धनगढीः धनगढीमा चट्याङ परेको छ। आज धनगढी उपमहानगरपालिका ५ तारानगर बस्ने कुन्नु नारायण चौधरीको २ तले पक्की घरमा चट्याङ् परेको हो। क्षति -दोस्रो तलाको छतको छज्जामा लम्बाई ४ फिट, चौडाई २.५ फिट प्वाल परेको।-गाडी पार्किङ्ग गर्न बनाएको ग्यारेज टिनमा क्षति।-सोही ग्यारेजमा पार्किङ्ग गरी राखेको बा०१-०२६च ५१०८ नं को कार पछाडीको सिसा फुटेको अन्य भागमा पनि भएको।-से६प ७४६६ नं को स्कुटीमा क्षति।-घरमा जडान भएको ईन्भटर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सव मिटर पुर्ण रुपमा क्षति भएको।
Author: महेन्द्रनगर पोष्ट
धनगढी : सरकारले कोशी प्रदेशको प्रहरी प्रमुखको रुपमा कार्यरत डिआइजी श्यामलाल ज्ञवालीको सोमवार बढुवा गरेको थियो। उनी बढुवा भएर भोलि दर्ज्यानी चिन्ह भिर्ने तयारीमा छन्। तर, उनलाई अख्तियार दुरुपयोग तथा अनुसन्धानको कार्यालयले भने कारबाही गर्न भन्दै गृहमन्त्रालयलाई पत्राचार गरेको खुलेको छ। स्रोतका अनुसार सोमवार नै इन्सपेक्टरमै डिस्क्वालिफाइड हुनुपर्ने ज्ञवालीलाई कारबाही गर्न निर्देशन दिदै अख्तियारले गृहलाई पत्राचार गरेको हो। अख्तियारको आन्तरिक छानविनमा ज्ञवालीले २५ वर्ष १० दिनमा इन्सपेक्टरमा भर्ना भएको देखिएको छ। जबकी नेपाल प्रहरीको प्रहरी नियमावलीअनुसार इन्सपेक्टरमा भर्ना हुन २० वर्ष पूरा भएर २५ वर्ष ननाघेको हुनुपर्छ।उननलाई एआइजी बनाउन कृष्ण बहादुर महरा, व्यापारी रवी केसी लगायतले प्रेसर गरेको समेत स्रोतको…
धनगढी : धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियु विजयी भएको छ। सो क्याम्पसमा अनेरास्ववियुको कुबेर खड्का नेतृत्वको टिम नै विजयी भएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोज राइले जानकारी दिए। सभापतिमा कुबेर खड्का विजयी भएका छन् भने उप-सभापतिमा कमल न्यौपाने, सचिवमा दिपेन्द्र भट्ट, उप-सचिवमा हेमन्त महर, कोषाध्यक्षमा सुदासन चौधरी, सदस्यहरुमा शरद बराल, उमेश बम, मिना कुमारी जोशी, प्रदीप खड्का, दिपक जोशी, दिपकराज जोशी र आशा बिष्ट विजयी भएको उनले बताए। उनका अनुसार यहाँ प्रतिस्पर्धामा रहेको नेविसंघको टिम भने पराजित बनेको छ।
धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना जारी छ। अहिलेसम्मको प्रारम्भिक गणनामा नेकपा एमाले निकट अनेरास्ववियुले अग्रता लिएको छ। अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले ४०० मत गन्दा अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार कुबेर खड्काले २३५ मतसहित अग्रता लिएको जानकारी दिए। यस्तै उनलाई पछ्याइरहेका नेविसंघका महेश जोशीले १२५ मत ल्याएका छन्।
धनगढी: धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतगणना जारी छ। अहिलेसम्मको प्रारम्भिक गणनामा नेकपा एमाले निकट अनेरास्ववियुले अग्रता लिएको छ। अनेरास्ववियु कैलालीका अध्यक्ष किशोर शाहले २०० मत गन्दा अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार कुबेर खड्काले ११३ मतसहित अग्रता लिएको जानकारी दिए। यस्तै उनलाई पछ्याइरहेका नेविसंघका महेश जोशीले ६१ मत ल्याएका छन्।
अछामः अछाममा बालिका करणीको आरोपमा एक जना पक्राउ परेका छन्। शुक्रबार राति जिल्लाको साँफेबगरस्थित एक होटलमा बाजुराकी १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको हो। करणी गरेको आरोपमा प्रहरीले ३० वर्षीय एक पुरुषलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय अछामका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश बिष्टले बताए। घटनाको अनुसन्धान भइरहेकोले प्रहरीले पीडकको नाम भने खुलाइएको छैन्।
धनगढी: धनगढीमा आज राष्ट्रका लागि सँगीत अभियात्रा नामक कार्यक्रम सम्पन्न भएको छ। शनिवार सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी समेत रहेको धनगढीमा कम्युनिस्ट पार्टीका विभिन्न संगठनहरुले उक्त कार्यक्रम गरेका हुन्। नेपालका सम्पूर्ण वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउन र कम्युनिस्ट एकताका लागि दवाब दिन जन साँगीतिक कार्यक्रम गरिएको बताइएको छ। सो कार्यक्रममा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (बहुमत) जनमोर्चा, मसाल लगायतका कम्युनिस्ट नेता तथा कार्यकर्ताको सहभागिता थियो। नेकपा एमालेका स्थायी कमिटी सदस्य सहित रहेका नेता मणि थापा, जनवादी गायकद्वय उदय श्रेष्ठ, जीवन शर्मा लगायतले सो अभियानको थालनी गरेका हुन्। कार्यक्रममा जनयुद्धताको झल्को दिने गीत, कथा…
धनगढी : नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ । सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही रू २ लाख दिएर प्रदेश सरकारले सम्मान गर्न लागेको हो । टिममा परेका सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार लाख दिने घोषणा गरेको छ। यस अघि पनि प्रदेश सरकारले युएईमा २०२३ मार्चमा सम्पन्न भएको आइसिसि यु १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियल लाई सम्मान गर्ने बताएका थियो । प्रति खेलाडीहरूलाई जनही १ लाख र अफिसियललाई…
धनगढी : धनगढीको कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत एक छात्राको मृत्यु भएको छ। आज उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुवरको मृत्यु भएको हो। उनी क्यान्सर रोगबाट पीडित थिइन्। उनको निधनले समग्र कैलाली क्याम्पस शोकमग्न बनेको छ।
धनगढीः नेकपा एमालेको ग्रासरुट अभियान जारी छ। देशैभर एमालेले पार्टी, संगठन सुधार एवं प्रशिक्षणका लागि अभियान चलाएको हो। जसमा पार्टीले केन्द्रीय सदस्य लगायतका शीर्ष नेताहरु खटिएका छन्। यसै क्रममा सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री तथा एमालेका केन्द्रीय सदस्य पठानसिंह बोहरा बैतडीमा खटिएका छन्। बैतडीको सिगास र सुर्नया गाउँपालिकामा उनी ग्रास रुट अभियानका लागि खटिएका हुन्। अहिलेसम्म उनले सुर्नया र सिगासमा मिसन ग्रासरुट अभियान अन्तरगत पालिकास्तरीय कार्यक्रम सम्पन्न भएको र अहिले विभिन्न वडाहरुमा कार्यक्रमहरु भैरहेको बताए। उनका अनुसार अहिले सिगासका वडाहरुमा मिसन ग्रास रुटका कार्यक्रमहरु जारी छन्। त्यसपछि सुर्नयामा कार्यक्रमहरु चल्ने छन्। पार्टी, संगठन बलियो बनाइने, लेवी संकलन तथा सदस्यता नवीकरण…