धनगढी: प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन्।
विराटनगरमा यही चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन्। दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय उनी प्रेस चौतारीका केन्द्रीय सदस्य थिए।
सुदूरपश्चिमको इन्चार्ज भईसकेपछि अब प्रदेशमा छत्यालले चौतारीलाई सशक्त रूपमा अगाढी बढाउने विश्वास लिइएको छ।
२०५६ सालदेखी चौतारीमा आबद्ध छत्याल २०६८ सालमा चौतारीबाट टिकट पाएर सुदूरपश्चिमबाट पत्रकार महासङ्घको केन्द्रीय चुनावमा सदस्यमा निर्वाचित भएका थिए।
उनी चौतारीको दुई कार्यकाल केन्द्रीय सदस्य रहे। २०६४ सालमा पत्रकार महासङ्घ डोटी शाखाको अध्यक्षमा निर्वाचित भएका उनी नेपाल भारत पत्रकार संघका अध्यक्ष समेत हुन्।
Facebook Comments Box