Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुईदिने भ्रमणका लागि ३० फागुनमा आएर १ चैतमा उनी फर्कने भएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन् । नेपाल भ्रमणको अवसरमा दुईपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ ।…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजना टेन्डरका लागि तयार रहन निर्माण व्यवसायीहरुलाई आग्रह गरेका छन् । अमेरिकी आर्थिक सहयोग तथा परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसदबाट पास भई कार्यान्वयनको चरणमा गइसकेको अवस्थामा अब छिट्टै अन्तर्राष्ट्रिय स्तरमा सार्वजनिक टेन्डर हुने भन्दै यसका लागि नेपालका निर्माण व्यवसायीहरु पनि तयार रहन प्रधानमन्त्री देउवाले आग्रह गरेका हु्न् । देउवाले भने, एमसीसीको विषयमा के हुन्छ भनेर प्रश्नहरु गरिएका छन्, नेपाली निर्माण व्यवसायीहरुले पाउछन् कि पाउँदैनन् भनेर जिज्ञासाहरू राखिएका छन् । मैले यसमा उत्तर दिनुपर्छ । तर म अहिले यति भन्छु, एमसीसी नेपालले मात्र सञ्चालन गर्ने प्रोजेक्ट नभएर अमेरिकाले समेत सञ्चालन गर्ने हो ।…

Read More

काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन्। पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ। अमेरिकाबाटै इमेल आउँछ। केपी ओलीको सरकार ढाल्नु नै थियो। नढाली भएको थिएन, किन? न्यायाधीशको के बिगारिदिएको थियो त्यो सरकारले? वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो।’ संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए। ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर…

Read More

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिवन्धित भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राहदानी नम्बर एबी २८७६४६६ वाहक ३२ वर्षीया वानविसा जन्तासन र राहदानी वन्बर एबी २८७९४३० वाहक ४१ वर्षीया वारापोर्न खुनसोमबाट रहेका छन् । उनीहरुलाई विमानस्थलबाट बिहीबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुको साथबाट दुई हजार दरको चार थान र पाँच सय दरको ५७३ थान गरी कूल २ लाख ९४ हजार ५ सय भारतीय रुपैयाँ बरामद गरिएको छ । उनीहरु भिस्टार एयरलाइन्सको उडानद्वारा काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेको थिए । उनीहरुलाई एक्सरे मेसिनमा जाँच गर्ने क्रममा साथमा प्रतिबन्धित भारतीय रुपैयाँ फेला परेको थियो ।

Read More

काठमाडौँ – ललितपुर प्रहरीले एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–१७ का ३२ वर्षीय मुन्दिप भुजेल हरेका छन् । बैंकिङ कसुरमा उच्च अदालत पाटनबाट नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद तोकी फरार रहेका भुजेललाई प्रहरीले पक्राउ गरेको हो । हाल काठमाडौंको मनमैजुमा लुकिछिपी बस्दै आएका भुजेललाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका भुजेललाई फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । बैकिङ कसुरमा भुजेलविरुद्ध उच्च अदालत पाटनले १२ मंसिर ०७८ मा नौ लाख रुपैयाँ जरिवाना र चार दिन कैद सजायको फैसला गरेको थियो । फैसला गरेसँगै उनी फरार भएका…

Read More

रुपन्देही – आगामी ३० वैशाखमा हुने भनिएको स्थानीय तहको निर्वाचनको लागि रुपन्देहीमा ७०४ वटा मतदान केन्द्र निर्धारण भएको छ । मतदाताले आफूले चाहेका उम्मेदवारलाई सहजरुपमा मतदान गर्न जिल्ला निर्वाचन कार्यालयले २०८ मतदान स्थल तोकेको हो । ती मतदान स्थलमा गत चुनावभन्दा ९४ वटा मतदान केन्द्र थपिन लागिएको छ । २०७४ सालमा भएको चुनावमा जिल्लामा पाँच लाख ३७ हजार १२१ मतदाता रहेका थिए । यस आर्थिक वर्षदेखि २४ माघसम्म मात्र कार्यालयले ९९ हजार १४४ जनाले फोटोसहितको मतदाता नामावली संकलनको गरेको थियो । कार्यालयले मतदाता नामावली विशेष कार्यक्रमअन्तर्गत दुई चरणमा जिल्लाका १४ वटा पालिकाबाट ४० हजार १३८ जनाको फोटोसहितको मतदाता नामावली संकलन गरेको…

Read More

काठमाडौं – निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल सुरू भएको छ। स्थानीय तह निर्वाचन तयारीबारे आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् । पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट जनाएको छ । जनप्रतिनिधि पदमा बहाल रहँदा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा पनि निर्णय भइसकेको छैन । यी विषयमा समेत सर्वदलीय बैठकमा छलफल हुँदैछ ।

Read More

काठमाडौं – सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महंगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र मन्दीका कारण महंगी नियन्त्रण नेपालको हातमा मात्र नरहेको बताएकी हुन् । ‘आजको महंगी हाम्रो नियन्त्रणमा छैन । आज विश्व बजारमा आएको अर्थतन्त्रको मन्दीचैँ सायद रसिया–युक्रेनको युद्ध मात्र छैन । खाडी मुलुकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुनु र भारतीय मुद्राको अवमुल्यन हुनु र त्यसको प्रभावमा नेपालले डलरको मूल्य अत्यधिक तिर्नु पर्ने चापको कारणले महंगी बढेको हो,’ उनले भने । निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोध नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण…

Read More

काठमाडौं – पूर्वी रुकुमको एक ओडारभित्र लुकाई राखेको अवस्थामा बम फेला परेको छ । बिहीबार दिउँसो सिस्ने गाउँपालिका–२ को बुर्केसल्लास्थित ओडारमा गाई चराउन जानेहरूले बम जस्तो देखिने शंकास्पद वस्तु देखेपछि उनीहरुको वडाध्यक्ष जीवन केसीलाई खबर गरेका थिए। केसीले प्वाङ ईलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरीले करिब एक दर्जन थान सकेट बम भएको पुष्टि गरेको थियो । रोल्पा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दिपेन्द्र बानियाँले १० लिटरको कालो ड्रमभित्र सकेट बम फेला परेको जानकारी दिए । ड्रमभित्र एकिन भन्न त सकिन्न तर ६/७ वटा सकेट बम रहेको अनुमान छ, बानियाँले भने बाहिर भुईँमा दुई वटा भेटिएको छ ।’ शुक्रबार विहान…

Read More

काठमाडाैं –  तेस्रो मुलुकबाट अत्यधिक आयात गरी भारततर्फ तस्करी हुने केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग विभागको सिफारिसमा  औद्योगिक प्रयोगका लागि ल्याउन पाउने गरी सरकारले यी वस्तुको आयात खुला गरेको हो । बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ । सरकारले यी वस्तुको आयातमा २०७६ चैत १२ गतेदेखि रोक लगाएको थियो । पुनः २०७७ चैत ९ गते अर्को सूचना…

Read More