Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – सानिमा लाइफ इन्स्योरेन्सले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको टिकापुर शाखाले मृतक स्वर्गीय बीमित गौरी प्रसाद भाटको श्रीमती पवित्रा भाटलाई २ लाख रुपैयाँ दावी वापत हस्तान्तरण गरेको हो। मृतक गौरी प्रसाद भाट १ वर्षको पहिले बीमांक रकम २ लाख रुपैयाँको जीवन बीमा गराएका थिए। टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेकी हुन् । सो कार्यक्रममा सानिमा लाइफ टिकापुर शाखाका शाखा प्रबन्धक श्रद्धा जोशी, बजार अधिकृत तुलिराम चौधरी र एजेन्सी मेनेजर बिष्ण जोशी लगायत स्थानियाको उपस्थिति रहेको थियो।

Read More

म्याड्रिड – स्पेनी क्लब रियल म्याड्रिडले रुसी आक्रमणमा विस्थापित युक्रेनीका लागि १० लाख यूरो सहयोग प्रदान गर्ने भएको छ । हमलामा युक्रेनबाट विस्थापित भएर विभिन्न देशमा शरण लिएकाहरुलाई सो सहयोग प्रदान गरिने लालिगाका नेताहरुले जनाएका छन् । उक्त सहयोग रेडक्रस, राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआर र युक्रेनमा कार्यरत अन्य संगठनहरुमार्फत प्रदान गरिनेछ । राष्ट्रसंघका अनुसार झन्डै २५ लाख युक्रेनीले देश छाडेर विभिन्न छिमेकी देशमा शरण लिइरहेका छन् ।

Read More

काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

Read More

धनगढी – गत ३० फागुनमा कैलाली पुगेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि चाडै नै आउने बताए । प्रचण्डको यस्तो भनाइ पछि सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसको सहभागिता भइ हाल्छ होला भन्ने धेरैको सोचाइ थियो । तर, कांग्रेसमा भने अझै पनि प्रदेश सरकारको मन्त्री परिषद्मा जाने वा नजाने भन्ने दुविधा छ । ‘पार्टीले अझै पनि कुनै निर्णय पठाएको छैन,’ नेपाली कांग्रेस प्रदेश संसदिय दलका नेता डाक्टर रणबहादुर रावलले भने, ‘कसलाई मन्त्री बनाउने भन्ने पनि टुङ्गो छैन, हामी केन्द्रको प्रतिक्षामा छौं ।’ उनले कांग्रेस सरकारमा जाँदा मुख्यमन्त्री नै पाउनुपर्ने दावी समेत गरेका छन् ।…

Read More

काठमाडौं – जापानमा गएको भूकम्पमा परी २ जनाको ज्यान गएको छ भने अरु ९२ जना घाइते भएका छन् । उत्तरपूर्वी जापानमा गएको सो भूकम्प ७.३ रेक्टर स्केलको रहेको बताइएको छ । बुधबारको सो भूकम्पबाट भएको अरु क्षतिको विवरण संकलन भइरहेको बताइएको छ । बुधबार रातिको सो भूकम्पका कारण धेरै नागरिक त्रसिद भएका बताइएको छ । बिहीबार बिहान ६.३० बजे प्राप्त समाचारमा सो भूकम्पबाट कम्तीमा २ जनाको ज्यान गएको र अरु ९२ जना घाइते भएका बताइएको छ । उत्तरपूर्वी जापानका मियागी र फुकुसिमा प्रिफेक्चर सो भूकम्पबाट प्रभावित भएका थिए । जापानको अग्नि तथा प्रकोप व्यवस्थापन विभागका अनुसार सो भूकम्प ७.४ रेक्टर…

Read More

काठमाडौं – रौतहटस्थित चन्द्रनिगाहपुर गौर सडक खण्डअन्तर्गत हर्साहा चौकमा स्कर्पियोको ठक्करबाट २ जना युवकको मृत्यु भएको छ । बा १७ च ६१६३ नम्बरको स्कर्पियो पिक पले गए राति साढे ८ बजे हर्साहा चोकमा ठक्कर दिँदा २ जना पैदल यात्रुको मृत्यु भएको हो । मृत्यु हुनेमा वृन्दावन नगरपालिका–६ स्थानीय हर्साहा गाउँका वर्ष ३५ का जितेन्द्र पटेल र सोही ठाउँका २८ वर्षीय हरि कुमार ठाकुर रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख (डिएसपी) श्रीराम भण्डारीले बताएका छन् । ठक्कर लागि गम्भीर घाइते भएका ठाकुरको उपचारको क्रममा स्थानीय अस्पताल र पटेलको उपचारको लागि एम्बुलेन्सबाट भरतपुर जाने क्रममा राति नै मृत्यु भएको डिएसपी भण्डारीले जानकारी…

Read More

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । बुधबारको तुलनामा आज बिहिबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको हो । हिजो प्रतितोला ९९ लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज विहिबार प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला १२०० रुपैयाँले घटेको थियो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ३०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो बुधबार प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भएको चाँदी आज विहिबार प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार हुने महासङ्घले…

Read More

काठमाडौं – प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले नेपालीहरूको महान् पर्व फागु पूर्णिमा होलीका अवसरमा देश, विदेशमा बस्ने सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्री राईले आज जारी गरेको शुभकामना सन्देशमा सो अवसरमा सबैको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गरेका छन। बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले भरिपूर्ण सुन्दर देश नेपालमा मनाइने विभिन्न चाडपर्वले सुदृढ सामाजिक एकता कायम गर्ने विश्वास रहेको कला र संस्कृतिले भरिपूर्ण नेपालमा देशैभर उत्साहका साथ मनाइने फागु पूर्णिमा होली यस वर्ष हिमाली तथा पहाडी जिल्लामा चैत ३ गते र तराईका जिल्लामा चैत ४ मा मनाइँदै छ। रङहरूको पर्वका रूपमा मनाइने होली पर्वका बेला…

Read More

हेटौंडा – मकवानपुरको हेटौंडा–१६ हटियास्थित शिवम् सिमेन्ट उद्योगमा च्यापिएर एक मजदुरको मृत्यु भएको छ। सिमेन्ट उद्योगमा कार्यरत भारतीय मुलुकका अन्दाजी २० वर्षीय एक युवकको काम गर्ने क्रममा च्यापिएर मृत्यु भएको हो। उद्योगको प्लान्टमा रहेको मेसिनमा च्यापिएर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता निरीक्षक राजकुमार सापकोटाले जानकारी दिए। नाम नखुलेका उनको उपचारको क्रममा आज हेटौंडा अस्पतालमा मृत्यु भएको उनले निरीक्षक सापकोटाले बताए।

Read More

एजेन्सी – कोरोनाभाइरसको संक्रमण फेरि संसारभरि बढ्न थालेको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले जनवरी अन्तिमपछि गत साता संसारभर कोरोना संक्रमण ह्वात्तै बढेको बताएको छ। अघिल्लो साताको तुलनामा गत साता (मार्च ७-१३) मा संसारभर कोरोना संक्रमण ८ प्रतिशतले बढेको छ। यो अवधिमा एक करोड १० लाख नयाँ संक्रमित थपिएको र ४३ हजारले ज्यान गुमाएको समाचार संस्था रोयटर्सले जनएको छ। सबैभन्दा बढी संक्रमण चीन र पूर्वी एसियाली मुलुकमा फैलिएको छ। प्रशान्त महासागर क्षेत्रका मुलुकहरूमा संक्रमण दर २५ र मृत्युदर २७ प्रतिशतसम्मले बढेको छ। अफ्रिकामा १२ र युरोपका २ प्रतिशतले संक्रमण बढेको छ। अहिले सबैभन्दा धेरै संक्रमित दक्षिण कोरियामा थपिइरहेका छन्। वर्ल्डोमिटरका अनुसार बिहीबार त्यहाँ…

Read More