Author: महेन्द्रनगर पोष्ट

बैतडी- बैतडीमा यही जेठ १७ गतेबाट सम्पर्कबिहीन प्रेमसिंह रावत मृत अवस्थामा भेटिएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर २ सौंडालीका अन्दाजी ३० वर्षीय रावत नजिकैको इडा जंगलको भिरमा मृत अवस्थामा भेटिएका हुन् । बोल्न नसक्ने सुस्त मनस्थिति भएका रावत १७ गते बिहानबाट सम्पर्कबिहीन रहेका थिए । रावतको शव भीरमा अड्केको र सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मोहनबहादुर साउँदले बताए । शव आफन्तको जिम्मा लगाइएको प्रहरी निरीक्षक साउँदले बताए । घटनाबार अनुसन्धान भइरहेको उहाँले बताएका छन् ।

Read More

बैतडी- जिल्ला समन्वय समिति बैतडीको निर्वाचन आज हुँदैछ । अहिले बिहान ७ बजेदेखि मतदान सुरू भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान ९ बजेसम्म चल्ने छ । गठबन्धन दलसंगै स्वतन्त्र एकातिर छन् भने एमाले एक्लै छ । प्रमुखका लागि गठबन्धनबाट नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी उम्मेदवार छन् भने एमालेबाट मोहनबहादुर थापाको उम्मेदवारी रहेको छ । यस्तै उपप्रमुख पदका लागि गठबन्धनबाट नेकपा माओवादी केन्द्रका दमनबहादुर कुँवर र एमालेबाट हेमा भट्ट चुनावी मैदानमा रहेका छन् । यस्तै खुला तीन सदस्यका लागि गठबन्धनबाट नेपाली कांग्रेसका करनसिंह कठायत र दानबहादुर बिष्ट तथा नेकपा माओवादी केन्द्रका प्रेमसिंह भाटको उम्मेदवारी रहेको छ । एमालेबाट ईश्वरबहादुर बोहरा,…

Read More

आज- २४ जेठ २०७९ मंगलवार । यस्तो छ आजको राशिफलमेष(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । सामाजिक र धर्मकर्मको क्षेत्रमा मन लाग्नेछ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । बृष(इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज परिवारजनको साथले नयाँ आशा पलाउनेछ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ, तर यात्रा नगरेकै राम्रो हुनेछ । मिथुन(का, कि, कु, घ, ङ, छ, के, को, हा) धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । जटिल ठानिएको कामसमेत सम्पादन हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कर्कट(हि, हु, हे, हो,…

Read More

काठमाडाैं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चीनमा अध्ययनरत कोभिड-१९ को महामारीमा नेपाल फर्किएर अध्ययन छुटाउन बाध्य भएका २८१ नेपाली विद्यार्थीलाई चीन फर्काउने प्रक्रिया सुरु गरेको छ । मन्त्रालयले त्यसरी जान चाहने नेपाली विद्यार्थीहरूको फिर्तीसम्बन्धमा जारी गरेको सूचनामा जनवादी गणतन्त्र चीनका विभिन्न विश्वविद्यालयहरूमा उच्च शिक्षा अध्ययनरत नेपाली विद्यार्थी कोभिड-१९ महामारीको अवधिमा नेपाल फर्की आएका र बन्दाबन्दीका कारणले अध्ययन गर्न जान नपाएका विद्यार्थीमध्ये पहिलो चरणमा २८१ जना विद्यार्थीलाई अध्ययन निरन्तरताका लागि चीन लैजाने प्रक्रिया सुरु गरिएको जनाएको हो । मन्त्रालयको वेबसाइटमा ती विद्यार्थीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छ । सो सूचीमा रहेका विद्यार्थीले चीन फिर्तीका लागि तोकिएको मार्गदर्शनका आधारमा पुनः प्रवेशाज्ञा…

Read More

बुटवल – नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यद्यपि गोली कसैलाई लागेको छैन । प्रहरीका अनुसार अंश मुद्दामा उनीहरूबिच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – सरकारले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गर्ने निर्णय गरेको छ । सरकारले जेठ १ बाट शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने गरेको निर्णय आज बसेको मन्त्रिपरिषद् बैठकले आइतबार दिँदै आएको सार्वजनिक बिदा खारेज गरिएको एक मन्त्रीले जानकारी दिए । यो निर्णय असार १ गतेदेखि लागु हुनेछ ।

Read More

काठमाडौं – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध सुनसहित ७ जना पक्राउ परेका छन्। दुबईबाट नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को जहाजबाट नेपाल आएकाचिनियाँ र एक भारतीय नागरिकसहित ७ जनालाई गोप्य सूचनाको आधारमा पक्राउ गरिएको हो। पक्राउ पर्नेमा रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही, कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरी, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा, र नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल, २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन राजपुत रहेका छन्। सुरेश र सन्दीपले आफूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरका विभिन्न भागमा सुनको जलप लगाएर ल्याएको भेटिएको…

Read More

काठमाडौं – साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । सोमबार १२.९२ अंकले घटेको बजार २०६५.७८ बिन्दुमा आएर रोकिएको छ । सोमबार विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त, अन्य र म्युचअल फण्डबाहेक अन्य उपसमूहको मूल्य घटेको छ । सोमबार सबैभन्दा धेरै बैंकिङ उपसमूहका लगानीकर्ताले गुमाए । सोमबार कुल २२८ कम्पनीको २५ हजार ९०८ वटा कारोबारबाट ४४ लाख ९ हजार ६९१ कित्ता सेयर किनबेच भएको छ । यसबाट कुल १ अर्ब २७ हजार ३३ लाख ८५ हजार २७७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सोमबार उपकार लघुवित्त वित्तीय संस्थाको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएका ३२४८ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पोजेटिभ देखिएको हो । मन्त्रालयका अनुसार उक्त अवधिमा नेपालमा ८ जना कोरोनासंक्रमण मुक्त भएका छन् भने १ लाख २७४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मन्त्रालयका अनुसार अहिलेको अवस्थामा नेपालमा १ सय ९ जना सक्रिय संक्रमित संख्या रहेका छन् ।

Read More

नेपालगन्ज – बाँकेमा १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएको छ । फेसबुकमा एक वर्षदेखि चिनजान भएका बैजनाथ गाउँपालिका ८ का १७ वर्षीय हेमराज थारुले आफ्नो जन्मदिन मनाउनका लागि भेट्न बोलाएपछि आएकी किशोरीलाई हेमराजलगायत ७ जनाले बलात्कार गरेको बाँके प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले बताए । प्रहरीका अनुसार शनिबार राति र आइतबार छुट्टाछुट्टै स्थानमा किशोरीमाथि बलात्कार भएको उनले बताए । किशोरीलाई सुरुमा मानखोलाको जङ्गलमा ५ जना युवाले र पछि बैजनाथस्थित टहरामा लगेर दुई जना युवाले बलात्कार गरेको प्रहरीले जनाएको छ । आइतबार साँझ एउटै बाइकमा किशोरीलाई घर पुर्‍याउन जाँदा तीन जना सवार भएकाले प्रहरीले खजुरामा चेकजाँच गर्दा किशोरीको अवस्था देखेपछि घटना पत्ता…

Read More