Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मागबमोजिम अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय समिति गठन हुने भएको छ । एमाले संसदीय दल र प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासहित अन्य दलहरू समेतको परामर्शपछि संसदीय छानबिन समिति गठन हुने भएको हो । समिति गठनमा सहमति भएपनि दलीय प्रतिनिधित्वबारे टुङ्गो लागि नसकेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संसदीय छानबिन समिति ६ सदस्यीय हुने बताइएको छ ।

Read More

काठमाडौं – न्युजिल्याण्ड पठाइदिने ६३ लाख ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । विभिन्न ९ जना व्यक्तिबाट न्यूजिल्यान्ड पठाईदिन्छु भनी नुवाकोट विदुर नगरपालिका वडा नं. ७ स्थायी घर भई हाल बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने २७ वर्षकी शोभा पौडेल पक्राउ परेकी हुन् । पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ । न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै उनले ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना…

Read More

काठमाडौं – प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिनिधिसभाको बैठक आज (बुधबार) ११ बजेका लागि बोलाइएकोमा १ बजेसम्म पनि बस्ने अवस्था नभएपछि सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको संसद सचिवालयका अधिकारीले जानकारी दिए । अर्थमन्त्री जनार्दन शर्माले बैठकमा आफ्ना कुरा राख्न खोजेपछि एमालेले अवरुद्ध गर्ने भनेको थियो । सोही कारण बैठक बस्न नसकेको हो । अहिले मन्त्रीहरू अर्थमन्त्री प्रकरणमा एमाले नेताहरूसँगको छलफलमा रहेका छन् ।

Read More

काठमाडौँ – नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । आज (बुधबार) बिहान बसेको पूर्वस्थायी कमिटीका नेताहरुको बैठकले प्रमुख प्रतिपक्षी दलसँग पनि छलफल गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

Read More

विराटनगर – प्रदेश १ सरकारले सवारी दुर्घटनाका कारण घाइते भएकाको उपचार खर्च व्यहोर्ने भएको छ । मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकले बीमा रकमभन्दा बढी हुने उपचार खर्च सरकारले दिने निर्णय गरेको हो । प्रदेश मातहतका सवारी दुर्घटनामा घाइतेको उपचारमा जटिलता आएपछि यस्तो निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले बताए । बीमा रकमभित्र उपचारमा समस्या नभएको तर त्योभन्दा बढी खर्च लाग्ने अवस्थामा सरकारले निर्णय गरेर उपचार खर्च बेहोर्ने व्यवस्था गरेको हो । बैठकले यसअघि गरेको प्रदेश यातायात व्यवस्था निर्देशनालय हटाउने निर्णय सच्याएको छ । प्रदेश यातायात व्यवस्था ऐनको प्रतिकुल हुनेगरी यसअघि मन्त्रिपरिषद् बैठकले निर्देशनालय हटाएको थियो

Read More

काठमाडौँ – डोटी जिल्लाका अधिकांश उम्मेदवारले हालसम्म पनि निर्वाचन खर्च विवरण बुझाएका छैनन् । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ (४) अनुसार निर्वाचन खर्चको विवरण दल, उम्मेदवार वा तिनका प्रतिनिधिले निर्वाचन परिणाम घोषणा भएको मितिले ३० दिनभित्र आयोगले तोकेको कार्यालयसमक्ष बुझाउनु पर्ने व्यवस्था छ । तर निर्वाचित जनप्रतिनिधिले समेत खर्च विवरण बुझाएको छैनन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा जिल्लामा कुल ३४३ पदका लागि १०५० जनाले प्रतिस्पर्धा गरेका थिए । ती उम्मेदवारमध्ये २५६ जनाले मात्रै खर्च विवरण पेस गरेको जिल्ला निर्वाचन कार्यालय डोटीका सूचना अधिकारी दलबहादुर मलासीले बताए । ‘ऐनले निर्वाचनको परिणाम घोषणा भएको मितिले…

Read More

बाजुरा – बाजुराको बुढीगंगा नगरपलिकामा भोलि बिहीबार हुने निर्वाचन हुने भएको छ । निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थामा कडाइ गरिएको जानकारी दिए । उनले १० वटा मतदानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षक(इन्स्पेक्टर)को नेतृत्वको टोली खटाइएको बताए । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट कर्मचारीहरू मतदान केन्द्रहरूमा पुगिसकेको पनि प्रजिअ अधिकारीले बताए । उनका अनुसार निर्वाचनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेकाले बिहीबार बिहान ७ बजेदेखि मतदान हुनेछ । मंगलबार सबै…

Read More

दार्चुला – वर्षातका कारण जिल्लामा बाढीपहिराको जोखिम बढने भन्दै यहाँका स्थानीय तहले मनसुनजन्य विपदका घटनाहरुबाट बच्न आग्रह गरेका छन । मुख्यतया जिल्लाको नौगाड गाउँपालिका तथा लेकम गाउँपालिकाले एक÷ एक सार्वजनिक सुचना जारी गदैँ आ आफना पालिकाबासीहरुमा मनसुनजन्य विपदबाट बच्न आग्रह गरेका छन । विपद्का कारण हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि यहाँका स्थानीय तहले पूर्वतयारी स्वरुप सार्वजनिक सुचना मार्फत सतर्कता अपनाउन आग्रह गरको हो । गत वर्षभन्दा यस वर्ष पानी धेरै आउने जल तथा मौसमविद्ले पूर्वानुमान गरेअनुसार जिल्लामा बाढी तथा पहिरो गई क्षति हुन सक्ने भएकाले मनसुनजन्य विपदका घटनाहरुबाट बच्न आग्रह गरिएको लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशीले जानकारी…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार रामेछापमा भएको बस दुर्घटनामा परी १३ जनाको निधन भएको खबरले आफूलाई मर्माहत बनाएको बताउनुभएको छ । आज एक वक्तव्य जारी गर्दै अध्यक्ष दाहालले उक्त दुर्घटनामा परी ज्यान गुमाउनुहुनेप्रति भावपूर्ण श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ । उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्नुभएको छ । रामेछापबाट काठमाडौँ आउँदै गरेको बस सुनापति गाउँपालिकास्थित पिपलडाँडामा दुर्घटना हुँदा नौ जनाको घटनास्थलमा र चार जनाको उपचारका क्रममा मृत्यु भएको थियो ।

Read More

बैतडी – भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका भरे बेलुका सम्मका लागि बन्द गरिएको छ । झुलाघाटमा रहेको झोलुङ्गे पुलमा मर्मत गर्न लागिएकाले हिजो बेलुका ६ बजेदेखि आज बेलुका ७ बजेसम्मका लागि नाका बन्द गरिएको हो । महाकाली नदीमाथिको यो पुलको भारततर्फको भाग मर्मत गर्नुपर्ने भएकाले आवागमन बन्द गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए । यसैबीच, दुवै देशका सुरक्षा निकायले पुलको अवलोकन तथा निरीक्षण गरेका छन् । वर्षौँ पुरानो झोलुङ्गे पुल बेला–बेला मर्मत गरिँदै आएको छ । झुलाघाटमा मोटरेबल पुलको आवश्यकता भए पनि अहिलेसम्म त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन । पक्की पुलको माग गर्दै बैतडीवासीले…

Read More