Author: महेन्द्रनगर पोष्ट

एजेन्सी – अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ । दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । भूकम्पको गहिराइ ५१ किलोमिटर छ । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी नै छ । भूकम्प इस्लामबाद र देशका अन्य भागमा महशुस गरिएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको प्राप्त विवरणमा जनाइएको छ । भूकम्पको धक्कापछि मानिसहरु चिच्याउँदै घरबाहिर निस्केका थिए…

Read More

रोल्पा – रोल्पामा एक युवती मृत फेला परेकी छिन । मृत फेला पर्नेमा रुन्टीगढी गाउँपालिका–५ छिन्नेटाकी १७ वर्षीया कृष्णी विक रहेकी छिन् । विक सुतेको कोठामा सर्पसमेत फेला परेकाले सर्पले डसेको हुनसक्ने आशङ्का गरिएको छ । मृतकको शव परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । विक घरेलु तथा साना उद्योग विकास कार्यालयले सदरमुकाम लिवाङमा सञ्चालन गरेको ब्यूटीपार्लर तालिममा सहभागी थिइन् । उनी कार्यालयको होस्टेलमा बस्दै आएकी थिइन् ।

Read More

काठमाडौं – वायुसेवा सञ्चालक सङ्घ नेपालले बुधबारदेखि गर्ने भनेको उद्धार तथा नियमित उडान बन्दका कार्यक्रम आंशिक रूपमा फिर्ता भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक सङ्घ नेपालबीच मङ्गलबार राति अबेर भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु राख्ने सहमति भएको हो । राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घ नेपालले अघि सारेका मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो । वायुसेवा कम्पनीले पूर्वसूचनासमेत नदिई हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुमा अन्योल थपिएको थियो । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने…

Read More

दार्चुला – पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । गठनबन्ध सरकारले निरन्तर रुपमा नेपाली जनताको ढाड सेक्ने गरि पेट्रोलियम पदार्थमा मुल्य बृद्धि गरेको भन्दै तत्काल फिर्ता गरि पुरानै मुल्य कायम गर्न माग सहीत ज्ञापनपत्र बुझाएको हो । अनेरास्ववियु जिल्ला अध्यक्ष गणेश सामन्त द्धारा हस्ताक्षरित विज्ञप्तीमा पेट्रोलमा २१ रुपैया, डिजेल र मट्टितेलमा २७ रुपैँया मुल्य बृद्धि गरेको प्रती संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाउदै निरन्तर बढेको मुल्य बृद्धिको समायोजन र कालोबजारीको तत्काल अनुगमन गरी मुल्य बृद्धि फिर्ता लिन माग गरेको छ । तत्काल फिर्ता नभए संगठनको…

Read More

काठमाडौं – विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले आफूले पार्टी निर्माण गर्दा गरेको कमजोरीबाट पाठ सिक्न रवि लामिछानेलाई सुझाएका छन् । लामिछानेले मंगलबार आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । सामाजिक सञ्जाल फेसबुकमार्फत् मिश्रले लामिछाने आशा गरेको थोरै मान्छेमा पर्ने भएकाले कमजोरीबाट पाठ सिक्न अनुरोध गरेका हुन् । ‘तिमी सानै हुँदादेखि चिनेकोले मैले ‘तिमी’ भनेर सम्बोधन गर्ने थोरै मान्छेमा पर्छौ तिमी । मैले आशा गरेको थोरै मान्छेमा पर्छौ तिमी’, मिश्रले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पार्टी निर्माणको क्रममा हामीले गरेको कमजोरीबाट धेरैभन्दा धेरै सिक्ने प्रयास गर । तिम्रो सफलताका लागि हृदयदेखि शुभकामना व्यक्त गर्दछु ।’

Read More

काठमाडाैं – नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्न माग गरेका छन्। महामन्त्रीद्वय थापा र शर्माले आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भेटेर सर्वोच्च अदालतले समेत विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकारको बारेमा आदेश दिइसकेकाले सोहीअनुसार निर्णय गर्न आयोगको ध्यानाकर्षण गराएका हुन्। कांग्रेसको केन्द्रीय कार्यसमितिमा समेत विदेशमा बसेका नेपाली नागरिकलाई मतदानको अधिकारको व्यवस्था गर्नेबारे निर्णय भइसकेको भन्दै निर्वाचन आयोगले उक्त कार्यको लागि आवश्यक पर्ने ऐन, कानुन निर्माणमा अग्रसरताका लागि विभिन्न राजनीतिक दल र सरकारसँग सहयोगमा अगाडि बढ्न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिए। “विदेशमा रहेका ४० लाख नेपालीको नोटमात्र नभएर भोट…

Read More

काठमाडौं – धितोपत्र बोर्ड लगानीकर्ताका माग सम्बोधन गर्न तयार भएको छ । सेयर लगानीकर्ताले पुँजी बजार सुधारका लागि भन्दै राखेका मागहरु सम्बोधन गर्नका लागि बोर्ड तयार भएको हो । सो संघर्ष समितिले पुँजी बजार सुधारको लागि भन्दै १९ बुँदे माग राखेका छन् । समितिले गत जेठ २३ गतेमात्रै नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमाललाई सो माग बुझाएका थिए । बोर्डले माग पुरा नगरेको भन्दै पुँजी बजार सुधार समितिका संयोजक तिलक कोइराला अनसनमा छन् । उनी अनसा बसेको आज ७ दिन बितिसकेको छ । धितोत्रि बोर्डका अध्यक्ष रमेशकुमार हमालले आफु लगानीकर्ताका माग सम्बोधन गर्न तयार भएको बताएका छन् । उनले लगानीकर्ताका…

Read More

काठमाडौं – एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपाल हङ्कङसँग सात विकेटले पराजित भएको हो । नेपालले दिएको १०९ रनको विजयी लक्ष्य पच्छाएको हङकङ्ले १५ दशमलव ५ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो । हङकङको लागि मारिको हिलले सर्वाधिक ४५ रनको योगदान दिइन भने नताषा मिल्सले अविजित २८ तथा कप्तान कारी चानले १७ रन जोडिन । बलिङमा नेपालकी सङ्गीता राईले दुई तथा सीता मगरले एक विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १०९ रन बनाएको थियो…

Read More

काठमाडौं –  पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महत्त्वपूर्ण विषयमा सरकारले प्रतिपक्षसँग सल्लाह नगरेको गुनासो गरेका छन् । उनले सरकारले विभिन्न निर्णय गर्नुअघि प्रतिपक्षसँग छलफल नगरेको उनले बताए । पूर्वराजदूतहरूसँगको अन्तरक्रिया कार्यक्रममा उनले प्रतिपक्ष भनेको वैकल्पिक सरकार भएको बताए । सरकारले महत्त्वपूर्ण विषयमा निर्णय लिनुअघि प्रतिपक्षसँग मात्र नभएर विज्ञहरुसँग पनि परामर्श गर्नुपर्ने उनको भनाइ छ ।प्रधानमन्त्री विदेश भ्रमणमा जानु अघि प्रतिपक्ष तथा दलहरूसँग छलफल गर्ने, विज्ञहरुसँग छलफल गरेर सुझाव लिनुपर्नेमा सरकारले त्यस्तो नगरेको उनले बताए । उनले भने, ‘प्रतिपक्षसँग छलफल र वार्ता गर्नुस् भनेर मेरो माग होइन, नगरी चल्छ भने चलाउनुस् ।’ नेपालमा राष्ट्रियता सुदृढ रहेको र नेपाली…

Read More

काठमाडौँ – प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले धितोपत्र बोर्डमा सुधार ल्याएर शेयर कारोबारमा लगानीलाई सुरक्षित बनाउन सरकारको ध्यानाकर्षण गराए । प्रतिनिधिसभाको आजको बैठकमा समय माग गर्दै उनले शेयर बजारमा सुधारको सङ्केत नदिँदा धितोपत्र बोर्डमा आबद्ध ५२ लाख डिम्याटकर्ताको लगानी जोखिममा परेको हुँदा सरकारले तत्काल सुधार गर्न ध्यानाकर्षण गराएका हुन् । ‘एक जना नेताले शेयर बजार जुवाजस्तै हो भने, त्यसपछि अर्थमन्त्रीले लगानीकर्तासँग गरेको सम्झौता पनि कार्यान्वयन हुन सकेन,’ सांसद भट्टराईले भने, ‘लगानीकर्ताले सेयर बजारको सुधार गर्न माग गर्दै तिलक कोइराला आमरण अनशनमा छन्, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ ।’ उनले नेपाल राष्ट्र बैङ्कले जोखिम उठाएर भए पनि आफ्नो…

Read More