Author: महेन्द्रनगर पोष्ट

कैलाली- नेपाल ट्रेड युनियन महासंघ जिफन्ट सुदूरपश्चिम प्रदेशको अध्यक्षमा जितबहादूर मल्ल चयन भएका छन्। मंगलवार भएको प्रदेशको प्रथम अधिवेशनबाट मल्ल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। जिफन्टको प्रदेश सचिवमा चन्द्र प्रकाश गैरे, उप सचिवमा सोभा रावल निर्बिरोध चयन भएका छन्। यस्तै सदस्यमा कृष्णप्रसाद ढुंगेल, चन्द्रा खड्का, कर्णबहादुर हमाल, दानबहादुर बिष्ट, अर्जुन न्यौपाने, भोजबहादुर ऐर, चित्रा ओझा, गीता सिहं, विष्णुमाया अर्याल, कमला देवकोटा, दानबहादुर चन्द, कृतिबहादुर शाही, माधवी शाही र हिरादेवी बिष्ट चयन भएका छन्।

Read More

काठमाडौं- स्रोत नखुलेको झण्डै चार करोड रुपैयाँसहित ५ जना पक्राउ परेका छन्। चन्द्रागिरी नगरपालिका–२ स्थित नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रूपैयाँसहित ५ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरु चारजना चिनियाँ नागरिक छन्।नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डिक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको प्रहरीले जनाएको छ।

Read More

कैलाली- धनगढी उपमहानगरपालिकाले कार्यपालिका बैठकमा बोतलको पानी प्रयोग नगर्ने भएको छ। उपमहानगरपालिकाका मेयर गोपाल हमालले सबैको सुझाव अनुसार अबदेखि बैठकमा बोतलको पानी (मिनिरल वाटर) प्रयोग नगर्ने जानकारी दिए। उनका अनुसार अब बैठकमा सामान्य पिउने पानी प्रयोग गरिने छ। मंगलबार फेसबुकमा प्रमुख हमालले लेखेका छन्, ‘बैठकहरूमा मिनरल वाटर प्रयोग नगर्न सल्लाह दिई तामाको गिलासमा खानेपानी प्रयोग गर्न सुझाव दिनु भएकोमा के आर भट्ट ज्यूलाई धन्यवाद। उहाँको सुझाव पढेर उपमहानगरपालिकाको हिजोको कार्यपालिका बैठकमा मैले सुनाए। कार्यपालिकाका सबै सदस्यहरूले बैठकमा मिनरल वाटर प्रयोग नगरि सामान्य खानेपानी प्रयोग गर्ने प्रतिबद्धता गर्नुभयो।’

Read More

कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका–११ डोकेबजारबाट बेहोस अवस्थामा उद्धार गरिएका युवकको मृत्यु भएको छ। परिचय नखुलेका अन्दाजी ३५ वर्षीय युवकको उपचारका क्रममा मंगलबार मृत्यु भएको हो। नेपाल–भारत सीमा क्षेत्र डोकेबजारबाट भारतीय सीमा सुरक्षा बल एसएसबीले बेहोस अवस्थामा रहेका युवकलाई सोमबार राति नेपाल प्रहरी जिम्मा लगाएको थियो। त्यसपछि प्रहरीचौकी परिसरबाट खटी गएको टोलीले युवकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पु¥याएको थियो। युवकको शव सेती प्रादेशिक अस्पताल धनगढीको शवगृहमा राखिएको छ। मृतकको वर्ण गहुँगोरो, उचाइ पाँच फिट, कपाल कालो, अनुहार गोलो, रातो पाइन्ट, कालो रातो बुट्टेदार हाप टिसर्ट लगाएको बाँया गालामा कोठी र बोके दाह्री र जुङ्गा भएको हुलिया रहेको जिल्ला प्रहरी…

Read More

कैलाली- सरकारले फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको अध्यक्षमा सुवाश शाहीलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले युवा तथा खेलकुदमन्त्रालयको सिफारिसमा फाप्ला क्रिकेट रंगशाला निर्माण अभियानका अभियन्ता समेत रहेका शाहीलाई अध्यक्षमा नियुक्त गरेको हो। सरकारले गत वैशाख २६ गते ‘फाप्ला क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समिति आदेश २०७९’ राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आदेश बमोजिम मन्त्रीपरिषद्ले समितिलाई पूर्णता दिएको हो। विकास समिति आदेशमा रंगशाला तथा खेलमैदान निर्माणमा मुख्य कार्यकारी भूमिका रहने समिति ९ सदस्यीय हुने व्यवस्था गरिएको थियो। धनगढी मुख्य चौराहादेखि ५ किलोमिटर उत्तरपश्चिममा अवस्थित फाप्ला क्षेत्रको साढे ३८ विघा क्षेत्रफलमा सरकारले फाप्ला अन्तर्राष्ट्रिय…

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलकी छोरी संज्ञा पोखरेल घरको चारतला माथिबाट खसेर गम्भीर घाइते भएकी छिन् । सोमबार आफ्नै घरको चारतला माथिबाट खसेर घाइते भएकी पोखरेलको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ । सुरुमा मनमोहन अस्पताल पुर्याइएकी पोखरेलको अहिले ट्रमा सेन्टरको सघन उपचार कक्षमा उपचार भइरहेको स्रोतले जनाएको छ । उनको दायाँ तर्फको खुट्टाको दुई ठाउँमा भाचिएको छ भने दायाँ हात पनि भाँचिएको छ । उनको कम्मरको हड्डी भाचिनुको साथै अनुहारमा पनि चोट लागेको छ। छोरीको स्वास्थ्य अवस्था बुझ्न पौडेल मंगलबार ट्रमा सेन्टर पुगेका थिए ।

Read More

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पशुपतिनाथ मन्दिरका नाममा भएका तर अतिक्रमण गरिएका सबै जग्गा फिर्ता ल्याइने बताउनुभएको छ । भूकम्पका कारण भत्किएको पशुपतिनाथ परिसरमा रहेको विश्वरुपा मन्दिर तथा सतल पुनः निर्माणका लागि आज शुभारम्भ गर्दै उहाँले पशुपतिनाथको जग्गा अतिक्रमण गरी बनाइएका टहरा भत्काइ अतिक्रमण भएको जमिन सबै फिर्ता गराइने प्रतिवद्धता जनाउनुभयोे । मन्त्री आलेले भन्नुभयो, “सरकारी सम्पत्ति र भगवान्को जमिन कसैले मिच्न र अतिक्रमण गर्न पाउँदैैन, अतिक्रमण भएका सबै जग्गा फिर्ता गराएरै छाड्छु ।” उहाँले राणा प्रधानमन्त्री जङगबहादुरका पालमा निर्माण भएको विश्वरुपा मन्दिर विसं २०७२ को भूकम्पका कारण भत्किएकाले अब यो मन्दिर चाँडै पुनःनिर्माण हुने बताउनुभयो…

Read More

पोखरा – गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष ०७९/८० का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रदेशसभा भवन नदिपुरमा अहिले नीति तथा कार्यक्रम प्रस्तुतीकरण भैरहेको छ । बहालवाला सरकारको यो नै अन्तिम नीति तथा कार्यक्रम हुनेछ । संविधानतः बजेटभन्दा अघि नीति तथा कार्यक्रम पेश र पारित गर्नुपर्छ । प्रदेश सरकारले १ असारमा बजेट ल्याउँदैछ । त्यसैका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो । नीति कार्यक्रम पेश गर्न पुगेका गुरुङलाइ नेपाल प्रहरीकाे टुकडीले सलामी दिएकाे छ ।

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३७६ जनाको परिक्षण गरिएकोमा पीसीआर विधिबाट ७ र एन्टीजेन विधिबाट २१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा ९ जना संक्रमणममुक्त भएका छन् । यससँगै नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या १ सय ७ रहेको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ लाख ८ हजार ७९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

Read More

काठमाडौं– बन्चरेडाँडामा काठमाडौंको फोहोर व्यवस्थापन सुरु भएको छ । फोहोर बोकेर पुगेका टिपरलाई अवरोध गर्न खोज्ने १४ जना स्थानीहरू पक्राउ परेपछि फोहोर व्यवस्थापन पुनः सुरु भएको हो । उपत्यकामा थुप्रिएको फोहोर विसर्जनको लागि बञ्चरेडाँडा पुर्‍याइएका काठमाडौं महानगरका गाडी स्थानीयले अवरोध गरेका गरेका थिए । फोहोर बोकेका गाडी रोक्न खोजेपछि प्रहरीले संघर्ष समितिका संयोजकसहित १४ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । नुवाकोट प्रहरी प्रमुख रामप्रकाश शाहले फोहोर व्यवस्थापनमा अवरोध गर्नेहरूलाई पक्राउ गरिएको बताएका छन् । ‘१४ जनालाई नियन्त्रणमा लिएपछि अहिले अवरोध क्लियर भएको छ । फोहोर व्यवस्थापन पनि सुरू भइसक्यो’, शाहले भने । सोमबार सम्बन्धित स्थानीय तहसमेतको सहमतिमा आजबाट फोहोर उठाउन थालिएको थियो । सोही सहमतिअनुसार बन्चरेडाँडामा फोहोर पठाइएको थियो ।…

Read More