टेकसिंह धामी, धनगढीः नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्रसिंह रावल पुस २७ गते सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्त भए। नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका रावलले नियुक्त भएकै भोलिपल्ट पद तथा गोपनीयताको शपथ लिए। त्यसै दिन रावलले सानो आकारको मन्त्रिमण्डल पनि विस्तार गरे। सो दिन मुख्यमन्त्री रावलले दुईजना मन्त्रीलाई नियुक्त गरेर शपथ खुवाए। नेकपा माओवादी केन्द्रबाट संसदीय दलका नेता खगराज भट्ट र एमालेकी सन्तोष थापा शर्माले विनाविभागीय मन्त्रीको रूपमा शपथ लिएका थिए। अहिलेसम्म मन्त्रीद्वय शर्मा र भट्ट मन्त्रालयविहीन हुँदा कामविहीन जस्तै देखिएका छन्। मुख्यमन्त्री रावलले विश्वासको मत नलिँदा उनीहरूले विभागीय जिम्मेवारी पाउन नसकेका हुन्। यस्तै…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो १३५ ग्राम सुनसहित एकजना क्यानेडियन नागरिक पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता यमराज पाण्डेकाका अनुसार दुबईबाट फ्लाइ दुबईको उडान नम्बर एफ २५७३ मा गएरति १२ बजे काठमाडौं यात्रुलाई विमानस्थल भन्सारले सुनसहित नियन्त्रणमा लिएको हो। पर्नेमा क्यानडाको पासपोर्ट र अवुधावी वर्थप्लेस भएका ३५ वर्षीय मोहमद कमल मोहगोब रहेको छन्। उनी पहिलो पटक नेपाल आएको पाण्डेको भनाइ छ। उनले शरिरमा पेटी बनाएर एक किलोका आठवटा विस्कुट आकारको सुन र र एक किलोको गोलाकार सुन भेटिएको प्रवक्ता पाण्डेले बताए। उनलाई पक्राउ गरि अहिले गौसालामा राखिएको छ। उनीबारे थप अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ।
महेन्द्रनगरः कंचनपुर प्रहरीले अवैध लागुऔषधविरुद्द आक्रामक अभियान थालेको छ। हिजो साझ महेन्द्रनगरको सब्जीमन्डिबाट ठुलो मात्रामा चरेश बरामद गर्न प्रहरी सफल भएको हो। वडा नम्बर १८ बाट पनि एक जना महिला पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सब्जीमन्डिस्थित करन साउदको घरको कोठाबाट १ किलो ६६४ ग्राम चरेशसहित सोही ठाउ बस्ने ४२ वर्षका लोक बहादुर साउद र २४ वर्षका डम्मर शाह पक्राउ परेका हुन्। डिएसपी चक्र बहादुर शाहले कारोबार भैरहेको बिशेष सूचनाका आधारमा छापा मार्दा चरेश बरामद भएको जानकारी दिए। यस्तै हिजोनै भीमदत्त नगरपालिका १८ बस्ने रेखा बडु लाई पनि १६७ ग्राम चरेशसहित प्रहरीले पक्राउ गरेको छ।
धनगढीः कैलालीमा भारतबाट अवैध रुपमा भन्सार छली गरेर सामान ल्याइरहेको अवस्थामा साहुजीसहितका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहीबार बिहान टीकापुर नगरपालिका–४ अस्नेहरीमा भारतबाट भन्सार छली ल्याउदै गरेको सामानसहित उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१ बस्ने २८ वर्षीय अरुण गुप्ता (साहुजी), भारतको तिकुनिया बस्ने २४ वर्षीय सलमान हस्मी, १८ वर्षीय तारिख कुरेसी र ४८ वर्षीय अस्लम हस्मी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिए। उनीहरुको साथबाट ४० हजार रुपैयाँ बराबरको साढे चार बोरा मम्फली र साइकल बरामद गरिएको छ। नियन्त्रणमा लिइएकाहरुलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय बुझाइने प्रहरीले जनाएको छ।
धनगढीः चलचित्रमा देखिने नायक नायिका तथा उनीको अभियनभन्दा बढी सुन्दर हुन्छन् केही दृश्यहरु। कलाकारलाई सबै दर्शक स्रोताले चिन्ने गरेको भएपनि फिल्म खिच्ने व्यक्तिहरु भने पर्दा पछाडि हुन्छन्। त्यस्तै नेपाली चलचित्र इन्डसस्ट्रिमा सुन्दर दृश्य खेचेर आफ्नो कौसल देखाउन सफल भएका छन्, सुदूरपश्चिम कैलालीका राजेन्द्र सापकोटा। कैलालीको मसुरियामा जन्मिएका सापकोटाले अहिले राष्ट्रिय स्तरका फिल्महरु खिच्ने गरेका छन्। एसएसलीसम्मको अध्ययन कैलालीको गौरीगंगा नगरपालिकाको मसुरियामा गरेका सापकोटा त्यसपछि काठमाडौं आएका थिए। सानैदेखि फिल्म क्षेत्रमा काम गर्ने सोच भएका उनी काठमाडौं र्आपछि फिल्म मेकिङ पढ्न थाले। उक्त विषयमा स्नातक गरेका राजेन्द्र त्यसपछि चलचित्रतर्फ लागे। नेपाली दर्शकले औधि मन पराएका फिल्म खिच्ने अवसर पनि उनले पाएका…
धनगढीः कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ। पुनर्वास नगरपालिका–२ मोतिबस्तीमा म २ प ९८६० नम्बरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री बेलौरी नगरपालिका–५ का महात्मा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते भएको चौधरीको उपचारका क्रममा मायामेट्रो अस्पताल धनगढीमा मृत्यु भएको हो।
धनगढीः अवैध यार्सागुम्बा कारोवारमा संलग्न कैलालीका एक जना काठमाण्डौँमा पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ का २५ वर्षीय प्रकाश टमाटालाई अवैध यार्सागुम्बासहित काठमाण्डौँ प्रहरीले पक्राउ गरेको हो। दुई किलो एक सय ३८ ग्राम अवैध यार्सागुम्बा सहित टमाटा पक्राउ परेका हुन्। उनी कीर्तिपुर नगरपालिका पाँगामा बस्ने गरेको प्रहरीले बताएको छ। उनीसँगै जुम्ला गोठीचौर गाउँपालिका–५ का ४० वर्षीय गोविन्द गिरी समेत फक्राउ परेका छन्। काठमाडौं उपत्यकाको विभिन्न स्थानमा अवैध रुपमा यार्सागुम्बा बिक्री तथा कारोबार भइरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले प्रकाशलाई काठमाडौं महानगरपालिका–३२ नरेफाँटबाट र गोविन्दलाई काठमाडौं महानगरपालिका–१८ नरदेवीबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारवाहीका लागि डिभिजन…
धनगढीः छ सय शय्याको अस्पताल र मेडिकल कलेज सञ्चालन गर्ने लक्ष्यसहित कैलालीको गेटामा निर्माण भएको संरचना २ वर्षदेखि अलपत्र छ। तर सरकारले यहाँ मेडिकल कलेज सञ्चालनका लागि आवश्यक कानून नबनाउँदा संरचना जीर्ण हुदै गएका छन्। ‘प्रयोगमा नआएपछि भौतिक संरचनाहरु जीर्ण बन्ने रहेछन्। भवनहरुको रंग खुइलिन थालिसक्यो, भित्तामा जालोहरु लागिसके’, पूर्वाधार निर्माण विकास समितिका कार्यकारी निर्देशक हेमराज पुजाराले भने। गेटा मेडिकल कलेज सञ्चालनका लागि पूर्वाधार निर्माण विकास समितिले २९ वटा संरचना बनाएको छ भने २३ वटा निर्माणाधीन छन्। तीमध्ये १२ वटा संरचनाको काम आगामी असारमा सम्पन्न हुने पूर्वाधार विकास समितिले जनाएको छ। यी संरचना निर्माण गर्दा सरकारको पाँच अर्ब ४० करोड…
कञ्चनपुरः कञ्चनपुरमा नेपाली काँग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। नेपाल विद्यार्थी संघ कञ्चनपुरका केही नेता कार्यकर्ताले पार्टी कार्यालयमा तालाबन्दी गरेका हुन्। नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले जिल्ला अध्यक्ष छनोटको विषयलाई लिएर तालाबन्दी गरिएको हो। नेविसंघ कञ्चनपुरका नेता कृष्ण पाण्डेले विधान विपरीत नेविसंघ केन्द्रीय समितिले कञ्चनपुरको जिल्ला अध्यक्ष चयन गरेको भन्दै पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताए। १३ माघ २०७९ मा नेविसंघ केन्द्रीय समितिले रमेश चटौतलाई जिल्ला अध्यक्षमा चयन गरेको थियो।
धनगढीः कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बोल्ने भन्दा पनि काम गरेर देखाउने विश्वास दिलाएका छन्। हालै कैलालीको प्रजिअ भएर आएका कटेलले आफ्नो पदीय दायित्व र जिम्मेवारी पूरा गर्ने गरी अघि बढ्ने बताउदै उत्कृष्ट काम गर्नमा ध्यान दिने उल्लेख गरेका छन्। बुधबार कैलालीमा क्रियाशिल पत्रकारसँगको परिचयात्मक कार्यक्रममा बोल्दै कटेलले आफूलाई कामको डर भएको बताए। कटेलले आफ्ना लागी कामनै महत्वपुर्ण भएका कारण नतिजा देखाउने गरी लाग्ने बताउदै भने, “म वडादेखी काम शुरु गर्छु, वडाले सिफारिश गरेको नागरिकता हामीले बनाउनुपर्ने हुन्छ, त्यहाँ कसरी सिफारिश भइरहेका छन् र कमीकमजोरी छन् भने तिनलाई सच्याउन लाउँछु, मालपोत, नापी कार्यालयहरुको सेवा प्रबाह म बुझ्छु के छ…