काठमाडौं: वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक महिलाको लाखौँ रुपैयाँ ठगी गरेको अभियोगमा एक युवती पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौँको लाजिम्पाट बस्ने २५ वर्षीया सयना श्रेष्ठ रहेकी छन्।
श्रेष्ठले अस्ट्रेलिया पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु, मासिक तीन लाखभन्दा बढी तलब हुन्छ भनी अमृता गुरुङलाई प्रलोभनमा पारी तीस लाख रुपैयाँ रकम लिई सम्पर्क विहीन भएकी थिइन्।
श्रेष्ठलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
Facebook Comments Box