Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौं महानगरपालिकामा २५ हजार ९४ मतपत्र गणना हुँदा बदरको संख्या उल्लेख पाइएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार ८८२ मत बदर भएको हो । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् । उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।

Read More

विरगञ्ज – विरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टीका उम्मेदवार राजेश मान सिंहले अग्रता कायम गरेका छन् । पछिल्लो मत परिणाम अनुसार सिंहले ८ हजार १३१ मत पाएका छन् भने उनलाई पछ्याइ रहेका नेकपा एमालेका विजय कुमार सरावगीले ३ हजार ६२२ मत प्राप्त गरेका छन् । यस्तै उपमेयरमा कांग्रेसका उम्मेदवार इम्तियाज आलमले अग्रता लिएका छन् ।

Read More

झापा – झापामा ९ वर्षीया बालिका बलात्कृत भएकी छन् । ती बालिकालाई बलात्कार गरेको आरोपमा मेचीनगर नगरपालिका–१० खनाल बस्ती बस्ने ३४ वर्षीय बिपुल राजबंशीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बालिकालाई उनकै घरमा ललाई फकाई बिपुलले वैशाख २५ गते बिहान बलात्कार गरेको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Read More

रुपन्देही – रुपन्देहीका तिलोत्तमा नगरपालिकाको मतगणनाको कार्य अवरुद्ध भएको छ । मतगणनाको क्रममा विवाद उत्पन्न भएपछि गणनाकार्य अबरुद्ध भएको हो । तिलोत्तमाका कर्मचारी गणेश गौतमले गणनाको क्रममा फरक मत निकालेपछि कांग्रेसका कार्यकर्ताले नाराबाजी गर्दै मत गणना बन्द गराएका हुन् । निर्वाचन कार्यालय बाहिर नाराबाजी भइरहेको छ । कांग्रेसका प्रतिनिधिहरुले गणनामा खटिएका एक कर्मचारीले बदमासी गरेर मत घटाएको भन्दै विरोध जनाएका हुन् । आज वडा नम्बर १६ र २ को मतगणना चलिरहेको बेला विवाद सुरु भएको थियो ।

Read More

रामपुर – पाल्पाको रामपुर नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त गरे। उनका प्रतिस्पर्धी नेकपा एमालेका शिव अर्यालले १० हजार ८३ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र ढकालले १६८ मत प्राप्त गरे । नगर उपप्रमुखमा कांग्रेसका बालकुमारी थापाले १० हजार ३०७ मत ल्याएर निर्वाचित भएकी छन् । उनका प्रतिस्पर्धी एमालेका दुर्गादेवी रानाले १० हजार २५०, राष्ट्रिय प्रजातन्त्र पार्टीका गायत्री न्यौपानेले १५७ मत प्राप्त गरेकी छन् । रामपुर नगरपालिकाका दश वडामध्ये १, २, ४, ५, ६, ७ र ९ मा कांग्रेस…

Read More

धनुषा – धनुषाको औरही गाउँपालिका अध्यक्षमा एमालेका उमाशंकरप्रसाद साह निर्वाचित भएका छन् । साह ३३२६ मत ल्याएर औरहीको अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका ब्रह्मदेव यादव २९२३ मत ल्याएका छन् । त्यस्तै, उपाध्यक्षमा समेत एमालेकै पुनम साह २९४९ मत ल्याएर विजयी भएकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसको रिंकीकुमारी मण्डल २७९० मत ल्याएकी छन् ।

Read More

बझाङ- बझाङको छबिसपाथिभेरा गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजय धामी विजयी भएका छन् । नेकपा माओवादी केन्द्रबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिएका धामी ३८७ मत ल्याउँदै वडाध्यक्षमा विजयी भएका हुन् । धामीका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शिशिर धामीले २४२ मत पाए । त्यस्तै गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवार मीनबहादुर मण्डेलले २५४ मत पाए । उनले चुनाव चिन्ह गुलाफ पाएका थिए ।

Read More

तनहुँ – आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी हुनुभएको हो । अध्यक्ष चुमान तीन हजार ९४० मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी नेपाली कांग्रेसका गिरबहादुर थापाले दुई हजार २३० मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा अर्याल दुई हजार ८४८ मत प्राप्त गरी विजयी हुनुभएको छ । प्रतिस्पर्धी कांग्रेसका पवित्रा गौलीले दुई हजार १८३ मत प्राप्त गर्नुभयो । छवटा वडा रहेको आँबुखैरेनीमा माओवादीले तीन, कांग्रेसले दुई र एमालेले एक वडा जितेको छ । माओवादीले आँबुखैरेनी वडा नं १, २ र ५ मा विजय हासिल गरेको…

Read More

धनुषा – धनुषाको जनकपुर उपमहानगरपालिका(२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइलले हिजो बेलुकी साढे ७ बजे सडक पार गर्दै गरेकी उनलाई ठक्कर दिएको थियो । मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी जिरोमाइलले जनाएको छ ।

Read More

काठमाडौं – जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीलाई १ हजार ९ सय ७३ मतान्तरले पछि पारेका हुन् । माओवादी केन्द्रका रावतले ५ हजार ५ सय ९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३ हजार ६ सय २६ मत पाए ।

Read More