Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – देशका ७ सय ५३ स्थानीय तहमध्ये आगामी आर्थिक वर्ष ०७९/८० का लागि शुक्रबार ७ सयले नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् । विभिन्न किचलो र तयारी नपुग्दा आदि कारणले ५३ वटाले पूर्वनिर्धारित मितिमा बजेट ल्याएनन् । स्थानीय तहले हरेक आर्थिक वर्षको असार १० मा नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने स्थानीय सरकार सञ्चालन ऐनमा छ । ६ महानगरपालिकामा सबैले, ११ उपमहानगरमध्ये १० र २ सय ७६ नगरपालिकामध्ये २ सय ४८ वटाले बजेट सार्वजनिक गरेका छन् । मधेस प्रदेशका उपमहानगरपालिका र नगरपालिका गरी ७७ मध्ये ५७ वटाले बजेट सार्वजनिक गरेका छन् । २० वटाले बजेट पेस गरेनन् । वाग्मती…

Read More

काठमाडौं – नेपालभन्दा बाहिर गैरकानुनी रूपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुन थालेका छन् । भक्तपुर नगरपालिका-७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा अमेरिकाको कनेक्टिकटस्थित यल युनिभर्सिटी आर्ट ग्यालरीमा पुगेको थियो । हातमा नालसहितको कमलको फूल लिएको स्वरूपको यो मूर्ति नवौँ-दशौँ शताब्दीतिर बनेको थियो । मूर्ति नेपालको भएको दाबी प्रमाणित भएपछि २३ वैशाख ०७९ मा युनिभर्सिटीले नेपाली महावाणिज्य दूतावाससँग मूर्ति फिर्ता गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको थियो । सोही मूर्ति नेपाल ल्याएर हस्तान्तरण गरिएको हो । हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट एक थान, अमेरिकाबाट २२ थान, तिब्बतबाट २८ थान, कोलकाताबाट…

Read More

एजेन्सी – अन्ततः अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको छ । सर्वोच्चले देशव्यापी रूपमा गर्भपतन वैध हुने ५० वर्षअघिको एउटा आदेशलाई उल्ट्याउँदै गर्भपतनसम्बन्धी संवैधानिक अधिकार समाप्त गरिदिएको हो । अदालतको आदेशसँगै लाखौँ अमेरिकी महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमेको छ। रो विरुद्ध वेड भनेर परिचित मुद्दामा गर्भपतनलाई संवैधानिक अधिकारको मान्यता दिएको विगतको फैसला अवैध भएको सर्वोच्चले जनाएको छ । राष्ट्रपति जो बाइडेनले उक्त निर्णयलाई ‘दुःखद त्रुटि’ भनेका छन् । आदेशको विरोधमा अमेरिकाका विभिन्न सहरमा प्रदर्शन भएका छन् । अदालतको आदेशपछि विभिन्न राज्यमा क्लिनिक बन्द गरिएका छन् । अदालतको फैसलापछि त्यहाँका धार्मिक अभियानकर्मी र दक्षिणपन्थी भने खुसी भएका छन् ।…

Read More

महेन्द्रनगर – शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावाना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ भने सूदुरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव छ । उक्त प्रणालीको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नं १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी…

Read More

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय, बाराले हत्याको आरोपमा एक नाबालकसहित १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये ११ जनालाई वीरगञ्ज कारागार पठाइएको छ भने एक नाबालकलाई बाल सुधारगृह, भक्तपुर पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका राकेशभक्त पौडेललाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–६ नगौलका ५० वर्षीय चित्रबहादुर क्षेत्री, ५० वर्षीया दुर्गा खत्री, ५० वर्षीय सन्ते बछार, २६ वर्षीय सन्दीप थापा, २४ वर्षीय सुमन लामा र २६ वर्षीय सुदीप घिमिरे छन । यसैगरी पक्राउ पर्ने अन्यमा जीतपुरसिमरा–२ फूलबारी टोलका ४२ वर्षीय खगेन्द्र रिजाल, सम्झौता…

Read More

काठमाडौं – लुम्बिनी प्रदेशका विवादित स्वास्थ्य तथा परिवार कल्याण राज्यमन्त्री विमला वलीले आफ्नो परिवारमा उडण्ड मच्चाएको बताउँदै उनका ‘प्रेमी’ भनिने एकराज बस्नेतले कारबाही माग गरेका छन् । जेठ ३१ गते आफू घरमा नभएको समयमा सुरक्षाकर्मीसहित पुगेर श्रीमती र छोरीलाई पिटेको, घरमा तोडफोड गरेको भन्दै वलीलाई कारबाही हुनुपर्ने माग गरेका हुन् । लुम्बिनी प्रदेश सरकारले गठन गरेको छानविन समितिसमक्ष उनले यस्तो बताएका हुन् । बस्नेतको श्रीमतीले वलीले घरमा पुगेर ‘मेरो पोइ खोइ ?’ भन्दै कुटपिट गरेको, तोडफोड गरेको, छोरीलाई कुटपिट गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी छन् । छानविन समिति समक्ष बस्नेतले वलीलाई केही रकम दिनुपर्ने भएको पनि बताएका छन् । वली…

Read More

काठमाडाैं –  नेकपा (एकीकृत समाजवादी)को यही असार ११ र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी कार्ययोजना लगायत विषयमा छलफल गरिने पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। पार्टी स्थापना भएको करिब आठ महिनाको अवधिमा देशव्यापीरूपमा भएका साङ्गठनिक विस्तार, राजनीतिक गतिविधि, जनसरोकारका विविध कार्य, जनतासँग भएका अन्तक्रियाका साथै प्राप्त भएका राजनीतिक उपलब्धिका बारे समीक्षा हुने ती बैठकमा जिल्ला, प्रदेशका वस्तुगत अवस्थाको सम्बन्धित नेताबाट रिपोर्टिङ गरी आवश्यक समीक्षाका साथै नयाँ कार्ययोजना/रणनीति तयार गरिने छ । पार्टीको आज बसेको पोलिटब्यूरो बैठकले समसामयिक राजनीतिक विषयका साथै निर्वाचनको समीक्षा गरेको छ । केन्द्रीय…

Read More

काठमाडाैं – सोमालियाका राष्ट्रपति हसन शेख मोहमुदले शुक्रबार संयुक्त अरब इमिरेट्सको यात्राबाट फर्किएलगत्तै कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको बताएका छन् । सङ्क्रमण पुष्टि भएपछि आफू अलग्गै रहेको बताए । उनले ट्वीटरमा लेखेका छन्, ‘अहिलेसम्म मलाई कुनै लक्षण छैन । सङ्क्रमण देखिँदासम्म मैले आफुलाई अन्य व्यक्तिको सम्पर्कबाट टाढा राख्दै सरकारी सेवालाई निरन्तरता दिइरहनेछु ।’ ‘जनस्वास्थ्यसम्बन्धी सल्लाह र निर्देशनहरू पालन गरेर हामीले सबैलाई सुरक्षित राख्न म आग्रह पनि गर्छु ।’ छैसट्ठी वर्षीय राष्ट्रपति शुक्रबार नै संयुक्त अरब इमिरेट्सबाट फर्किएका हुन् ।

Read More

दार्चुला – दार्चुलामा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ पूर्व अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) दार्चुलाको आयोजनामा गरिएको कार्यक्रममा इन्सेक दार्चुलाका प्रतिनिधि नरेन्द्र सिह कार्कीले इन्सेकले जिल्लामा सन २०२२ को जनवरी देखि जुनसम्म अभिलेख गरेको मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरुको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले इन्सेकले वर्ष पुस्तक अत्यन्तै प्रभावकारी बन्दै गएको र समाजमा हुने मानव अधिकार हननका घटनाहरुको अवस्था बारे जान्न महत्वपूर्ण माध्यम रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपि प्रतिक विष्टले इन्सेकले वर्षौदेखि प्रकाशन गर्दै आएको वर्ष पुस्तक…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८०को लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । काठमाडौँ महानगरको नयाँ बजेट प्रस्तुत गर्ने क्रममा महानगरकी उप प्रमुख सुनिता डङ्गोलले सो बजेट ल्याएको बताएकी हुन् । कार्यालय खर्चका लागि ४ अर्ब ६८ करोड बजेट छुट्याएको उनले बताइन्। यो कुल बजेटको २० प्रतिशत हो। महानगरले पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड बजेट वनियोजन गरेको छ। जुन कुल बजेटको ४९ दशमलव ५७ प्रतिशत रहेको छ।

Read More