Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डा ट्रेडोस अधानोम गेब्रेयसस निर्वाचित भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी ५ वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् । गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुन: अर्को कार्यकालका लागि निर्वाचित भएका हुन् । गेब्रेयसस एक्लो उम्मेदवार थिए ।

Read More

काठमाडौं – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । आज (बुधबार) स्थानीय तहमा काँग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरूलाई सम्मान गर्न काँग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले काँग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आमनिर्वाचनको तयारीमा लाग्नुपर्नेमा जोड दिएका हुन् । ‘स्थानीय निर्वाचनले काँग्रेसको लोकप्रियता बढेको पुष्टि गरेको छ । यस पटकको स्थानीय निर्वाचन आमनिर्वाचनको झल्को दिने खालको भयो । यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिले हाम्रो राम्रो परिणाम आयो’, थापाले भने । महामन्त्री थापाले मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने बताए । अबको निर्वाचनमा…

Read More

काठमाडौं – नेपाल–भारत सम्बन्धका लागि गठित Eminent Persons’ Group (इपिजी) का एक सदस्यले मंगलबार दुई देशका प्रधानमन्त्रीलाई द्विपक्षीय सम्बन्धको भावी मार्गचित्र तय गर्दै संयुक्त प्रतिवेदन बुझाउने निर्णय गरेको बताएका छन् । सन् २०१६ मा भएको नेपाल–भारत मैत्री सन्धि लगायत द्विपक्षीय सम्बन्धका विभिन्न पक्षको समीक्षा गर्ने कार्यादेशसहित गठन भएको समूहले करिब साढे तीन वर्षदेखि विस्तृत प्रतिवेदन ल्याउने काम गरेको बताएको छ । छिट्टै नेपाल र भारतका प्रधानमन्त्रीसमक्ष बुझाउने भनिएको छ। दुई सरकारलाई हस्तान्तरण नगरी संयोजकको जिम्मेवारीमा छाड्नु उपयुक्त नहुने समूह नेपालका संयोजक भेकबहादुर थापाले विज्ञप्तिमार्फत जानकारी दिनुभयो । सदस्यहरुबीच भएको अनौपचारिक बैठकमा समूहले जतिसक्दो चाँडो प्रतिवेदन दुई देशका प्रधानमन्त्रीलाई बुझाउने र…

Read More

काठमाडौं – भारतले चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ । भारतले आफ्नो मुलुकबाट हुने चिनी निर्यातमा १ जुन (१८ जेठ) देखि कार्यान्वयन हुनेगरी रोक लगाउने निर्णय गरेको हो । भारतको वैदेशिक व्यापार महानिर्देशनालयले १ जुनदेखि अक्टोबर ३१ (चार महिना) सम्मका लागि चिनी र त्यसका सबैखाले कच्चा पदार्थ निर्यातमा रोक लगाउने निर्णय गरेको इकोनोमिक्स टाइम्सले जनाएको छ । वाणिज्य विज्ञ रविशंकर सैजुका अनुसार भारतले लगाएको निर्यात रोकको असर नेपाली बजारमा पर्नेछ । नेपालको आन्तरिक उत्पादनले नपुग्ने भएकाले नेपाल-भारत लगायतका मुलुकमा चिनीमा परनिर्भर रहेको उनले बताए । नेपाल चिनी उद्योग संघले दिएका जानकारीअनुसार यो चालु आवमा नेपालमा ३ लाख २१ हजार…

Read More

दार्चुला – दार्चुलामा एक शिक्षक नावालिग छात्रामाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका छन् । जिल्लाको नौगाड गाउँपालिका–६ स्थित धुलिगडाका बलात्कार आरोपमा शिक्षक रामसिंह धामीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मालिकार्जुन आधारभूत विद्यालयका कम्प्युटर विषयका शिक्षक धामीले सोही विद्यालयमा अध्यनरत १६ वर्षीया छात्रामाथि बलात्कार गरेको आरोप छ । अहिले उनलाई पक्राउ गरेर घटनाको थप अनुसन्धान गरिरहेको दार्चुलाका इन्सपेक्टर राजेश शाहीले जानकारी दिएका छन । पीडित छात्राले धामीविरुद्ध बलात्कार, हाडनाता र साइबर क्राइम अपराधमा जाहेरी दिएकी थिइन्। उनको उजुरीपछि प्रहरीले धामीलाई समातेको उनले बताए । पीडित किशोरी आरोपित धामीको छिमेकी र बहिनी नाता पर्ने पनि बताइएको छ। आरोपित…

Read More

महेन्द्रनगर – चालु आर्थिक वर्ष सकिन करिब दुई महिना बाँकी छ । सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको तयारीमा जुटेको बेला चालु आर्थिक वर्ष २०७८/०७९ को खर्च प्रतिशत भने सन्तोषजनक छैन । गत आर्थिक वर्षको वैशाख महिनासम्मको बजेट खर्चको तुलनामा चालु आर्थिक वर्षमा दुई दशमलव सात प्रतिशतले वृद्धि भए पनि यस पटक पनि सरकारको खर्च क्षमतामा सुधार आउन सकेको छैन । चालु आर्थिक वर्षको वैशाख महिनासम्म सुदूरपश्चिम प्रदेश सरकारले बजेटको ३५ दशमलव ४५ प्रतिशतमात्र खर्च गरेको तथ्याङ्कले देखाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारको बजेट खर्च ३३ दशमलव ३८ प्रतिशत थियो । सुदूरपश्चिम प्रदेश सरकारले…

Read More

चितवन – भरतपुर महानगरपालिकाको मेयरमा पुन: निर्वाचित मेयर रेणु दाहालले आज पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गरेसँगै रेणुले तीन वटा महत्वपूर्ण निर्णय गरेकी छन् । जसमा भरतपुरका सरकारी अस्पतालमा अब जन्मिने नगरवासी छोरीको निःशुल्क बीमा गरिने उल्लेख छ। उनकाअनुसार बीमा रकम एक लाख रुपैयाँको हुने र १५ वर्ष अवधिको हुनेछ । त्यस्तै, ७ हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकको महसुल छुट गरिदिने उनले निर्णय गरेकी छन् । आगामी आर्थिक वर्षदेखि निर्णय कार्यान्वयन भएपछि महिनामा सात हजार लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई कुनै शुल्क नलाग्ने भएको छ । यस निर्णयबाट महानगरका करिब ५२ प्रतिशत ग्राहक लाभान्वित हुने उनको अनुमान छ ।…

Read More

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरूको तलब १० हजारका दरले बढेको छ । क्यान राष्ट्रिय सम्झौतामा रहेका पुरुष खेलाडीहरूको तलव बढेको हो । क्यानले राष्ट्रिय खेलाडीहरुलाई ए, बी र सी ग्रेडमा राखेको छ । सोही अनुसार मासिक पारिश्रमिक दिने गरेको छ । क्यानले महिला राष्ट्रिय क्रिकेट टिमको ग्रेड सी मा रहेका खेलाडीहरुको मासिक पारिश्रमिक ५ हजार, बी र ए ग्रेडमा रहेका खेलाडीहरूको मासिक पारिश्रमिक ६ हजारले बढाएको छ । त्यसै गरी, सम्पूर्ण मैदान कर्मचारीहरूको मासिक पारिश्रमिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक पारिश्रमिक ५ हजारले वृद्धि गरेको छ । त्रिवि क्रिकेट मैदान पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् । आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपील गरेका हुन् । ‘जित-हारलाई मतगणना सकिएसँगै सकिदिऊँ । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उनले वक्तव्यमा भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं।’ उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले…

Read More

नेपालगञ्ज – ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करीब ५ बजे तिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर टवाइलेटको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’ मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर…

Read More