Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- ज्येष्ठ शुक्ल एकादशी अर्थात् निर्जला एकादशी। वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । निर्जला एकादशीमा जलरहित (पानीसमेत नखाई) उपवास बस्ने विधान वैष्णव ग्रन्थहरूमा उल्लेख छ। ती ग्रन्थमा यो दिन गरिने स्नान, उपवास र दानको महिमा उल्लेख छ। निर्जला एकादशीका दिन राखेको दलको बिरुवा एक महिनापछि अर्थात् आषाढ शुक्ल एकादशीका दिन आँगनमा रहेको मठमा रोपिन्छ। यसरी रोपिएको तुलसीलाई चार महिनासम्म पूजा गर्ने परम्परा छ। यो अवधिलाई चतुर्मास भनिन्छ। यो मात्र नभई वर्षभर पर्ने २४ वटै एकादशीलाई विशेषगरी वैष्णव सम्प्रदायले विशेष पर्वका रूपमा मनाउँछ। आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ ।…

Read More

दार्चुला- दार्चुलामा एकल महिलाको हत्या गरेको आरोपमा प्रहरीले मुख्य आरोपीलाई पनि समातेको छ । मुख्य आरोपित शैल्यशिखर नगरपालिका–१ कै ४२ वर्षीय भोजराज खडायतलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। यससंगै प्रहरीले घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ । अर्का दुई आरोपीलाई भने प्रहरीले भाग्दै गर्दा बुधबार नै पक्राउ गरेको थियो । बुधबार बिहान शैल्यशिखर नगरपालिका–१ स्थित ४५ वर्षीया एकल महिला अमिमा खडायतको शव खरले जलाइएको अवस्थामा फेला परेको थियो। उनको शव फेला परेपछि घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए। प्रहरीले तीन जनालाई पक्राउ गरेको भएपनि सबैको पहिचान खुलाइसकेको छैन। उनीहरुलाई…

Read More

तनहुँ- पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरस्थित ड्याम नजिक सडक भाँसिदा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ । विहीबार रातिदेखि परेको अविरल वर्षाका कारण सडकको भाग भासिएको हो । सडकको भाग तलबाट भाँसिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । तत्काल मर्मतसम्भार पनि गर्न नसक्ने भएपछि जताबाट आएको त्यतैतर्फ सवारीसाधान फर्काइएको उहाँले बताउनुभयो । करिब २० मिटर सडक भासिएको प्रहरीले जनाएको छ ।

Read More

कैलाली- कैलालीकी दुई बालिका बेपत्ता भएकी छन्। लम्कीचुहा नगरपालिका वडा नम्बर २ बगनियाकी १६ वर्षीया बसन्ती बजगाई र करुणा खत्री बेपत्ता भएकी हुन्। बसन्ती बजगाई एसईई दिएर बसेकी थिइन भने करुणा खत्री कक्षा ८ मा अध्यनतर थिइन्। उनीहरु गत २० गते शनिबार राति ९ बजेदेखि बेपत्ता भएको आफन्तले बताएका छन्। यता प्रहरीले पनि उनीहरुको खोजी गरिरहेको जनाएको छ। उनीहरुलाई कतै फेला पारेमा प्रहरीलाई सम्पर्क गरिदिन आफन्तले आग्रह गरेका छन्। साथै उनका बुबाको नम्बर ९७४८२५७९७६ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन्।

Read More

काठमाडौं- झापामा ११ वर्षीया बालिका बलात्कार गरेको अभियोगमा अर्जुनधारा नगरपालिका ११ बस्ने २८ वर्षीय विपीन राईलाई प्रहरीले पक्राउ गरेको छ। मेचीनगर नगरपालिका १३ चारआलीस्थित झिल जाने बाटोमा ती बालिकालाई राईले मंगलबार राति जबरजस्ती करणी गरेको प्रहीले जनाएको छ। यस सम्बन्धमा थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

बैतडी- दशरथचन्द बैतडी विद्यार्थी समाज कैलालीले जिल्लाको स्थानीयतहमा निर्वाचित प्रमुख उपप्रमुखहरुलाइ ज्ञापन पत्र बुझाएको छ । विद्यार्थीको हकहितमा काम गर्न माग गर्दै समाजले तालिमका लागि धनगढी आएका बैतडीका १० वटै पालिकाका प्रमुख उपप्रमुख, अध्यक्ष उपाध्यक्षहरुलाइ ज्ञापन पत्र बुझाएको समाजका सहसचिव राकेश मडैले जानकारी दिए । ज्ञापन पत्र मार्फत अध्यानको सिलसिलामा बैतडीबाट कैलाली गएका विद्यार्थीहरुको समस्या सामाधानका लागि पहल गर्न माग गरिएको छ । यस्तै शिक्षा क्षेत्रको सर्वाङगण्ीय विकासका लागि काम गर्न, बैतडेली भाषा,कला संस्कृतिलाइ तराइका जिल्लामा पहिचान गराउन विभिन्न किसिमका रचनात्मक साँस्कृतिक तथा धार्मीक कार्यक्रम गर्नु पर्ने लगायतका आठ बुंदे माग अघि सारेरे ज्ञापन पत्र बुझाइएको दशरथचन्द बैतडी विद्यार्थी समाज…

Read More

कञ्चनपुर- टिकटक स्टार अंश बर्मालाई परीक्षामा बस्न नदिएको भन्दै सुदूरपश्चिम विश्वविद्यालयमा तालाबन्दी गरिएको छ। राप्रपा निकट रास्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तालाबन्दी गरेको हो। संगठनले सुपवि विद्यालयको कानुन संकायको दोस्रो सेमेस्टरमा अध्ययनरत छात्र अंश वर्मालाई व्यक्तिगत कारणले एन.क्यु. लगाएर परीक्षामा बस्न नदिएको भन्दै विज्ञप्ति जारि गर्दै तालाबन्दी गरेको हो। “विश्वविद्यालयको नियमानुसार ८० प्रतिशत हाजिर पुगेका विद्यार्थीले मात्र परीक्षामा सहभागी हुन पाउने नियम छ । तर अधिकांश विद्यार्थीहरुको ८० प्रतिशत नपुगेतापनि परिक्षामा सहभागी भैरहेका छन्” संगठनका इकाई कमिटी अध्यक्ष प्रेम रावलले भने “नियम सबैका लागि समान हुनुपर्छ कि त कसैलाई बस्न दिनु भएन कि सबैलाई बस्न दिनु पर्यो,…

Read More

काठमाडौं- नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र पश्चिमी तथा मध्य भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश र अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम सफा रही प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ । शुक्रवार प्रदेश १, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया…

Read More

आज – २७ जेठ २०७९ शुक्रवारको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोमाञ्चक यात्रा होला । प्रेमीको सहयोग प्राप्त हुनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) आज कुनै कुराले मन प्रसन्न रहनेछ । नयाँ र शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्ला, तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ…

Read More

काठमाडौं- सरकारले १२ देखि १७ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस (कोभिड) विरुद्धको बुस्टर डोज दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार (भोलि)देखि उक्त उमेर समूहका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको दिने जनाएको हो । पूर्ण मात्रा खोप लगाएका यस उमेर समूहका बालबालिकालाई बुस्टर डोज मोडर्ना तथा फाइजर जुन लगाएपनि हुने मन्त्रालयले जनाएको छ । मोर्डना खोप बुस्टर लगाउँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ भने फाइजर खोप ०.३ एमएल दिनुपर्ने हुन्छ ।

Read More