धनगढी: बाजुराको जिल्लाको बूढीनन्दा नगरपालिकाको पाण्डुसैनमा जिपको ठक्करबाट एक जना महिलाको मृत्यु भएको छ। कोल्टीबाट मार्तडी आउँदै गरेको सुपप्र ०१–००१–४४३० नम्बरको जीपले बाटोमा हिँडिरहेकी ६० वर्षीया रुपीसवा धामीलाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। बूढीनन्दा–१० घर भई बूढीनन्दा–९ पाण्डुसैन छोरीको घर बस्दै आएकी धामीलाई उपचारका लागि कोल्टी आधारभूत अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए। महिलालाई ठक्कर दिने जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै डडेल्धुरामा डिजेल र पेट्रोल बोकेको जिप दुर्घटना भएको छ। जिल्लाको अमरगढी नगरपालिका–६ भालुमारेस्थित भीमदत्त राजमार्गमा शुक्रबार बिहान धनगढीबाट बझाङतर्फ जाँदै…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले पुस २९ गते सार्वजनिक बिदा दिएको छ। थारु समुदायको माघी पर्वको अघिल्लो दिन जिताको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ। प्रदेश राजपत्रमा पनि पुस २९ गते जिता पर्व भनेर उल्लेख छ। पुस अन्तिम दिन थारु समुदायमा बंगुर (जिता) मारेर सामूहिक रूपमा पर्व मनाउने प्रचलन रहेको छ। थारु समुदायमा माघी पर्वलाई नयाँ वर्ष मान्ने प्रचलन छ। सो अवसरमा माघ १ गते भने संघीय सरकारले राष्ट्रिय पर्वको रूपमा नै बिदा दिइँदै आइएको छ।
धनगढी: कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका-११ का ६० वर्षीय प्रेमबहादुर रानाको मृत्यु भएको छ। उनको बिहीबार राति १२ बजेतिर भारतको रूद्रपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले बताए। उनका अनुसार रानालाई पुस २३ गते कलुवापुरमा से १ त १३२८ नम्बरको ट्याक्टरले ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका रानालाई उपचारका लागि धनगढीस्थि निसर्ग अस्पताल ल्याइएको थियो। बिहीबार निसर्गबाट भारत रिफर गरिएका रानालाई अस्पतालले मृत घोषणा गरेको हो। ट्याक्टर चालक बेलौरी नगरपालिका-४ का ४० वर्षीय बीरबहादुर चौधरीलाई शुक्रबार नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक शर्माले बताए। चौधरीमाथि सवारी ज्यान मुद्दामा कारबाही प्रक्रिया अगाडि बढाइएको उनले…
धनगढी: कैलालीको गोदावरी नगरपालिका– ८ मा रहेको खुटिया खोलामा अवैध तथा मापदण्ड मिचेर उत्खनन गरिरहेको भन्दै चलाइएको हल्ला झुठो भएको छ। गोदावरी नगरपालिकाको टोलीले अनुगमन गर्दा सो कुरा झुठो प्रमाणीत भएको हो। नेकपा एमाले गोदावरी नगर कमिटीले पूर्वाग्रह राखेर खोलामा आन्दोलन गरेपछि बिहीबार एमालेकै तर्फबाट निर्वाचित गोदावरी नगरपालिकाकी उपमेयर शारदा रोकाया नेतृत्वको टोलीले खोलामा अनुगमन गरेको थियो। सो टोलीले खुटिया खोला र खैराना खोलामा अनुगमन गरेको हो। तर, अनुगमनका क्रममा मापदण्ड मिचेको नपाइएको अनुगमन टोलीकी संयोजक एवम् नगर उपप्रमुख शारदा रोकायाले बताइन्। उनले खोलामा प्राविधिक सहितको टोलीले नाप जाँच गर्दा मापदण्ड भित्रै रहेर नदीजन्य पदार्थको उत्खनन गरेको पाइएको बताइन्। अनुगमन…
धनगढी: विशेष अदालतले टीकापुरको जग्गा अनियमितता मुद्दामा ८७ जनालाई दोषी ठहर गरेको छ। कैलालीको टीकापुर बजार क्षेत्रको ६ बिगाहा १८ कट्ठा १० धुर सरकारी जग्गा नक्कली कागजातका आधारमा व्यक्ति विशेषको नाममा हक हस्तान्तरण गरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेकोमा बिहीबार फैसला गर्दै ८७ जनालाई दोषी ठहर गरेको हो। जसमा एक सय ६२ जनाले भने सफाइ पाएका छन्। दोषी ठहर हुनेमा टीकापुर नगरपालिकाका उपप्रमुख खडकबहादुर शाह पनि छन्। शाहलाई तीन महिना कैद र १३ लाख सात हजार जरिवाना तोकिएको छ। उनलाई यसअघि नै अख्तियारले निलम्बन गरी जानकारी गराउनु भन्दै पत्र पठाएपछि टीकापुर नगरपालिकाको कार्यपालिकाले…
धनगढी: कञ्चनपुरस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा घुस रकमसहित पुगेका एकजना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा दायर गरिएको छ। नुवाकोटको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध मुद्दा दायर गरिएको जनाइएको छ। गत मंसिर २८ गते कञ्चनपुरस्थित आयोगको कार्यालयमा पुगेका उनले अनुसन्धान अधिकृतको कार्यकक्षमा पुगेर कागजातसहितको खाम दिए। अनुसन्धान अधिकृतले उक्त खाम खोल्न अह्राएपछि सापकोटले बोकेको हरियो रंगको झोलाभित्रको पहेँलो खाममा एक लाख रुपैयाँ भेटिएको हो। त्यसपछि यो के को पैसा हो ? भनी सोधपुछ गर्दा ‘मुद्दा मिलाइदिन तपाईँको लागि स्वेच्छाले ल्याएको’ भन्ने जवाफ दिएका उनलाई लगत्तै नियन्त्रणमा लिइएको थियो। अख्तियारका अनुसार सापकोटाले अछामको मेल्लेख गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छँदा खरिदमा…
धनगढीः धनगढीको सेती प्रादेशिक अस्पतालमा रेबिज लागेका एक जनाको मृत्यु भएको छ। कैलालीको मोहन्याल गाउँपालिका घर भएका २९ वर्षीय युवाको रेबिजका कारण पुस २२ गते मृत्यु भएको प्रादेश स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। चार महिना अगाडि ती व्यक्तिलाई भारतमा कुकुरले टोकेको र रेबिजको लक्ष्यण देखिएपछि उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारकै क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित्त प्रमुख डाक्टर खगेन्द्रबहादुर बमले बताए। भारतमा कुकुरले टोक्दा रेबिज विरुद्धको खोप नलगाएकाले रेबिज संक्रमण भएको बमले बताए। रेबिजबाट बच्न कुकुर, बिरालो लगायत जंगली जनावर टोकेमा रेबिज विरुद्धको खोप लगाउनुपर्ने डाक्टर बमले बताए।
धनगढी: उर्मिला काफ्ले। जो हाल बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत छिन्। उनलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत १६ मंसिरमै अछामको पञ्चदेवल विनायक नगरपालिकामा सरुवा गरेको थियो । तर, सरुवा भएको एक महिना बितिसक्दा पनि उनी अछाममा हाजिर भएकी छैनिन्। काफ्ले आजका दिनसम्म पनि जीतपुरसिरमरा उपमहानगरपालिकाकै कार्यालयमा कार्यरत छिन्। अछाम आउन नमानेपछि मन्त्रालयले २ पटक उनलाई सरुवा भएको स्थानमा जान ध्यानाकर्षण पत्र पठाइसकेको छ। पहिलोपटक पुस १२ मा अछामको बिनायक पञ्चदेवल नगरपालिकामा पुगेर कामकाज सम्हाल्न मन्त्रालयले पत्र पठाको थियो। तर काफ्लेले टेरिनन्। मन्त्रालयले त्यसपछि पुनः २२ पुसमा उनलाई सरुवा भएको स्थानमा रमाना हुन पत्र पठायो।पछिल्लो पटक पठाएको…
धनगढी: डडेल्धुरा अस्पताल विकास समितिका पूर्वअध्यक्ष लक्ष्मण सिंह नक्कली प्रमाणपत्र मुद्दामा दोषी ठहर भएका छन्। बिहीबार विशेष अदालतले उनलाई नक्कली प्रमाणपत्र पेस गरी भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३१ भदौ ०८१ मा उनीमाथि मुद्दा चलाएको थियो। उनले अध्यक्ष पदमा मनोनयन गर्दा पेस गरेका शैक्षिक प्रमाणपत्रहरू नक्कली भएको दाबीसहित मुद्दा दायर भएकोमा अख्तियारको दाबी पुष्टि भएको हो। सिंहलाई ६ महिना कैद तथा १० हजार जरिवाना हुने सजाय सुनाइएको छ। विशेषका सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। उनले इन्टरमिडियट र स्नातक तहको नक्कली प्रमाणपत्र पेस गरेको भेटिएको थियो। यसअघि अध्यक्षमा नियुक्त भएपछि…
धनगढी: धनगढीमा अटाे रिक्सामा बेहोस भएका एक जनाको ज्यान गरेको छ। अटोमा सवार भएका बेला बेहाेस् भएपछि उनकाे मृत्युु भएकाे हो। बिहीबार शहीदगेटदेखि चाैराहतर्फ जाँदै गरेकाे सुपप्र ०१००१ ह ४८८७ नम्बरकाे अटाेमा सवार धनगढी उपमहानगरपालिका-४ मा डेरा गरि बस्ने ४६ वर्षीय भुवन खत्री अचानक बेहाेस भएका थिए। उनलाई तत्काल उपचारका लागि मायामेट्राे अस्पताल लगिएको थियाे तर उनकाे उपचारका क्रममा मृत्युु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बाेहराले जानकारी दिए। उनकाअनुसार अटाे चालक धनगढी उपमहानगरपालिका- ४ बस्ने ४० वर्षीय नारायण थापा र अटाेमा सवार धनगढी-३ बस्ने ४२ वर्षीय मन्जुरी खानलाई अनुुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । मृतकको शव…