Author: महेन्द्रनगर पोष्ट

रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणले कानुनी अधिकार स्थापित गर्न प्रत्येक नागरिकको विवरण सङ्कलनलाई प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागद्वारा रुपन्देहीको तिलोत्तमामा आज आयोजित व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन प्रणालीसम्बन्धी कार्यक्रममा उनले व्यक्तिगत घटना सङ्कलन, भण्डारण र वितरणको काम प्रभावकारी ढङ्गले अघि बढाउन निर्देशन दिए । गृहमन्त्री खाँणले नागरिकको सामाजिक सुरक्षा पूरा गर्ने दायित्व सरकारको भएको र विवरण सही नहुँदा सामाजिक सुरक्षाबाट नागरिक बञ्चित हुनसक्ने भएकाले सचेत हुन सम्बद्ध पक्षलाई आग्रह गरे । उनले भने, ‘ज्येष्ठ नागरिक, दलित, अपाङ्ग, लोपोन्मुख, एकल महिला र दलित तथा पिछडिएका क्षेत्रका बालबालिकालगायत उच्च जोखिममा रहनसक्ने समूहलाई लक्ष…

Read More

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताएकी छिन् । आज ललितपुरमा आयोजित कार्यक्रममा उनले नेपालमा जलविद्युतको प्रचुर सम्भावना रहेको र भविष्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गरिन् । पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री…

Read More

महोत्तरी । नेकपा (माओवादी केन्द्र) महोत्तरीको चुनावी समिक्षा सुरु भएको छ । १८ असारदेखी बर्दिबास नगरपालिकावाट निर्मम समीक्षा अगाडि बढाइने जिल्ला निर्वाचन समितिका संयोजक तुलसी ढुङगनाले जानकारी दिए । निर्वाचनको विषयलाई लिएर दुई पक्षबीच बढ्दै गएको दुरीलाई ध्यानमा राख्दै माओवादी केन्द्र महोत्तरीले गम्भिर समीक्षा गर्न लागेको हो । अघिल्लो निर्वाचनमा जितेका पालिकाहरु गौशाला नगरपालिका, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र रामगोपालपुर नगरपालिकालाइ समेत गुमाएको माओवादीले पराजित हुनुको बिषयमा गहन समीक्षा अगाडि वढाउने संयोजक ढुंगनाले जानकारी दिए । १८ असारमा बर्दिबासको माइस्थान स्थित पन्चधुरा पाटी प्यालेसमा बर्दिबास नगरपालिकाको समीक्षा हुनेछ । बर्दिबासको बिषयलाइ लिएर पनि नेताहरुबीच अनेकौ टीकाटिप्णी भइरहेको छ । राजु…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा अर्को अन्तर्राष्ट्रियस्तरको विमानस्थल आवश्यक रहेको बताएका छन् । शनिबार निजगढस्थित अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको निरीक्षणमा पुगेका उनले सुविधा सम्पन्न अन्तर्राष्ट्रिय विमानस्थलको एकदमै खाँचो रहेको बताएका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरूसँग विमानस्थल निर्माण क्षेत्रको हवाई निरीक्षण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले भने, ‘दुइटा रनवेसहित विमानस्थल बनाउँछौँ । त्यसका लागि विज्ञसँग छलफल गरिरहेका छौँ । कम क्षतिमा जसरी पनि विमानस्थल स्थापना गर्न थालेको क्षेत्रमा विमानस्थल निर्माण गर्छौँ ।’ यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतबाट विमानस्थल निर्माणमा कुनै रोकावट गर्ने आदेश नआएको बताए । ‘अदालतबाट विमानस्थल अवरुद्ध गर्ने कुनै आदेश छैन । विमानस्थल बन्छ…

Read More

काठमाडौँ – म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमालपारीको जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक आज बिहानदेखि अवरुद्ध भएको छ । म्याग्दी र मुस्ताङको सिमानामा पर्ने काभ्रेभिरमा गएराती पहिरो खसेपछि ७६ किलोमिटर दूरीको बेनी-जोमसोम सडकमा यातायात सेवा बन्द भएको हो । सडकको बिचमा ठुलो ढुङ्गा खसेर अवरोध भएको बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंह शेरचनले बताए । सडक स्तरोन्नतिको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीको डोजर परिचालन गरेपनि सफल नभएपछि विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाउन सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव गरिएको छ । नेपाली सेनाको टोलीलाई विस्फोटक पदार्थको प्रयोग गरेर ढुङ्गा फुटाई सडक खुलाउन काभ्रे भीर पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।…

Read More

काठमाडौं – प्रधानमन्त्रीसहित सत्तारुढ दलका शीर्ष नेताहरू बाराको निजगढ पुगेका छन् । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणस्थलको अवलोकन गर्नका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताहरू निजगढ पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलबारे सर्वोच्चको निर्णय आएको केही दिनमै प्रधानमन्त्रीसहितका सत्तारुढ दलका शीर्ष नेता अवलोकनका लागि पुगेका हुन् । प्रधानमन्त्रीसहितको टोलीमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेता रहेका छन् । शीर्ष नेतासहितको सरकारी टोली विमानस्थल निर्माणस्थल र हालसम्मको प्रगतिबारे जानकारी लिएर आज शनिबार नै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ । सर्वोच्च अदालतको विमानस्थलको काम अघि नबढाउन आदेश दिएको छ । अहिलेसम्मका सबै प्रक्रिया खारेज गरेको सर्वोच्चले विज्ञको…

Read More

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले करिब ६ महिनापछि काठमाडौंमा विद्युतको पोल हटाउन सुरु गर्ने भएको छ । काठमाडौंमा भूमिगत वितरणलाइन बिछ्याइरहेको प्राधिकरणले ओभरहेड वितरणलाइन हटाउने गरी काम गर्न लागेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पोल हटाएपछि त्यसमा राखिएका इन्टरनेटको तार पनि हटाउनुपर्ने बताए । इन्टरनेट सेवा प्रदायक, नेपाल दूरसञ्चार प्राधिकरणसहित विद्युत् प्राधिकरण समेतको सहभागितामा काठमाडौंमा भएको कार्यक्रममा बोल्दै घिसिङले भूमिगत विद्युत् वितरणलाइनसँगै राखिएको फाइबर डक्ट प्रयोग गर्ने तयारी थाल्न सेवा प्रदायकलाई आग्रह गरे । ‘६ महिनादेखि १ वर्षभित्र हामी विद्युतका पोल हटाउँदैछौं,’ घिसिङले भने, ‘त्यसपछि गम्भीर समस्या समस्या आउनसक्छ, तपाईंहरु प्राधिकरणले भूमिगत लाइनसँगै बिछ्याइएको फाइबर प्रयोग गरेर सेवा…

Read More

जुम्ला– १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा चन्दननाथ प्रथम, हिमा गाउँपालिका द्वितीय र पातारासी गाउँपालिका तृतीय भएका छन् । १५ देखि १७ असारसम्म भएको प्रतियोगिताको आयोजना जिल्ला खेलकुद विकास समिति जुम्लाले गरेको हो । प्रतियोगितामा जुम्लाका आठमध्ये सात स्थानीय तहको सहभागिता थियो । गुठीचौरले भने सहभागिता जनाएको थिएन । जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव संगीता आचार्यका अनुसार ६ विधामा खेल खेलाइएको थियो । यसमा सबैभन्दा बढी चन्नदननाथ र त्यसपछि हिमा गाउँपालिकाले उपाधि जितेको छ । हिमा गाउँपालिकाले एथ्लेटिक्स प्रतियोगिताको शिल्ड जितेको छ । मार्चपासमा पातारासी गाउँपालिका प्रथम भएको छ । यसैगरी पातारासीले पुरुष भलिबल प्रतियोगिता जित हात पारेको थियो भने कनकसुन्दरी द्वितीय भएको थियो । महिला भलिबल प्रतियोगितामा कनकसुन्दरी गाउँपालिका प्रथम भएको छ भने द्वितीय चन्दननाथ नगरपालिका भएको छ । कबड्डीमा चन्दननाथ…

Read More

काठमाडौं – महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक बस्दैछ । बैठकमा केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्ने भएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा शनिवार अपरान्ह बस्ने बैठकमा पार्टीका विधान, केन्द्रीय समिति, भातृ संगठन गठनलगाय समसामयिक विषयमासमेत छलफल गर्ने भएको छ । केन्द्रिय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित बिधानलाई पारित गर्नेलगायतका अजेन्डामा बैठकका लागि तय गरिएका छन । ‘अपरान्ह १ बजे देखी बस्ने बैठकले केन्द्रिय कार्यसमितिको सदस्यको संख्या टुंग्याउने देखी सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुनेछन्,’ कर्णले भने । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाई सकेकाले त्यसलाई पारित…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगलाई प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनको मिति प्रस्ताव गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री देउवा र आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबीच शुक्रबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको अनौपचारिक छलफलमा प्रधानमन्त्री देउवाले मिति प्रस्ताव गर्न आयोगलाई आग्रह गरेका हुन् । ‘आयोगले प्रस्ताव गरेको मितिमै अघि जाने सोच छ । अन्य दलहरूसँग पनि परामर्श गर्छौँ र समिति तोक्छौँ‚’ बैठकमा सहभागी स्रोतले बताएका छ‚ ‘अर्को साता मिति प्रस्ताव गर्न प्रधानमन्त्रीले भन्नुभएको छ । आयोगका प्रमुख आयुक्त थपलियाले प्रधानमन्त्रीसँग भेट भएको जानकारी दिँदै निर्वाचन समयमै गर्न प्रधानमन्त्री सकारात्मक रहेको जानकारी दिए । आयोगले कात्तिक मसान्तमा निर्वाचन गर्न…

Read More