काठमाडौँ – पछिल्लो २४ घण्टामा देशभर थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६५४ पीसीआर परीक्षण गर्दा २२ जना र तीन हजार ९३ एन्टिजेन परीक्षणमा पाँच जना गरी जम्मा २७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २२० जना कोरोना संक्रमण मुक्त भएका छन् । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या चार हजार ३७६ रहेको छ । पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।
Facebook Comments Box