कञ्चनपुर-कञ्चनपुरको पुनर्वासमा रहेको प्यारातालमा नेपाली युवाहरूले डुङ्गा सञ्चालन गरेका छन्।
बुधवार तालमा आफ्नै लगानीमा काठको डुङ्गा निर्माण गरी नेपालको झण्डा फरफराउँदै स्थानीय पुनर्वास नगरपालिका(५ का युवा नेता राम रोकाया, पुनर्वास-८ का समाजसेवी युवा ज्ञान सिंह हमाल, समाजसेवी लक्ष्मण भुसाल र पुनर्वास(९, बिचफाँटाका बब्लु बस्नेतको व्यक्तिगत लगानीले सञ्चालनमा ल्याएका हुन् ।
पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकहरूलाई प्यारातालमा अवलोकनका लागि आकर्षण गर्न डुङ्गा सञ्चालन गरेको युवा सङ्घ नेपाल पुनर्वासका अध्यक्ष राम रोकायाले जानकारी दिए।
पुनर्वास नगरपालिका(९ बिचफाँटा स्थित उक्त प्राकृतिक ताल पटक(पटक भारतीय पक्षले ताल आफ्नो भन्दै विवाद गर्दै आएको छ।
Facebook Comments Box