Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित होटल ओपेराको स्विमिङ पुलमा डुबेर एक जना भारतीय नागरिकको मृत्यु भएको छ । मंगलवार दिउँसो नुहाउने क्रमका डुबेर भारतको उत्तरप्रदेशस्थित रामपुरका करिब ३८ वर्षीय फैज अहमदको मृत्यु भएको हो । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश भण्डारीका अनुसार उनलाई उद्धार गरी उपचारका लागि तत्काल महाकाली अस्पताल पु¥याइएको थियो । त्यही उनको मृत्यु भएको हो । पौडी खेल्न नजान्ने फैज अहमद स्विमिङ पुलको गहिरो ठाउँमा डुबेका थिए । उनी २÷३ दिनदेखि होटलमा बास बसिरहेको र एक्लै भएको प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।

Read More

डडेल्धुरा- सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा ल्याउने जनाएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिइकी हुन् । ‘सुदूपश्चिम विश्वविद्यालयको सहयोगमा डडेलधुरामा मेडिकल कलेज सञ्चालनमा ल्याइने छ’ नीति तथा कार्यक्रममा भनिएको छ । नीति तथा कार्यक्रम अनुसार प्रत्येक प्रदेशमा दुई मेडिकल कलेज प्रतिष्ठान निर्माण र संचालन गरिने नीति लिइने छ ।

Read More

काठमाडौं – संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागायतमा केन्द्रत रहेको छ ।

Read More

एजेन्सी – संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा दुई जनाको मृत्यु भएको छ । यस घटनामा परी अन्य १२० जना घाइते भएका छन्। प्रारम्भिक समाचारकाअनुसार घाइतेहरुको अवस्था सामान्य रहेको छ । यद्यपी दुई जनाको मृत्यु भएको प्रहरीले गरेको ट्वीटमा जनाइएको छ । सोमबार भएको विष्फोट नियन्त्रणमा आउनुअघि छवटा भवन र धेरै पसलहरुमा आगलागि भएको समाचारमा बताइएको छ । क्षतिग्रस्त भवनहरु मध्ये चार ओटालाई सुरक्षित रूपमा खाली गरिएको थियो। भवनहरू पूर्ण रूपमा सुरक्षित नभएसम्म ती बासिन्दाहरूलाई अस्थायी आवास खोज्ने प्रयासहरू भइरहेका प्रहरीले जानकारी दिएको छ। पहिलो पटक विस्फोटको आवाज सानो सुनिएको तर त्यसपछि चाँडै नै…

Read More

काठमाडौं – १५ विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका छन् । उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुलाई आज मन्त्रालयमा भेटि ती विद्यार्थी सङ्गठनले ध्यानाकर्षण पत्र बुझाउँदै पेट्रोलिय पदार्थ र ग्यासमा गरिएको मूल्यबृद्धि फिर्ता गर्न माग गरेका हुन् । मन्त्री बडुले अहिले नै मूल्यबृद्धि फिर्ता गर्नका लागि केही भन्न नसक्ने र मूल्यबृद्धिका सम्बन्धमा आज छलफल गरिने बताएको बैज्ञानिक समाजवादी विद्याथी सङ्गठनका अध्यक्ष राजेश्वरी सुवेदीले जानकारी दिए । विद्यार्थी सङ्गठनले मन्त्रालय र संयुक्त विद्यार्थी सङगठनबीच विगतमा भएको सहमति कार्यन्वयन गरी एलपी ग्यास र मट्टीतेलमा विद्यार्थीहरुलाई सहुलियतको मागसमेत गरेका छन् । यस्तै विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थमा विभिन्न बहानामा लगाईएको…

Read More

काठमाडौं – वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । निर्वाचन आयोगका अनुसार हालसम्म ७५३ स्थानीय तहमध्ये ७४० वटामा मतगणना सम्पन्न भएको छ । मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष नेपाली कांग्रेसले जितेको छ । कांग्रेसपछि क्रमसः नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् । मतगणना सम्पन्न भएका पालिकामध्ये ३२२ वटाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । यस्तै, एमालेका २०२, माओवादी केन्द्रका १२१, जसपाको ३०, एकीकृत समाजवादीको १९…

Read More

काठमाडौं – परराष्ट्र मन्त्रालयले आज परराष्ट्र सेवा दिवस मनाउँदै छ । नेपाल वैदेशिक सेवा (गठन र श्रेणी विभाजन) नियमहरु २०१८ को तर्जुमा भइ नेपाल राजपत्रमा प्रकाशित भएको दिन २०१८ जेठ १० गतेको स्मरणमा मन्त्रालयले यो दिवस मनाउन लागेको हो । कार्यक्रममा २०१८ पछि र त्यो भन्दा माथि परराष्ट्र मन्त्रालयमा सेवा गरेका अग्रज कर्मचारीहरुलाई सम्मान गर्नेछ ।

Read More

ललितपुर – ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् । ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी कोञ्ज्योसोम, महालक्ष्मीमा पराजय भएको छ भने ललितपुर महानगरमा पनि उही स्थिति छ । बागमती र महांकालमा भने माओवादीले उपाध्यक्षमा विजय प्राप्त गरेको छ । महालक्ष्मी नगरको मेयर पदमा उम्मेदवारी दिएका माओवादी केन्द्रका शिव कट्टेल कांग्रेसका नेताहरूले आन्तरिक द्वन्द्वको रिस गठबन्धनमा ल्याएर पोखेको आरोप लगाउँछन् । उनी भन्छन्, ‘हामीलाई सबैभन्दा ठूलो घात गरे । गठबन्धन गरेको भन्ने, तर एमालेसँग साँठगाँठ गरेर जिताए । यो राम्रो भएन ।’ कांग्रेस नेताहरूले मिलेको र सालिन…

Read More

काठमाडौं – अपर हेवाखोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि साधारण सेयर (आईपीओ) सार्वजनिक गरेको छ । कम्पनीले आजदेखि स्थानीयका लागि १०० रुपैयाँ अंकित ५ लाख कित्ता सेयर आवेदन खुलाएको हो । स्थानीयले न्यूनतम १० कित्तादेखि १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । आजदेखि बिक्री खुलाइएको आईपीओमा जेठ २४ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा असार ८ गतेसम्म आवेदन दिन पाइने क्यापिटलले बताएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।

Read More

काठमाडौं – सरकारले नीति तथा कार्यक्रम पारित गरेको छ । आज (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो । यससँगै आजै दिउसो चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम पेस गर्ने भएकी छन् । जेठ १० गते नीति तथा कार्यक्रम पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । जेठ १५ गते नयाँ बजेट आउँदै छ ।

Read More