Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको माग सम्वोधन गर्नका लागि सरकारले आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढाएको छ । जघन्यसहित विभिन्न आरोपमा पक्राउ परेका ३२ मध्ये पहिलो चरणमा आठ जनालाई रिहाइ गर्ने प्रक्रिया गृह मन्त्रालयले अघि बढाएको हो । गत बुधबार गृहमन्त्री बालकुष्ण खाँण र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको टोलीबीच भएको भेटघाटमा सो जानकारी आदान प्रदान भएको हो । ‘पक्राउ परेका ३३ मध्ये आठ जनालाई रिहाइ गर्ने प्रक्रिया अघि बढेका गृहमन्त्रीले जानकारी दिनुभएको छ भने यसअघि एक जना छुटिसक्नु भएको छ,’ विश्वकर्माले न्युज कारखानासँग भने, ‘गृह मन्त्रालय, कानुन मन्त्रालय र महान्यायाधिवक्ताको कार्यालयले समन्वय गरेर तत्कालै रिहाइ…

Read More

चितवन – चितवनमा पछिल्लो समय बाघले मान्छेलाई आक्रमण गरेका घटना बढेका छन् । बाघको आक्रमणका घटना बढेपछि चितवनमा निकुञ्ज आसपास बसोबास गर्ने मानिसमा त्रास बढेको छ । खेतमा तरकारी टिप्न गएकादेखि जंगलमा घाँस दाउरा खोज्न गएका व्यक्तिलाई बाघले आक्रमण गरिरहेको छ । बाघको आक्रमणको घटना बढ्दै गए पनि यसको न्यूनीकरणमा स्थानीय सरकार वा केन्द्र सरकारले चासो दिएको छैन । आज बिहान खेतमा तरकारी टिप्न गएका पूर्वी चितवनको राप्ती नगरपालिका–१ डिपार्टका ४३ वर्षीय इन्द्रबहादुर थिङ ९वाईबा०लाई बाघले आक्रमण गरेको छ । बाघको आक्रमणबाट घाइते भएका थिङको उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी…

Read More

काठमाडौं – त्रिभुवन विश्वविद्यालयको पदाधिकारी कार्यकक्षमा पाँच महिनादेखि लगाएको ताला खोल्न नेविसंघ सहमत भएको छ। संघले आज विज्ञप्ती निकालेर त्रिविको ताला खोल्ने जनाएको हो। नेविसंघ त्रिवि समितिले गत माघदेखि ताला लगाएको थियो। ‘त्रिवि भित्रका भ्रष्टाचार, बेथिती र आस्थाका आधारमा प्राध्यापक, विद्यार्थी र कर्मचारीमाथि भएको श्रृंखलावद्ध प्रणालीगत प्रहारका बारेमा १५ दिनभित्र उच्चस्तरीय निष्पक्ष छानबिन समिति गठन गर्न सरकारसँग माग गर्दै तत्कालका लागि तालाबन्दीलगायत आन्दोलन स्थगित गरिएको छ,’ नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालेले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। एमाले निकट विद्यार्थी संगठनले तीनदिन भित्र ताला नखोले आफूहरुले ताला फोड्ने चेतावनी दिएको थियो। त्यस्तै त्रिविको तालाबन्दीबारे संसदमा जोडदार माग उठेपछि नेविसंघ लचिलो भएको…

Read More

कञ्चनपुर- ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ। निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशीलाई विशेषगरी वैष्णव सम्प्रदायले विशेष पर्वका रूपमा मनाउँछ। आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।…

Read More

दार्चुला- दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपीलाई पनि समातेको छ । मुख्य आरोपित शैल्यशिखर नगरपालिका–१ कै ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। यससंगै प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । अर्का दुई आरोपीलाई भने प्रहरीले भाग्दै गर्दा बुधबार नै पक्राउ गरेको थियो । बुधबार बिहान शैल्यशिखर नगरपालिका–१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव खरले जलाइएको अवस्थामा फेला परेको थियो। उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन। उनीहरुलाई…

Read More

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

Read More

कैलाली- कैलालीकी दुई बालिका बेपत्ता भएकी छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगनियाकी १६ वर्षीया बसन्ती बजगाई र करुणा खत्री बेपत्ता भएकी हुन्। बसन्ती बजगाई एसईई दिएर बसेकी थिइन भने करुणा खत्री कक्षा ८ मा अध्यनतर थिइन्। उनीहरु गत २० गते शनिबार राति ९ बजेदेखि बेपत्ता भएको आफन्तले बताएका छन्। यता प्रहरीले पनि उनीहरुको खोजी गरिरहेको जनाएको छ। उनीहरुलाई कतै फेला पारेमा प्रहरीलाई सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्। साथै उनका बुबाको नम्बर ९७४८२५७९७६ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

Read More

काठमाडौं- झापामा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपीन राईलाई प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका १३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको प्रहीले जनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बैतडी- दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै समाजले तालिमका लागि धनगढी आएका बैतडीका १० वटै पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुलाइ ज्ञापन पत्र बुझाएको समाजका सहसचिव राकेश मडैले जानकारी दिए । ज्ञापन पत्र मार्फत अध्यानको सिलसिलामा बैतडीबाट कैलाली गएका विद्यार्थीहरुको समस्या सामाधानका लागि पहल गर्न माग गरिएको छ । यस्तै शिक्षा क्षेत्रको सर्वाङगण्ीय विकासका लागि काम गर्न, बैतडेली भाषा,कला संस्कृतिलाइ तराइका जिल्लामा पहिचान गराउन विभिन्न किसिमका रचनात्मक साँस्कृतिक तथा धार्मीक कार्यक्रम गर्नु पर्ने लगायतका आठ बुंदे माग अघि सारेरे ज्ञापन पत्र बुझाइएको दशरथचन्द बैतडी विद्यार्थी समाज…

Read More

कञ्चनपुर- टिकटक स्टार अंश बर्मालाई परीक्षामा बस्न नदिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको हो। संगठनले सुपवि विद्यालयको कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परीक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो। “विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने नियम छ । तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन्” संगठनका इकाई कमिटी अध्यक्ष प्रेम रावलले भने “नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो,…

Read More