Author: महेन्द्रनगर पोष्ट

काठमाडाैं –  तेस्रो मुलुकबाट अत्यधिक आयात गरी भारततर्फ तस्करी हुने केराउ, सुपारी र मरीचको आयात खुला गरिएको छ । उद्योग विभागको सिफारिसमा  औद्योगिक प्रयोगका लागि ल्याउन पाउने गरी सरकारले यी वस्तुको आयात खुला गरेको हो । बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी सरकारले यी वस्तुको आयात खुला गरेको जनाएको हो । औद्योगिक प्रयोजनका लागि सम्बन्धित उद्योग आफैले केराउ, सुपारी र मरीचको आयात गर्न सक्ने व्यवस्था गरी उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुमति दिन स्वीकृति प्रदान गरिएको राजपत्रमा उल्लेख छ । सरकारले यी वस्तुको आयातमा २०७६ चैत १२ गतेदेखि रोक लगाएको थियो । पुनः २०७७ चैत ९ गते अर्को सूचना…

Read More

काठमाडौं – आज (शुक्रबार) सुनचाँदीको भाउ बढेको छ । बिहीबार १ लाख २ हजार रुपैयाँमा कारोबार भएको सुन आज शुक्रबार ६ सय रुपैयले बढेर एक लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Read More

काठमाडौं-उत्तर कोरियाले हालै मात्र नयाँ अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल (आईसीबीएम) परीक्षण गरेको अमेरिकाले बताएको छ। हालै मात्र उत्तर कोरियाले उक्त मिसाइल प्रक्षेपण गरेको र यसले गम्भीररुपमा तनाव बढाउन सक्ने अमेरिकाको दाबी छ।बिहीबार अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले उत्तर कोरियाको दुई परीक्षणमा एउटा आईसीबीएम हुन सक्ने बताएका हुन्। उत्तर कोरियाले फेब्रुअरी २६ र मार्च ४ मा जासुसी स्याटेलाइटका लागि रकेट प्रक्षेपण गरिएको बताएको थियो।यद्यपि अमेरिकाले यो प्रक्षेपण पूर्ण क्षमताको अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्नुपूर्वको तयारी मात्र रहेको बताएको हो। रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएअनुसार उत्तर कोरियाले ५५ सय किलोमिटरको क्षमता भएको आईसीबीएम परीक्षण गरेको हो। यो मिसाइलबाट उत्तर कोरियाले अमेरिकासम्म…

Read More

काठमाडौ-ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारमा आगलागी भएको छ । फुङलिङ नगरपालिका–४ मा आज बिहान आठ बजेतिर आगो लागेको हो । आगोले दुई वटा घरमा क्षति पुगेको र नियन्त्रणको प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले जानकारी दिए । नगरपालिकाको दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली आगो निभाउन खटिएको उनले बताए । ‘बिच बजारमा आगो लागेकाले थप क्षति नहोस् भनेर अन्य दमकल झिकाउने गरी तयारी भइरहेको छ,’ प्रजिअ पोखरेलले भने ।

Read More

कैलाली – अत्तरियाका युवा व्यवसायी बासु खडायतले गोदावरी धाममा रहेको शिव मन्दिरलाई रङ्गरोगन गरेका छन् । होटल चमेलिया प्लाजा तथा चमेलिया ट्रेड एण्ड सप्लायर्सका प्रवन्ध निर्देशक रहेका खडायतको आर्थिक सहयोगमा मन्दिरमा रङ्गरोगन गरिएको हो । समाज सेवामा युवा व्यवसायीले पनि अग्रसरता देखाउनु पर्छ भन्ने ठानेर निर्माणपछि रङ लगाउन बाँकी रहेको मन्दिरमा सुन्दरता थप्ने काम गरेको खडायतले बताए ।

Read More

कैलाली- कैलालीको चौकिडाडामा वादी बस्तीका घर जनाइएको प्रकरणमा मुछिएका सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले माफि मागेका छन। स्थानीयको चर्को बिरोध पछि प्रमुख कडालले इलाका प्रहरी कार्यालयमा सार्वजनिक रुपमा माफी मागेका हुन।उनले घरमा आगो लगाएको बिषयमा बुझ्न खोज्दा एक जना दलित अगुवालाई गालिगलौज समेत गरेका थिए। प्रमुख कडालले बुधबार साँझ दलित अगुवा बिक्रम विकले घटनाका बारेमा फोन मार्फत बुझ्न खोज्दा गालिगलौज गरेपछि घटना झन चर्किएको थियो। उनले आफूले आवेगमा आएर गल्ती गरेको स्विकार गरेका छन। फागुन २३ गते गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा रहेको बडिमालिका सामुदायिक वनमा अतिक्रमण गरेर बसेका बादी बस्तीलाई वन कार्यालयले हटाएको थियो।

Read More

दार्चुला-भारतको पिथौरागढ जिल्लाका चारवटा विधानसभा सिटहरु मध्ये दुईरदई वटा विधानसभा सिटमा भारतीय काङ्ग्रेस र भारतीय जनता पार्टी (भाजपा) ले जित हासिल गरेको छ। पिथौरागढ तथा धार्चुला विधानसभा सिटमा काङग्रेसले जित हासिल गरेको छ भने डिडिहाट तथा गंगोलिहाट विधानसभा क्षेत्रमा भाजपाले जित हासिल गरेको भारतीय पत्रिका हिन्दुस्तान दैनिकले समाचार लेखेको छ। काङ्ग्रेसका उम्मेदवार धार्चुलारमुनस्यारी विधानसभाबाट हरीश सिह धामी र पिथौरागढ विधानसभा क्षेत्रबाट मयुख महरले जित हासिल गरेका हुन भने भाजपाबाट डिडिहाट विधानसभामा विसनसिह चुफाल र गंगोलीहाट विधानसभामा फकिर राम टमटाले जित हासिल गरेका हुन्। धार्चुलाका विधायक हरिश सिह धामीले लगातार तेस्रो पटक र डिडिहाटका विधायक विसन सिह चुफालले छैटौँ पटक जित…

Read More

काठमाडौं-गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी कार्यकालको निर्वाचनका लागि आज शुक्रबार उम्मेदवारी दर्ताको अन्तिम दिन रहेको छ। निर्वाचन समितिका अनुसार मार्च २४ र २५ मा हुने निर्वाचनका लागि ४० जना बढी उम्मेदवारले मनोनयन दर्ता गराइसको छन्। निर्वाचन समितिका अनुसार बिहिबार बेलुकासम्म अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष डा. बद्री केसी (रुस) र रविना थापाले उम्मेदवारी दर्ता गराएका छन्। मनोनयन दर्ता आज साँझ ५ बजे सम्म जारी रहने छ। अध्यक्षका अर्का प्रत्यासी कुल आचार्य भने संघको १० औं महाधिवेशनमा छानिएका करिब ५ सय भन्दा बढी प्रतिनिधि खारेजीको माग गरेका छन्। बिहीबार अबेर सम्म उम्मेदवारी दर्ता गर्नेमा उपाध्यक्षको लागि अष्ट्रेलियाबाट धर्मराज अधिकारी, बेलायतबाट डा…

Read More

कञ्चनपुर-कञ्चनपुरको पुनर्वासमा रहेको प्यारातालमा नेपाली युवाहरूले डुङ्गा सञ्चालन गरेका छन्। बुधवार तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी नेपालको झण्डा फरफराउँदै स्थानीय पुनर्वास नगरपालिका(५ का युवा नेता राम रोकाया, पुनर्वास-८ का समाजसेवी युवा ज्ञान सिंह हमाल, समाजसेवी लक्ष्मण भुसाल र पुनर्वास(९, बिचफाँटाका बब्लु बस्नेतको व्यक्तिगत लगानीले सञ्चालनमा ल्याएका हुन् । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको युवा सङ्घ नेपाल पुनर्वासका अध्यक्ष राम रोकायाले जानकारी दिए। पुनर्वास नगरपालिका(९ बिचफाँटा स्थित उक्त प्राकृतिक ताल पटक(पटक भारतीय पक्षले ताल आफ्नो भन्दै विवाद गर्दै आएको छ।

Read More

भक्तपुर- मध्यपुरथिमि नगरपालिकाभित्रको कमेरोटारमा ‘कमेरोटार जग्गा एकीकरण आयोजना’ सुरु भएको २२ वर्षपछि आयोजनाभित्रका ११ मिटरको सडक कालोपत्र गर्ने कार्य सुरु भएको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले तत्कालीन समयमा दुई वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएर विसं २०५८/०५९ बाट सुरु गरेको आयोजनाको काम ढिलाइ गर्दै गएपछि जग्गाधनी र आयोजनाबीच निकै लामो विवाद रहँदै आएको थियो । आयोजनाले पटक–पटक म्याद थप गर्दै प्लट जग्गा बिक्री गर्दै आएको थियो । आफ्नो जग्गा सस्तो बिक्री गरिदिएको, उपभोक्ताको जग्गा बढी कट्टी गरेको, आयोजना ढिलाइ गरी खर्च बढाएको भन्दै आयोजना छिटो सम्पन्न गर्न उपभोक्ताले पटक–पटक दबाब दिँदै आए पनि आयोजनाले भने पटक–पटक म्याद थप्दै आएको थियो…

Read More