कैलाली- कैलालीको चौकिडाडामा वादी बस्तीका घर जनाइएको प्रकरणमा मुछिएका सव डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडालले माफि मागेका छन।
स्थानीयको चर्को बिरोध पछि प्रमुख कडालले इलाका प्रहरी कार्यालयमा सार्वजनिक रुपमा माफी मागेका हुन।उनले घरमा आगो लगाएको बिषयमा बुझ्न खोज्दा एक जना दलित अगुवालाई गालिगलौज समेत गरेका थिए।
प्रमुख कडालले बुधबार साँझ दलित अगुवा बिक्रम विकले घटनाका बारेमा फोन मार्फत बुझ्न खोज्दा गालिगलौज गरेपछि घटना झन चर्किएको थियो। उनले आफूले आवेगमा आएर गल्ती गरेको स्विकार गरेका छन।
फागुन २३ गते गोदावरी नगरपालिका – ३ चौकीडाँडाँमा रहेको बडिमालिका सामुदायिक वनमा अतिक्रमण गरेर बसेका बादी बस्तीलाई वन कार्यालयले हटाएको थियो।
Facebook Comments Box