काठमाडौं: महानगरपालिकाका नगर प्रमुख (मेयर) बालेन्द्र शाहले विद्यालयमा राजनीति गर्नु अपराध भएको बताएका छन् । महानगरको शिक्षा शाखामा राजनीतिक दल निकट विद्यार्थी संगठनले लगाएको ताला तोडेर मेयर शाहले विद्यालयमा राजनीति गर्ने कुरा कल्पना पनि गर्न नसकिने जनाएका छन्। शाहले ताला तोडिएको भिडियो फेसबूकमा राख्दै लेखेका छन्, ‘विद्यालय पढ्ने ठाउँ हो । हामी विद्यालयमा राजनीति गर्ने कुरा कल्पनासम्म गर्न सक्दैनौं । त्यसमाथि पनि दलगत शैक्षिक संगठनको आडमा विद्यालयमा राजनीति गर्नु अपराध नै हो। यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले विद्यालयमा राजनीतिक गतिविधि बर्जित गरिएको सूचनाको विरोध गर्दै एक अमुक दलगत शैक्षिक संगठनले गरेको ताला लगाउने दुष्प्रयास यथाशीघ्र ताला फेरेर विफल पारेको छौं।’
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ: श्रीमतीको हत्यापछि फरार भएका आरोपीलाई केन्द्रीय अनुसन्धान ब्युरोले १८ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका–स्थित बुद्धनगर घर भएका खुमे दर्जी उर्फ गोपाल रहेको केन्द्रीय अनुसन्धान ब्युरोका सूचना अधिकारी (एसपी) सञ्जय सिंह थापाले जानकारी दिए। २०६१ मङ्सिरमा दर्जीले चिर्पट प्रहार गरेर ४० बर्सिया राधिका दर्जीको हत्या गरेका थिए । मादक पदार्थ सेवन गरेको विषयमा विवाद हुँदा हत्या भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ
बैतडी: जिल्ला प्रशासन कार्यालय बैतडीले सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। प्रशासन कार्यालयले शनिबारबाहेकको सार्वजनिक बिदाका दिन नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा दिने जनाएको छ। नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने विशेष व्यवस्था गरेअनुरूप जिल्ला प्रशासन कार्यालयले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। २०८० मा शनिबारबाहेक विभिन्न चाडपर्व, दिवस र जन्मजयन्ती गरी ३५ दिन सार्वजनिक बिदा छ।
धनगढी- कैलालीमा लागुऔषधसहित एक युवती पक्राउ परेकी छन्। मजिल्लाको लम्कीचुहा नगरपालिका–३ चिसापानी बजारबाट लागुऔषध खैरो हेरोइन १ सय ५० मिलिग्रामसहित सोही ठाउँकी २९ वर्षीया दिपा बिष्ट साँउदलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
काठमाडौं: नागरिक लगानी कोषले विभिन्न ४ पदमा कर्मचारी माग गरेको छ। कोषले लोकसेवा आयोगको सहमतिअनुसार रिक्त रहेको पदमा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको हो। सहायक अधिकृत, वरिष्ठ सहायक, सहायक र सहायक कम्प्युटर अपरेटर पदका लागि खुलाइएको उक्त विज्ञापनका लागि जेठ १३ भित्र आवेदन दिन सकिने कोषले जारी गरेको सूचनामा उल्लेख छ।
काठमाडौं: वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक महिलाको लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौँको लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्। श्रेष्ठले अस्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक तीन लाखभन्दा बढी तलब हुन्छ भनी अमृता गुरुङलाई प्रलोभनमा पारी तीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन्। श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाकाे बाम्काबाट खप्तड छेडेदह गाउँपालिका–४ गुदुखाती जादै गरेको ट्याक्टरबाट खसेर एकजनाको ज्यान गएको छ। बिहीबार साँझ भएको दुर्घटनामा सोही वडाका अन्दाजी ३१ वर्षीय खम्मबहादुर रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। बाम्का बजारबाट सामान लिएर जादै गरेको सु प प्र ०१–००१ त ४९७२ नम्बरको ट्याक्टरमा चढ्ने बेलामा खसेर ट्याक्टरको टायरमा च्यापिएर उनको मृत्यु भएको बाजुराका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिएका छन्। ट्याक्टर चालक प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढीः आज पहाडी भू–भागमा क्षणिक वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै राति गण्डकी र कोशी प्रदेशका पहाडी भू–भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
कञ्चनपुरः आजदेखि सुदूरपश्चिम विश्वविद्यालयमा फिल्म फेस्टिभल हुने भएको छ। नेपालस्थित द डेलिगेसन अफ युरोपियन युनियन नेपालले शुक्रवारदेखि ३ दिनसम्म महोत्सव हुन लागेको जानकारी दिएको थियो। नेपाल युरोपियनका उपराजदूत डा.जोलीले फिल्म महोत्सवमा युरोपका ८ र नेपाली युवा फिल्मकर्मीले निर्माण गरेका लघुफिल्म प्रदर्शन गरिने बताए। उनले महोत्सवमा सहभागी जोसुकैले निःशुल्क हेर्न पाउने बताए। सुदूरपश्चिम विश्वविद्यालयको कानून संकायका डीन कर्ण थापाले मानवअधिकारसँग चलचित्र भएकाले विश्वविद्यालयले सहकार्य गरेको बताए। उनले महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थी सहभागी हुने बताए। महोत्सवमा एनी डे नाउ, अरसटी रिहानीले निर्देशन गरेको अस्कर एन्ड लिली (अस्ट्रिया), एण्ड्री बाग्नेले निर्देशन गरेको रमोना (स्पेन), दोनातो रोतुनले निर्देशन गरेको इयो स्टबने (लक्जेम्बर्ग, बेल्जियम, जर्मनी र…
बाजुरा: बाजुरामा गएराति भूकम्पको धक्का महसूस गरिएको छ। मध्यराति दुई पटक भूकम्प गएको हो। राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए। उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो । भूकम्पको धक्का सुदूरपश्चिम प्रदेशका अन्य जिल्ला तथा अन्य जिल्लामा पनि महसूस गरिएको थियो। भूकम्पले क्षति पुर्याएको बारे एकीन हुन सकेको छैन। सूचना संकलनको काम जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । यसअघि बाजुरा केन्द्रविन्दु भएर वैशाख १० गते ४.१ म्याग्निच्युड र १४ गते ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसूस भएको थियो।