Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकतासम्बन्धी विधेयक संसद्को चालु अधिवेशनबाट पारित गर्नुपर्नेमा जोड दिएका छन् । आज (आइतबार) बिहान काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले नागरिकता विधेयक अड्किएका कारण आफूकहाँ दर्जनौँ ‘डेलिगसन’ आएको समेत बताए । ‘दर्जनौँ युवाको भविष्यमा गाह्रो भएको छ । यही सदनबाट पास गर्नुपर्छ । आठ वटा प्रतिस्थापन विधेयक पास गर्नुपर्नेछ,’ उनले भने, ‘प्रस्ट भाषामा भन्दा काम गर्न नपाएर उकुसमुकुस भएको थियो । संसद्लाई जीवन्त बनाउने सङ्कल्प हामीले लिएका छौँ ।’ उनले गुणस्तरीय कानुन निर्माण गर्नेबाहेक आफूहरूको कुनै स्वार्थ नभएको बताए । ‘कानुन निर्माण गर्ने मात्र होइन, गुणस्तरीय कानुन बनाउनु पनि हाम्रो दायित्व हो,’ सभामुख सापकोटाले भने,…

Read More

काठमाडौं – लोकदोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छिन् । काठमाडौंको तारकेश्वर-११ नेपालटारस्थित डेरामा उनी मृत भेटिएको प्रहरीले जनाएको छ । उनको घाँटीमा डाम देखिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । दिलमायाको हत्या वा आत्महत्या भन्ने प्रहरीले यकिन गर्न सकेको छैन । पतिसँग सम्बन्धविच्छेदपश्चात उनी केही वर्षयता एक्लै बस्दै आएकी थिइन् । एक छोरा भए पनि सुर्खेतमै बस्दै आएका छन् । दिलमायाले फेसबुकमा लामो स्टाटस लेख्दै आफूलाई बाँच्न गाह्रो भएको उल्लेख गरेकी थिइन् । त्यसमा उनले आफ्नो मृत्युमा कसैलाई दोष नदिनु भनेकी छिन् ।

Read More

पोखरा – केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ । फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढारजस्तो भएको छ ।’ सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

Read More

काठमाडौँ – प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक सुरु हुनेछ । संसद् सचिवालयले आजको बैठकमा विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘लोक सेवा आयोगको बैसठ्ठी औं वार्षिक प्रतिवेदन (२०७७ साउन – २०७८ असार)’ पेस गर्नेछन् । प्रधानमन्त्री देउवाले नै राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । ‘लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै वन तथा वातावरण…

Read More

महेन्द्रनगर – गण्डकी प्रदेशमा संसदीय मामिलामा कलम चलाउने सञ्चारकर्मीको टोलीले सुदूरपश्चिम प्रदेश प्रदेशसभामा भइरहेका संसदीय गतिविधि, कानुन निर्माण प्रक्रियालगायतका विषयमा स्थलगत जानकारी लिएको छ । संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको आयोजना एवं गण्डकी प्रदेशको कानुन, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्रालयको सहयोगमा क्षमता अभिवृद्धिका लागि अध्ययन, अवलोकन र अनुभव आदान–प्रदानसहितको तालिमअन्तर्गत जारी अवलोकन भ्रमणका क्रममा सुदूरपश्चिम प्रदेशमा त्यहाँका सभामुख तथा सरोकारवालाबीच छलफल गरी भइरहेका संसदीय गतिवधिबारे जानकारी लिइएको हो । छलफलका क्रममा शनिबार सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले सुदूरपश्चिममा कानुन निर्माणका क्रममा के सत्तापक्ष के पक्ष–प्रतिपक्ष सबैले एकताबद्ध प्रयास गर्ने गरेको अनुभव सुनाउनुभयो । सबै…

Read More

काठमाडौं – दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् । प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत्य अवस्थामा भेटिएकी हुन् । सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् । प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

काठमाडौं – अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग शनिबार भेटघाट भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका बेला राजदूत खत्रीको यो भेटलाई अर्थपूर्णरुपमा लिइएको छ । बहुदल आएपछि नेपालका प्रमुख वा प्रधानमन्त्री कसैले पनि यति सहजरूपमा राष्ट्रपति वाइडेनसँग भेट्ने अवसर पाएका थिएनन् । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारको पालामा नेपाली राजदुतले सहजै भेट, भलाकुसारी गर्न पाएका छन् । पहिले–पहिले राजाको पालामा अमेरिकाले नेपाललाई यस्तै प्राथमिकता दिएका उदाहरणहरु छन् । बिश्वका शक्ति राष्ट्रले कम्युनिस्ट मुलुक र कम्युनिस्ट सरकारको प्रतिनिधिलाई बिश्वास गर्दैनन् । त्यसैले अहिले देउवाको नेतृत्व सरकार आएपछि बिश्वका अधिकांश शक्ति राष्ट्र नेपालसँग हातेमालो गर्न चाहन्छन्…

Read More

दार्चुला – दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाको बगौरा बजारमा तथा गोकुलेश्वर बजार क्षेत्रमा अनुगमन गरिएको छ । शनिबार सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदको नेतृत्वमा बजार अनुगमन गरिएको हो । शुद्धता कायम गराउन र दर्ता गरेर मात्रै व्यवसाय संचालन गराउने हिसाबले यो अनुगमन गएिको सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय, दार्चुला घरेलु तथा साना उद्योगको संयुक्त अनगुमन टोलीले शैल्यशिखर नगरपालिकाका दुई वटा बजारमा अनुगमन गरेको हो । अखाद्य तथा गुणस्तर हिन बस्तुको विक्रिवितरणमा तिब्रता आएको सूचना आएपछि अनुगमन गर्नुपरेको सहायक प्रमुख जिल्ला अधिकारी साउदले जानकारी दिनु भएको छ । पहिलो चरणमा सन्देश दिने हिसावले बजार अनुगमन…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को आज बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी चार मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । उक्त सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी विरोध खतिवडा, प्रेमबहादुर आले, कृष्णकुमार श्रेष्ठ र रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउन लागेको हो । सचिवालयको फिर्ता बोलाउने निर्णय आज बसेको बैठकले सर्वसम्मतले पारित गरेको छ। यस्तै बैठकले पार्टीका चार केन्द्रीय सदस्य लोकबन्धु काङ्दङ्वा झापा, तरकबहादुर शाही दैलेख, राज्यलक्ष्मी बम मल्ल मुगु र नारद मलासी डोटीलाई साधरण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ भने कपिलदेव पटेल, पिताम्बर तिमिल्सिना, तोलाराम विष्ट र शङ्कर कुँवरलाई मनोनित गरेको छ।

Read More

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर गरिएको ९ सय ३७ पिसिआर परीक्षणका क्रममा २३ जना र ८ सय ६५ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप १६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय ७२ जना निको भएका छन् । हाल नेपालमा १ सय ८८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Read More