काठमाडौं – निर्वाचन आयोग र राजनीतिक दलहरूबीच छलफल सुरू भएको छ।
स्थानीय तह निर्वाचन तयारीबारे आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।
पछिल्लो समय आयोगले मतपत्रमा हरियो रंग प्रयोग गर्ने निर्णय गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आयोगसँग असन्तुष्ट जनाएको छ ।
जनप्रतिनिधि पदमा बहाल रहँदा उम्मेदवार बन्न पाउने कि नपाउने भन्ने विषयमा पनि निर्णय भइसकेको छैन । यी विषयमा समेत सर्वदलीय बैठकमा छलफल हुँदैछ ।
Facebook Comments Box