Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – एमाले सांसद भीम रावलले धेरै ठूलो दबाबपछि स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेकोमा धन्यवाद दिएका छन् । उनले सत्ता पक्षकै सांसदहरूको जोडबल र प्रमुख प्रतिपक्ष दलको दबाबकै कारण सरकारले एसपीपी अस्वीकार गर्ने निर्णय गरेको बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले अझै पनि एसपीपी अघि बढाउने हुन् कि भन्ने आशंका रहेको बताए । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी स्वीकार गर्न नसक्ने पत्र पठाउने निर्णय गरेकाले अझै पनि संशय रहेको बताए । प्रधानमन्त्री देउवा नै अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा उपस्थित नभएर संसदीय समितिको मानमार्दन गरेको आरोप लगाए । नेता रावलले प्रधानमन्त्री संसदीय समिति बैठकमा नआउने बरु बालुवाटारमा पाँचदलीय…

Read More

काठमाडौं –रवि लामिछाने आफूले निर्माण गरेको नयाँ पार्टी आजै दर्ता गर्न जाने भएका छन् । उनले आज (मंगलबार) राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एक कार्यक्रम मार्फत ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्माणको आज घोषणा गरेका थिए । सभागृहमा आयोजित कार्यक्रममा लामिछानेले आफ्नो पार्टीको प्रस्तावित चुनाव चिन्ह पनि सार्वजनिक गरे । उनका अनुसार पार्टीले निर्वाचन आयोगमा घण्टी चुनाव चिन्हको माग गर्नेछ । ‘हामी भ्रष्टहरूको दिमागमा घण्टी बजाउनेछौँ,’ लामिछानेले भने । लामिछानेले निर्वाचन आयोगबाट फर्केर आजै पार्टीको बैठक बस्ने जानकारी दिए । पार्टी अगाडि बढाउन २१ सदस्यीय प्रारम्भिक कमिटी गठन गरिएको उनले बताएका छन् ।

Read More

काठमाडौं – वायु सेवा सञ्चालक संघ नेपालले भोलि (बुधबार) देखि देशभर हवाई उडान बन्द गर्ने घोषणा गरेको छ। संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले विभिन्न कम्पनीका ५५ वटा जहाज र हेलिकप्टरहरूले राती काठमाडौंबाहिर तोकिएको आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने भनी गरेको निर्णयको विरोधमा आफ्ना विमान र हेलिकप्टर नचलाउने निर्णय गरेको हो। सरकारले गरेको निर्णयमा चित्त नबुझै कारण संघले अत्यावश्यक सेवामा बन्दको घोषणा गरेको हो। ‘बाध्यात्मक रूपमा यस संघसंग आवद्ध सम्पूर्ण हेलिकप्टर तथा हवाई सेवा कम्पनीहरूले प्रदान गर्दै आएका आपतकालीन उद्धारलगायत नियमित उडानहरू मिति २०७९।०३।०८ गतेबाट स्थगित गरिएको व्यहोरा जानकारी गराउन चाहन्छौं,’ संघको विज्ञप्तिमा भनिएको छ। प्राधिकरणका अनुसार हाल ११ वटा हेलिकप्टर कम्पनीका…

Read More

काठमाडौं – राजनीतिमा होमिएका रवि लामिछाने आफ्नो पार्टीका संरचनाबारे जानकारी गराएका छन् । उनले मंगलबार आयोजित घोषणा सभामा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ को सात विशेषताबारे जानकारी गराएका हुन् । आफूले प्रस्तावित गरेको पार्टीले प्रत्यक्ष निर्वाचिन प्रधानमन्त्रीदेखि भ्रातृसंगठन र कार्यकर्तारहितसम्मको विशेषता प्रस्तुत गरेका छन् । उनले आफूहरूले कहिल्यै चन्दा नलिने घोषणा पनि गरे । स्वयंसेवीबाट आर्थिक सहायता जुटाउने उनले बताए ।लामिछानेले आफ्नो पार्टीको सात विशेषता यसरी सुनाए । १. प्राइमेरी निर्वाचन हुने२. युवालाई ५० प्रतिशत एकको व्यवस्था३. प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने४. राइट टु रिकल र राइट टु रिजेक्टको व्यवस्था५. डिजिटल डेमोक्रेसीको व्यवस्था गर्ने६. परिवारवादलाई पूर्ण रूपमा निषेध७. भ्रातृसंगठन र…

Read More

काठमाडौं – पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोलेका छन्। उनले आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्। मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्। अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए। पार्टी घोषणा गर्नुअघि उनले आफू व्यवस्था परिवर्तन गर्न नभई जनताको अवस्था परिवर्तन गर्न राजनीतिमा आएको बताए। तर पार्टी घोषणा गरेपछि उनले राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्ष निर्वाचित र मुख्यमन्त्रीको एजेन्डा अघि बढाउने बताए। नेपालमा अहिले संसदीय प्रणाली छ। संघीय सरकारमा प्रतिनिधि सभाबाट प्रधानमन्त्री र प्रदेश सभाबाट मुख्यमन्त्री छानिने संवैधानिक व्यवस्था…

Read More

काठमाडौं – राजनीतिमा लागेर नागरिकको अवस्था बदल्न अग्रसर भएका रवि लामिछाने कुनै पनि दलमा प्रवेश नगर्ने घोषणा गरेका छन् । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक कार्यक्रम गरेर उनले आफू व्यवस्था बदल्न नभइ, नागरिकको अवस्था बदल्न राजनीतिमा आएको घोषणा गरेका छन् । लामिछानेले आम नागिरकलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्ने बताउदै आफू भएका दलहरुवले नागरिकको आशा विपरीत काम नगर्ने बताए । उनले अहिलेको राजनीतिक दलको प्रवृतीप्रती पनि दोष देखाए ।जनमत गुमाउँदा पनि एउटाले अर्कोसँग, अर्कोले अर्कोसँग गठबन्धन गरेर सत्तामा रहने प्रपञ्च गरिरहेको आरोप उनले लगाए ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले तनावमुक्त शान्त मन, रोगमुक्त स्वस्थ्य शरीर, आघात मुक्त चित्त विकासमा योगको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा भारतीय राजदूतावासले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नियमित योग अभ्यासबाट व्यक्तिको स्वास्थ्य अवस्था सुदृढ हुनुका साथै व्यक्ति तनावमुक्त भई कार्य क्षमतामा वृद्धि हुने, रोग प्रतिरोधात्मक क्षमता बढ्ने, व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने,’नियमित योग अभ्यासबाट अनुशासन र आन्तरिक ऊर्जा प्राप्ति हुने, आत्म ज्ञान प्राप्ति र आत्मप्रेरणा हासिल भई काममा प्रभावकारिता आउनेलगायतका सकारात्मक गुणको विकास हुन्छ भन्ने कुरा अनुभवले देखाइसकेको विषय हो । विशेषतः नसर्ने रोगको रोकथाम, उपचार र…

Read More

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले समाचार संकलन गर्न गएका पत्रकारमाथि धरपकड गरेको छ । प्रहरीले सोमबार राती भीमदत्त नगरपालिका १८ महेन्द्रनगर गल्ली नम्बर ४ मा सडक कालोपत्रे गर्नका लागि अलकत्रा बोकेको ट्याङकरमा आगलागी भएको घटना बारे समाचार संकलन गर्न गएका पत्रकार रवि विवसमाथि निष्कृष्ठ अमानविय दुव्र्यवहार गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले पत्रकार विवसमाथि दुव्र्यवहार गर्दै शक्तिको आडमा जबरजस्त पक्राउ गरी हिरासतमा राखेको थियो । प्रहरीसंग विवाद गरेको निहुँ बनाएर प्रहरी निरीक्षक ठगुन्नाले मानव अधिकार उलङघन हुने गरी पत्रकार विवसलाई जबरजस्त गाडीमा धकेलेर हिरासतमा राखेका थिए । पत्रकार विवसको प्रहरीको धरपकडबाट नाक सहित शरिरमा चोट…

Read More

काठमाडौं – नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले लोकतन्त्रमा सत्ता पक्ष र प्रतिपक्षबीच धेरै विषयमा विमति रहने भए पनि राष्ट्रिय हित, विदेश नीतिमा विमति हुनु नहुने बताएका छन् । मंगलबार पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री समेत रहेका ज्ञावलीले एमसीसीलाई देशभित्र गिजोलिएको र झण्डै भूराजनीतिक द्वन्द्वको अवस्थामा पुगेको बताए । दलहरूले सत्तामा रहँदा आफैले हस्ताक्षर गर्ने र सत्ता बाहिर रहेपछि राजनीतिक तथा दलीय स्वार्थका कारण गिजोलेको उनले बताए । नेपालले अहिले भूराजनीतिक बदलाव र त्यसका बाछिटा भोगिरहेको उल्लेख गर्दै उनले देशको अस्मिता जोगाउन हाम्रा पुर्खाले देखाएका कुशलताबाट पनि धेरै कुरा सिक्न सकिने प्रस्ट पारे । नेपालको संविधानले इतिहासमा पहिलो पटक राष्ट्रिय हितको…

Read More

काठमाडौं – नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ९७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ। । हिजो सोमबारको तुलनामा आज मंगलबार सुन-चाँदीको मूल्य स्थिर छ। अघिल्लो दिन पनि सुन-चाँदी सोही मूल्यमा कारोबार भएको थियो। यो साताको पहिलो दिन आइतबार सुन प्रतितोला ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आइतबारदेखि चाँदीको मूल्यमा भने स्थिरता कामय छ। आज अन्तर्राष्ट्रिय बजारमा भने सुनको मूल्य घटेर प्रतिऔंस १८ सय ३९ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More