Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौं महानगर क्षेत्रमा विद्युतका तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । आइतबार काठमाडौं महानगरको कार्यपालिका बैठकमा उनले यस्तो बताएका हुन् । शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको बताएका हुन् ।

Read More

काठमाडौं – नेकपा एमालेको केन्द्रीय कार्यालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने छ । महासचिव अध्यक्ष तथा उपमहासचिव र सचिवहरू सदस्य रहने एमाले केन्द्रीय कार्यालयको बैठकले सोमबार बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूचीहरू निर्धारण गर्ने नेकपा एमालेले जनाएको छ ।

Read More

बारा – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तावित क्षेत्रभन्दा केही वरपर सारेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने बताएका छन् । बाराको निजगढमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्ने माग राखेर काठमाडाैं पुगेको निजगढ सार्वजनिक सरोकार समितिकाे ज्ञापनपत्र बुझ्दै देउवाले टाँगियावस्तीको हाल प्रस्तावित स्थानभन्दा केही पूर्वको स्थानमा सारेर भए पनि सरकारले निजगढ विमानस्थल बनाएरै छाड्ने बताएका हुन् । देउवाले विमानस्थल बनाउने भएर नै सरकारले चालु आर्थिक वर्षको बजेटमा समेत रकम छुट्टयाएको बताएकाे सरोकार समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए । निजगढकाे वन क्षेत्रसमेत समावेश गरी विमानस्थल निर्माणकाे याेजना सरकारकाे छ । तर सर्वाेच्च अदालतले विमानस्थल निर्माणसम्बन्धी सरकारका सबै निर्णय बदर गरिदिएकाे छ । यद्यपि परमादेशकाे संक्षिप्त वा…

Read More

काठमाडौं – भारतीय फिल्म उद्योगकी लोकप्रिय फेसन डिजाइनर प्रत्युषा गरिमेला मृत भेटिएकी छन् । उनको शव तेलंगनाको बञ्जारा हिल्समा रहेको घरमा भेटिएको छ । प्रहरीका अनुसार ३५ वर्षीया अभिनेत्री सुत्ने कोठामा कार्बन मोनोअक्साइड सिलिण्डर भेटिएको छ । प्रहरीले यसलाई शंकास्पद मृत्यु भन्दै उजुरी दर्ता गराएको छ । उनको शवलाई पोस्टमार्टमका लागि उस्मानिया अस्पतालमा लगिएको छ । चिकित्सकका अनुसार प्रत्यूषाले मृत्युअघि कार्बन मोनोअक्साइड सुँघेकी थिइन् । उनी लामो समयदेखि डिप्रेशनसँग जुधिरहेकी थिइन् । प्रहरीलाई यो घटनाको जानकारी प्रत्यूषाका सुरक्षाकर्मीले दिएका थिए । सुरक्षाकर्मीले प्रत्युषालाई बोलाउदा उनले कुनै जनाउ नदिएपछि प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी त्यहाँ पुगेर उनको कोठाको ढोका…

Read More

कैलाली- कैलाली जिल्लाको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायलाई जिल्ला समन्वय समितिको निर्वाचनमा सहभागी नगराउन माग गरिएको छ । समितिको उपप्रमुख पदका उम्मेदवार राजेन्द्रप्रसाद खनालले अध्यक्ष उपाध्यायलाई मतदानमा सहभागी नगराउन माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय, कैलालीमा निवेदन दिएका हुन् । उनले विशेष अदालतको फरार सूचिमा रहेका उपाध्यायलाई निर्वाचनको मतदान प्रक्रियामा सहभागी गराउन नपाइने उल्लेख गरेका छन् । नवनिर्वाचित अध्यक्ष उपाध्यायविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि यस अघि उनलाई निलम्बन गर्न सम्बन्धित निकायलाई पत्र काटिसकेको छ । उनको नाम मतदाताको नामावलीबाट हटाउन माग…

Read More

काठमाडौं- पप गायक जस्टिन बिबरको अनुहार पक्षघात भएको छ। यसले गर्दा उनले यस हप्ताका कार्यक्रम रद्द गर्नुपरेको बताएका छन् । २८ वर्षीय गायकले इन्स्टाग्राम भिडियो राख्दै आफूलाई ‘रामसे हन्ट सिन्ड्रोम’ले गर्दा अनुहारको आधा भागमा पक्षघात भएको बताए। उनले भने, ‘भिडियोमा पनि देख्न सकिन्छ मेरो एउटा आँखा झिम्केको पनि छैन । म मेरो अनुहारको एक छेउमा हाँस्न पनि सक्दिनँ।  मेरो अनुहारको एक पक्ष पूर्ण रूपमा पक्षाघात भएको छ।’ रामसे हन्ट सिन्ड्रोम एक प्रकारको डर्मेटाइटिस (छालाको रोग)को प्रकोप भएको र यसले कान नजिकैको अनुहारको स्नायुलाई असर गर्ने विज्ञहरू बताउँछन्। बीबरको जस्टिस वर्ल्ड टुरका तीन कार्यक्रमहरू यस हप्ताको सुरुमा स्थगित हुने घोषणा गरिएको थियो। ‘यस…

Read More

कैलाली- कैलालीको धनगढीमा उच्च अदालतको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। प्रदेश राजधानी भएको ठाउँमा एउटा उच्च अदालत हुनुपर्ने कानुनी व्यवस्था भएपनि कार्यान्वयन नगरेको भन्दै अधिवक्ता दिपेन्द्र चन्दले रिट दायर गरेका हुन्। प्रदेशको अस्थायी राजधानी रहेको स्थानमै उच्च अदातल स्थापनाका लागि परमादेश जारी गरी पाउँ भन्दै अधिवक्ता चन्दले सार्वजनिक हित र सरोकारको रिट दर्ता गराउनुभएको हो । उक्त रिटमा सर्वोच्च अदालतले आगामी पेशी तोकेपछि यो मुद्दामा निःशुल्क बहस गर्न इच्छुक कैलालीका अधिवक्ताहरुलाई चन्दले सामाजिक सञ्जालमार्फत आमन्त्रण समेत गरेका छन् ।

Read More

दार्चुला- दार्चुलाको शैल्यशिखरमा एक पुरुष मृत फेला परेका छन्। शैल्यशिखर नगरपालिका-६ पनेबाँजका ५५ वर्षीय जयसिंह धामी मृत फेला परेका हुन्। महाकाली लोकमार्गको गोकुलेश्वर-खलंगा सडकखण्डको चैतलीचौर नजिक भुँणाखोला भन्ने ठाउँमा धामी मृत फेला परेको प्रहरीले जनाएको छ। शुक्रबार बेलुकीदेखि हराएका धामी शनिबार मृतावस्थामा स्थानीयबासीले फेला पारेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । मृतकको शवलाई परीक्षणका लागि गोकुलेश्वर अस्पताल लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ २४ पैसा र बिक्री दर १२४ रुपैयाँ ८४ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३१ रुपैयाँ ४८ पैसा र बिक्री दर १३२ रुपैयाँ १२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०२ पैसा र बिक्री दर ३४ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

Read More

कैलाली- धनगढीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छिन्। शनिबार धनगढी उपमहानगरपालिका-३ भन्सार रोडमा से २ प ५८१६ नम्बरको मोरसाइकलले ठक्कर दिँदा धनगढी-३ का ४१ वर्षीया पैदल यात्री रुबिसा बुढाथोकी घाइते भएकी हुन् । मोरसाइकलको ठक्करबाट घाइते भएकी बुढाथोकीको माया मेट्रो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। चालक सोही ठाउँका २४ वर्षीय सन्दिप चौधरी र मोटरसाइकल नियन्त्रणमा लिइएको कैलाली प्रहरीले जनाएको छ ।

Read More