काठमाडौं – काठमाडौं महानगरपालिकामा २५ हजार ९४ मतपत्र गणना हुँदा बदरको संख्या उल्लेख पाइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अध्यावधिक विवरणअनुसार ८८२ मत बदर भएको हो । हालसम्म स्वतन्त्र हैसियतमा लौरो चुनाव चिह्न लिएर मेयर पदमा प्रतिस्पर्धा गरिरहेका बालेन शाहले अग्रता बनाइरहेका छन् ।
उनको निकै पछि एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । स्थापित भन्दा पनि पछि काँग्रेस उम्मेदवार सिर्जना सिंह परेकी छन् ।
Facebook Comments Box