राति आफ्नै कोठामा बोलाएर जबरजस्ती गरेको घर परिवारले थाहा पाएका थिए । त्यसपछि शिक्षक नाबालिकाका परिवारलाई १५ लाख दिन तयार भएपछि कहीकतै उजुरी नगर्ने सहमती भएको खुलेको छ । शिक्षक र नाबालिकाका परिवारबीच उमेर २० वर्ष पुगेपछि विावह गर्ने, त्यो बेलासम्म पालन पोषण गर्ने र तत्काल घरपरिवारलाई १५ लाख रुपैयाँ दिने सहमती भएको थियो । उक्त…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी नाउपाको संसदीय दलको नेता हेरफेर भएको छ । केन्द्रीय अध्यक्ष समेत रहेकी रञ्जिता श्रेष्ठलाई दलको नेताबाट हटाउँदै बहुमत सांसदले गङ्गा चौधरीलाई दलको नेता चयन गरेका छन्। चौधरी यसअघि प्रमुख सचेतक थिए । प्रमुख सचेतक रहेका चौधरीलाई दलको नेता चयन गर्दै प्रमुख सचेतकको जिम्मेवारी लालवीर चौधरीलाई दिने निर्णय भएको छ । लालवीर चौधरी रेशम चौधरीका बुवा हुन्। नाउपा केन्द्रमा चार सांसद छन्। ती मध्ये तीन जनाले उक्त निर्णयमा हस्ताक्षर गरेका छन्। गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले नाउपा संसदीय दलको नेताबाट रञ्जिता श्रेष्ठलाई हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिने निर्णयमा हस्ताक्षर गरेका छन् भने रञ्जिता चौधरीको…

Read More

काठमाडौं : जनरल उपेन्द्र द्विवेदीले आइतबारदेखि भारतीय सेना प्रमुखको जिम्मेवारी सम्हालेका छन् । भारतीय सेना प्रमुख जनरल मनोज पांडेले आइतबार अवकाश पाएपछि द्विवेदीले उनको स्थान लिएका हुन् । अवकाश पाएका जनरल मनोज पांडेले ३० अप्रिल २०२२ बाट भारतीय सेनाको सर्वोच्च पद ‘चिफ अफ आर्मी स्टाफ’को जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Read More

धनगढी : नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारले मन्त्रालय विभाजन गरी दश वटा मन्त्रालय बनाउने निर्णयलाई निर्लज्जताको पराकाष्ठा भएको बताएको छ। प्रमुख सचेतक बिक्रम सिंह धामीले एक विज्ञप्ति जारी गर्दै आर्थिक वर्ष २०८१/०८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब) अनधिकृत रुपमा सार्वजनिक भएको घटनाको जवाफ नआउँदै सरकारले मन्त्रालय विभाजन गरेको घटना गलत भएको उल्लेख गरेको छ । प्रमुख सचेतक धामीले विज्ञप्ति जारी गर्दै भने, “प्रदेश सरकारले भागबन्डा मिलाउन र मन्त्रीहरुका जागिरका लागि गरेको मन्त्रालय विभाजनबाट प्रदेशको थला परेको आर्थिक अवस्था झन कमजोर हुने तिर रत्ती पनी ध्यान नपुर्याउनुले वर्तमान सरकार सुदूरपश्चिम प्रदेशका प्रती उदासीन, असहिष्णु र गैर…

Read More

धनगढीः कैलालीको धनगढीमा एक जना करेन्ट लागेर गम्भीर घाइते भएका छन्। धनगढी उपमहानगरपालिका–१ का २८ वर्षीय सुप्रिम राना करेन्ट लागेर घाइते भएका हुन्। उनलाई एलनचोकमा तारतान्ने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। रानाको धनगढी स्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था भने गम्भीर रहेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह अन्तर्गत इन्जिनियरिङ, केनाईन, हातहतियार र स्वास्थ्य उपसमूह तर्फका प्राविधिक प्रहरी सहायक निरीक्षक (असई) पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस परीक्षाको नतिजा प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति मार्फत प्रकाशन गरेको हो। सार्वजनिक नतिजाअनुसार उत्तीर्ण भएका उम्मेदवारहरूले आगामी मिति भित्र अन्तर्वार्ता, शारीरिक परीक्षण, र अन्य थप प्रक्रियाहरूमा सहभागी हुनुपर्नेछ। सम्बन्धित सबै उम्मेदवारलाई प्रहरी प्रधान कार्यालयको आधिकारिक वेबसाइटमा गई विस्तृत नतिजा हेर्न र थप प्रक्रिया सम्बन्धी जानकारी लिन सूचित गरिएको छ। प्राविधिक प्रहरी समूहको यो परीक्षा इन्जिनियरिङ, केनाईन, हातहतियार, र स्वास्थ्य उपसमूहका विभिन्न पदहरूमा दक्ष र योग्य जनशक्ति भर्ना गर्ने उद्देश्यले गरिएको थियो।…

Read More

काठमाडौं : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुनसहित भारतीय महिला पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बेथलेहम नाम गरेकी ३२ वर्षीया भारतीय महिला छिन् । विमानस्थलको आगमन टनेल गेटबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । उनीबाट बाला र औठी आकारको २२० ग्राम सुन बरामद भएको छ । भन्सार छलेर उनले सुन ल्याएको प्रहरीले जनाएको छ । उनी शनिबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी थिइन् । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताको प्रयास भइरहेको बताएका छन् । उनले एउटै मोर्चामा बसेर अहिले पनि काम गरिरहेकाले पार्टीको महाधिवेशनबाट एकताको ठोस प्रस्ताव पारित गर्न आग्रह गरेका छन् । ‘एकीकृत समाजवादी र मा‌ओवादीबीच एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरेका छौं,’ प्रधानमन्त्री दाहालले भने, ‘यस महाधिवशेनमा ठोस निर्णय गरोस् । जनताका आवश्यकतालाई सम्बोधन गरियोस् । कम्युनिस्ट आन्दोलनको एकताको पक्षमा निर्णय गर्नुहुन्छ भन्नेमा शुभकामना दिन चाहन्छु ।’ उनले माओवादीलाई अलिक नजिक भनेर नेकपा एसले दस्तावेजमा भनेको उल्लेख गरे । उनले नेकपा एसको दस्तावेजमा राजनीतिक शक्तिको मूल्यांकन गर्दा अस्थिर भएको भन्ने वाक्यांशबारे दाहालले चित्त दुखाए । ‘नेपाल…

Read More