धनगढी: अस्ति कंचनपुरस्थित महाकाली नदीमा निर्माणाधीन पुल निर्माण कम्पनीले पहुँच मार्ग भत्कायो। कुमार सिएफइसी जोइन्ट भेन्चरले बुधबार महाकाली पुल वारिपारि दुवैतर्फ पहुँच मार्ग भत्काएको हो। कम्पनीले दुवैतर्फ पुलको पहुच मार्ग भत्काउँदा भीमदत्त–दोधाराचाँदनी यातायात सेवा सञ्चालनमा अवरोध पनि भयो। तर यो विवाद अझै रोकिएको छैन। विवादकै कारण सडक र पुल निर्माण अलपत्र पर्ने देखिएको छ। सडक अवरुद्ध भएको दिन कम्पनीका इन्जिनियर किशोर पाण्डेयलाई प्रहरीले पुलबाटै नियन्त्रणमा लिएर प्रहरी कार्यालय पुर्याएरपछि छाडेको थियो। ठेकेदार कम्पनीले सडक बनाउन नखोज्दा विवाद उत्पन्न भएकोमा प्रहरीसम्मै कुरा पुगेको हो। सो निर्माण क्षेत्र भीमदत्त ११ मा पर्दछ। जिल्लाको भीमदत्त नगरपालिका–११ गड्डाचौकीका भूपेन्द्र क्षेत्रीले पुलदेखि गड्डाचौकीसम्म दायाबाया वाईवास निर्माण…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कञ्चनपुरको ब्रह्मदेव जैविक मार्ग एवम् आसपासको वन क्षेत्रमा बाघ तथा आहारा प्रजातिको गणना थालिएको छ। डडेल्धुरादेखि सीमावर्ती भारतका विभिन्न वन क्षेत्रसँग जोडिएको ब्रह्मदेव जैविक मार्गमा ‘क्यामेरा ट्रयापिङ’बाट बाघ तथा आहारा प्रजातिको गणना थालिएको हो। जलवायु परिवर्तनका कारण बाघ पहाडी क्षेत्रमा देखापरिरहेको तथ्यांक सार्वजनिक भइरहेका बेला ब्रह्मदेव जैविकमार्गमा त्यसको अनुगमन भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टले जानकारी दिए। ‘बाघको संख्या बढिरहेकाले यसले बासस्थानको क्षेत्र पनि बढाइरहेका छ। निकुञ्ज मात्रै नभए बाघको मुभमेन्ट चुरे पहाडतिर पनि देखिएको छ,’ भट्टले भने, ‘बाघ भएको ठाउँमा आहारा प्रजाति पनि हुनुपर्छ। नभए बाघ बस्तीतिर पसेर मानव-वन्यजन्तु द्वन्द्वका घटना हुने गर्छन्।’ उनका अनुसार…
काठमाडौं: सर्वोच्च अदालत बार एसोसिएसनको आज भएको मतदानमा नेपाली काँग्रेस निकट संगठन डिलए र नेकपा एकीकृत समाजवादी निकट संगठन एसपीएलएको गठबन्धन अत्यधिक मतले विजयी भएको छ। प्राप्त अन्तिम परिणाम अनुसार अध्यक्षमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल ३६८ मतसहित अध्यक्षमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी वरिष्ठ अधिवक्ता महेशकुमार थापाले १८१ र अर्का उम्मेदवार अधिवक्ता प्रेमसिंह धामीले १५ मत प्राप्त गरेका छन्। त्यसैगरी उपाध्यक्षमा अधिवक्ता अम्मरबहादर राउत ३४६, सचिवमा अधिवक्ता रमणकुमार कर्ण ३३९, सहसचिवमा अधिवक्ता पुन्देवी महर्जनले ३३७ र कोषाध्यक्षमा रामचन्द्र पौडेल ३४० मत ल्याएर विजयी भएको जनाइएको छ। अन्य विजयीमा महिला सदस्यमा अधिवक्ता शशि बस्नेत हुन्। त्यस्तै सदस्यहरुमा वरिष्ठ अधिवक्ता दुर्गामोहन…
काठमाडौँ: सांसद एवं पूर्वमन्त्री प्रेमबहादुर आलेलाई विश्व हिन्दु महासङ्घद्वारा प्रदान गरिने विश्वप्रसिद्ध हिन्दु रत्न अवार्ड प्रदान गरिएको छ। विश्व हिन्दु महासङ्घद्वारा भारतको नयाँ दिल्लीस्थित खाटु श्याम दिल्ली धाममा शुक्रबार आयोजित एक विशेष समारोहमा सुदूरपश्चिमको डोटी घर भएका उनलाई हिन्दु धर्म संरक्षण एवं संवर्द्धनका अगुवा कालीबाबा शंकराचार्यसहित विश्व हिन्दु महासङ्घका पदाधिकारीहरूले सो अवार्ड प्रदान गरेका हुन्। हिन्दु धर्मको संरक्षण र संवर्द्धनका साथै सनातन हिन्दु धर्मावलम्बीहरूको सेवा तथा संरक्षणमा विशिष्ट योगदान गरेकाले पूर्वमन्त्री आलेसहित भारत तथा विश्वका विभिन्न देशका वरिष्ठ व्यक्तित्वहरूलाई यो अवार्ड प्रदान गरिएको हो। अवार्ड प्राप्त गर्ने अन्य व्यक्तित्वहरूमा बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक, भारतका प्रसिद्ध समाजसेवीहरू एसएस अग्रवाल र निता अम्बानी,…
धनगढी: सुदूरपश्चिम निजामती सेवा ऐन ०७९ लाई संशोधन गर्न बनेको विधेयक र नियमावली पारित भएपछि मुख्यमन्त्री कमलबहादुर शाहलगायतलाई सम्मान गरिएको छ। नेपाल निजामती कर्मचारी युनियन प्रदेश समितिले मुख्यमन्त्री शाह, विधायन तथा प्रदेश मामिला समितिका सभापति दिवानसिंह बिष्ट र प्रदेशका प्रमुख सचिव कमलप्रसाद पोखरेललाई धन्यवाद ज्ञापन गर्दै सम्मान गरेको हो। भदौमा सुदूरपश्चिम प्रदेश सभाले निजामती सेवा ऐनसम्बन्धी संशोधन विधेयक पारित गरेको थियो।
धनगढी: कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१२ बाङ्गेसाल बस्ने ७० वर्षीय मोहनसिंह कामी मृत अवस्थामा फेला परेका हुन्। उनी मालाखेती शाखा नहरमा शनिबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
धनगढी: कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको करिब नौ सय विघा भारतीय नागरिकले उपयोग गरिरहेको पाइएको छ। बेल्डाँडी गाउँपालिकासँग जोडिएको निकुञ्जको दक्षिणी क्षेत्रको जमिन भारतीयले साढे तीन दशकदेखि खेतीपाती गर्दै आएका छन्। कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकाय र निकुञ्जका अधिकारीहरु केही दिनअघि उक्त क्षेत्रको निरीक्षणमा जाँदा निकुञ्जको जमिनमा भारतीयले खेती गरिरहेको देखिएको थियो। भारतीयले खेती गरिरहेको क्षेत्रमा सीमा स्तम्भहरु छैनन्। यसअघि निकुञ्जको जमिन अतिक्रमण गर्ने दुई जना भारतीयले पक्राउ गरेर निकुञ्जले मुद्दासमेत चलाएको थियो। उक्त क्षेत्रमा सीमा स्तम्भ नम्बर ७८८ तथा सहायक स्तम्भ ७८८/१, ७८८/२, ७८८/३ र ७८७/३ फिल्डमा नरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। उक्त क्षेत्रमा गस्तीमा समेत जान सकिने…
दार्चुला: शिल्यान्यास गरेको पाँच वर्ष बितिसक्दा पनि दार्चुलाका तीन स्थानमा निर्माण गरिने अस्पताल भवनको काम ठप्पप्रायः भएको छ। विसं २०७७ मङ्सिर १५ गते सरकारले दार्चुलाका विभिन्न सात स्थानमा आधारभूत स्वास्थ्य अस्पताल निर्माणको शिल्यान्यास गरेको थियो। अस्पताल भवन निर्माण नहुँदा, लेकम, दुहुँ र अपि हिमाल गाविसका बासिन्दा बिरामी हुँदा छिमेकी पालिकाका अस्पताल, जिल्ला अस्पताल, भारतीय अस्पताल तथा धनगढी र काठमाडौँसम्म पुग्नुपर्ने बाध्यता छ। अस्पताल भवन समयमै निर्माण नहुँदा साधारण सेवाको लागि बाहिर जानुपर्ने बाध्यता रहेको लेकमका स्थानीय ललितसिंह खत्री बताउछन्। लेकम गाउँपालिकामा आर्थिक वर्ष २०७७/७८ मा जगदम्बायमुना जेभीले ठेक्का पाएको १० शय्या अस्पताल भवन निर्माण भर्खर सुरु भएको छ। कूल सात…
धनगढी: ‘ढोग दिया’ शब्दको दुरुपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ। प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा-संस्कृतिलाई होच्याउने खालका गीत-सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन्। प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत-सङ्गीत प्रसारणमा रोक लगाउन सम्बन्धित निकायसँग माग गरेका छन्। काली-कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द हुनुपर्ने उनको भनाइ छ। संस्कृति र परम्परालाई अपमानित गर्ने खालका सामाजिक सञ्जालमा प्रकाशन, प्रसारण हुँदै आएका अपाच्य गीत-सङ्गीत तथा विषयवस्तु प्रकाशन प्रसारण गर्ने र तयार…
काठमाडौं: पत्रकार श्यामसुन्दर पुडासैनीको निधन भएको छ। शुक्रबार राति करिब १० बजे उनको निधन भएको हो। अफिसको नियमित काम सकेर कोठा पुगेपछि अचानक ढलेका पुडासैनीलाई आफन्तले उपचारका लागि हेल्पिङ ह्यान्ड्स अस्पताल, चावहिल पुर्याएका थिए। अस्पताल पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। उनको मृत्युको कारण खुल्न बाँकी छ। तर, केही दिनयता उनी बिरामी रहेको उनीसँगै कार्यरत पत्रकार दीपेन्द्र सापकोटाले जानकारी दिए। अस्पतालमा नियमित जाँच गर्दै उनी कार्यालय जाने गरेका थिए। नुवाकोट घर भएका उनलाई हृदयाघात भएको अनुमान गरिएको छ। करिब ३३ वर्षीय पुडासैनी अविवाहित थिए। हाल नेपाल भ्युजमा उपसम्पादकको रुपमा कार्यरत उनले यसअघि माउन्टेन टेलिभिजन, आजतक, हिमालयन टाइम्स डेली, प्राइभ टेलिभिजन, रेडियो…